चर्चित अभिनेत्री मनीषा कोइरालालाई बेलायती संसद्मा आयोजित एक कार्यक्रममा सम्मान गरिएको छ। बलिउड र दक्षिण भारतका सिनेमा उद्योगमा बितेका तीन दशकमा गरेको उल्लेख्य योगदानका लागि नेपाली अभिनेत्री कोइरालालाई शुक्रबार साँझ सम्मान गरिएको हो।
सम्मानका क्रममा सामाजिक क्षेत्रमा उनको सक्रियताको पक्षलाई समेत सम्झना गरिएको छ। बेलायती हाउस अफ कमन्सका सदस्य इमरान हुसैनले कोइरालालाई निमन्त्रणा गरेका थिए।
बेलायती संसदमा आयोजित उक्त कार्यक्रममा एसियन स्ट्यान्डर्ड पत्रिकाकी प्रधान सम्पादक फातिमा पटेलसमेत आयोजक रहेको उक्त विशेष संसदीय रिसेप्सनमा कोइरालाको योगदानलाई लिएर सम्मान गरिएको हो।

Author
-
View all posts
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

