Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्रथम बाह्रदशी स्थानीय तह स्तरीय नकआउट भलिबल प्रतियोगिता सुरु
    खेलकुद

    प्रथम बाह्रदशी स्थानीय तह स्तरीय नकआउट भलिबल प्रतियोगिता सुरु

    ramBy ram२०७६ मंसिर १८, बुधबार १३:५८ गते2 Mins Read

    कनकाई खबर डेक्स  \  प्रथम बाह्रदशी स्थानीय तह स्तरीय नकआउट पुरुष भलिबल प्रतियोगिता बुधवारदेखि झापाको बाह्रदशीमा संचालन भएको छ ।

       चारदिन सम्म संचालन हुने प्रतियोगितामा झापाका १४ वटा गाउँपालिका र नगरपालिकाले सहभागिता जनाउँने भएका छन् । खेल संचालक समितिका अध्यक्ष रामदर्शन तामाङको सभापतित्व रहेको प्रतियोगिताको उद्घाटन बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले गरेका थिए । खेलको माध्यमवाट झापाका सवै स्थानीय तहहरुसँगको सम्वन्धलाई अझै सुमधुर बनाउँनकालागि यस किसिमको प्रतियोगिताको आयोजना गरिएको गाउँपालिका अध्यक्ष राजवंशीले बताएका छन् ।

        प्रतियोगिताको उद्घाटन खेल आयोजक बाह्रदशी र कचनकबल गाउँपालिका विच भएकोमा २५ \ ११ र २५ \ १९ को साझो सेटले आयोजक बाह्रदशी गाउँपालिका विजयी भएको आयोजक समितिका सदस्य कृष्णमोहन गौतमले बताएका छन् । त्यस्तै प्रतियोगिताको दोस्रो खेल हल्दीबारी गाउँपालिका र गौरादह नगरपालिका विच हुने भनिएकोमा हल्दीबारीका खेलाडीको अनुपस्थितीका कारण वाक ओभरमा गौरादह नगरपालिकालाई विजयी घोषीत गरिएको वताइएको छ । त्यस्तै मेची नगर र बुद्धशान्ती गाउँपालिका विच भएको तेस्रो खेलमा दुबै पटक २५ \२३ कै सोझो सेटले मेची नगर नगरपालिकाका खेलाडी विजयी भएको आयोजक समितिले जनाएको छ ।

    http://kanakaikhabar.com/wp-content/uploads/2019/12/20191204_130004.mp4

    बाह्रदशी गाउँपालिकाको वडा नं.४ र ५ को संयोजनमा सम्पन्न प्रतियोगितामा पहिलो हुने टिमलाई ५१ हजार नगद, प्रमाण पत्र र ट्रफी साथै दोस्रो हुने टिमलाई ३१ हजार नगद, प्रमाण पत्र र ट्रफी वितरण गरिने वताइएको छ । प्रथम पुरस्कार बाह्रदशी गाउँपालिकाले र दोस्रो पुरस्कारको राशी कर्णाली बचत तथा ऋण सहकारी संस्थाले सौजन्य गरेको खेलकुद विकास समिति बाह्रदशी गाउँपालिकाका अध्यक्ष देबेन्द्र चम्लगाईँले वताएका छन् । गाउँपालिकाले खेलकालागि विनियोजन गरेको १० लाख रुपैंयाँ मध्येवाट पालिकाभरी विभिन्न खेलकुदका गतिविधी संचालन गरिने खेलकुद विकास समितिका अध्यक्ष चम्लगाईँ वताउँछन् ।

         शनिवार सम्म संचालन हुने प्रतियोगिताको दोस्रो दिन विहिवार झापा र गौरीगञ्ज गाउँपालिका, विर्तामोड र कनकाई नगरपालिका त्यसैगरी दमक र शिवसताक्षी नगरपालिका विच खेल हुने बाह्रदशी गाउँपालिका वडा नं. ४ का वडाअध्यक्ष समीम मियाले बताएका छन् । प्रतियोगिताको भलिबल तर्फका प्रदेशस्तरीय एम्पायर राजु पाठकको नेतृत्वमा खडानन्द खतिवडा र काजी गुरुङ् लगायतका एम्पायरहरुले संचालन गरिरहेका छन् ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.