१० कात्तिक, मुगु । मुगुमा एकै परिवारका चारजनाको शव फेला परेको छ । मुगुको छाँयानाथरारा नगरपालिका–६ मन्दुका श्रीदवी बोहरासहित उनका तीन छोराछोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायव उपरीक्षक डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।
डीएसपी थापाका अनुसार उनीहरूको हत्याको आशंका गरिएको छ । मृतकहरूमा २८ वर्षीय श्रीदेवी उनका ११ वर्षीय छोरा मनोज, आठ वर्षीय छोरी अफ्सरा र आठ महिनाका रहरको शव फेला परेको हो
श्री देवीका श्रीमान् दिपक बोहरा भने वैदेशिक रोजगारीका लागि कतारमा रहेको खुलेको छ । घटनास्थल पुगेका डीएसपी थापाको टोलीले अनुसन्धान सुरु गरेको छ ।
कमेन्टस्
