Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    राज्यको मुख नहेरी कनकाई सामुदायिक वनले अत्याधुनिक तालिम भवन बनाउँदै

    २०८३ कार्तिक ३, सोमबार १०:०४ गते

    कनकाई खबरको यात्राः पत्रकारिताका चुनौती र अवसरहरू

    २०८३ आश्विन २८, बुधबार ११:२१ गते

    कनकाई खबर नवौं वर्षमा प्रवेश, आठ वर्षको निष्पक्ष यात्रा, अब नयाँ सङ्कल्प

    २०८३ आश्विन २८, बुधबार १०:२१ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » मुगु सामूहिक हत्या प्रकरण : तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलमा पुग्यो
    राष्ट्रिय

    मुगु सामूहिक हत्या प्रकरण : तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलमा पुग्यो

    कनकाई खबरBy कनकाई खबर२०८० कार्तिक ११, शनिबार ११:०४ गते1 Min Read

    काठमाण्डाै – मुगुमा तीन जना छोराछोरीसहित आमाको हत्या भएको घटनाबारे अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलमा पुगेको छ ।

    घटनाको थप अनुसन्धान गर्न प्रहरी तालिम केन्द्र नेपालगञ्जबाट खटिएको अपराध अनुसन्धानमा खटिने कुकुरसहितको प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक डीएसपी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

    हिजोदेखि घटनास्थल सुरक्षित राखेको प्रहरीले आज तालिम प्राप्त कुकुरसहितको टोली पुगेपछि थप अनुसन्धानसहित शव उठाउने तयारी गरेको डीएसपी थापाले जानकारी दिनुभयो । चारै जनाको शव हिजो बिहान नौ बजे फेला परेको हो ।

    ज्यान गुमाउनेहरुमा २८ वर्षकी श्रीदेवी बोहोरा, उहाँका ११ वर्षका छोरा मनोज, आठ वर्षकी छोरी अप्सरा र आठ महिनाका छोरा रहर रहेका छन् । स्थानीय धर्मी बोहाेराका अनुसार उनीहरु बुधवार बेलुका ४ बजेतिर माइतीघर कोटिलाबाट टीका लगाएर घर फर्किएका थिए ।

    हत्या गर्नेले घरभित्र हत्या गरेर ढोकामा ताल्चा लगाएर भागेको पाइएको डीएसपी थापाले जानकारी दिनुभयो । प्रहरीको प्रारम्भिक अनुसन्धानले धारिलो हतियार र ढुंगा प्रहरी गरी हत्या गरिएको देखाएको छ । केही व्यक्तिमाथि हत्याको आशङ्का गरिएको र उनीहरूको निगरानीमा सादा पोसाकका प्रहरी खटिएको डीएसपी थापाले बताउनुभयो ।

    श्रीदेवीका श्रीमान् दीपक बोहाेरा भने वैदेशिक रोजगारीका लागि कतारमा रहनुभएको छ ।  

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    राज्यको मुख नहेरी कनकाई सामुदायिक वनले अत्याधुनिक तालिम भवन बनाउँदै

    २०८३ कार्तिक ३, सोमबार १०:०४ गते

    कनकाई नगरपालिकाकाे आर्थिक ऐन, २०८३का विषयहरू:

    २०८३ आश्विन २७, मंगलवार २३:५४ गते

    दसैँ मनाउन गाउँ फर्किनेको लर्को, २४ घण्टामा उपत्यकाबाट ५६ हजारभन्दा बढी बाहिरिए

    २०८३ आश्विन २७, मंगलवार १६:१५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    राज्यको मुख नहेरी कनकाई सामुदायिक वनले अत्याधुनिक तालिम भवन बनाउँदै

    २०८३ कार्तिक ३, सोमबार १०:०४ गते

    कनकाई खबरको यात्राः पत्रकारिताका चुनौती र अवसरहरू

    २०८३ आश्विन २८, बुधबार ११:२१ गते

    कनकाई खबर नवौं वर्षमा प्रवेश, आठ वर्षको निष्पक्ष यात्रा, अब नयाँ सङ्कल्प

    २०८३ आश्विन २८, बुधबार १०:२१ गते

    कनकाई नगरपालिकाकाे आर्थिक ऐन, २०८३का विषयहरू:

    २०८३ आश्विन २७, मंगलवार २३:५४ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.