Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » समयमा स्वास्थ्य संस्था नपुग्दा अकालमै बित्छ सुत्केरीको ज्यान
    कनकाई खबर बिशेष

    समयमा स्वास्थ्य संस्था नपुग्दा अकालमै बित्छ सुत्केरीको ज्यान

    कनकाई खबरBy कनकाई खबर२०८० कार्तिक १०, शुक्रबार ११:१२ गते3 Mins Read

    बलेवा (बागलुङ), १० कात्तिक । तेस्रो सन्तान कोखमा रहेको थाहा पाएदेखि नै रीता रोका स्वास्थ्यचौकी पुगिरहनुहुन्थ्यो । उहाँलाई नियमित गर्भको जाँच गर्न स्वास्थ्यकर्मीले सुझाएका थिए । गाउँमा हुने आमा समूहको बैठक होस् वा गर्भावस्था र सुत्केरी अवस्थामा हुने जोखिमका विषयमा छलफलका लागि उहाँको सक्रियता अरु महिलाका भन्दा धेरै हुन्थ्यो । स्वास्थ्यकर्मीको सल्लाहअनुसार सात पटक गर्भजाँच गराउनुभएकी रीताले अन्तिम अवस्थामा भने समयमा स्वास्थ्यचौकी पुग्न नसकेकै कारण मृत्युवरण गर्नुप¥यो ।

    बागलुङको निसीखोला गाउँपालिका–३ बोहोरागाउँको छापाखानीकी ३२ वर्षीया उहाँको सुत्केरी भएपछि अत्यधिक रक्तश्राव भएकै कारण मृत्यु भएको हो, त्यो पनि नेपालीको महान् चाड दसैँकै बेलामा । गर्भजाँचका लागि स्वास्थ्य चौकी जानुपर्छ भन्ने थाहा पाउनुभर्एमकी रीतालाई सुत्केरी गराउन भने स्वास्थ्यचौकी पु¥याइएन । कात्तिक ७ गते राति ९ बजे गोठमा सुत्केरी हुनुभएकी उहाँको भोलिपल्ट बिहान ४ बजे बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पु¥याउँदा मृत्यु भइसकेको थियो । निसीखोलाका केही गाउँमा अझै पनि गोठमै सुत्केरी हुनुपर्ने प्रचलन छ ।

    गोठमा रीता सुत्केरी भएपछि छिमेकीले थाहा पाए । छोरी जन्माउनुभएकी रीताको भन्दा छोरीको ख्याल छिमेकीले धेरै गरे । समयमै साल नझरेकै कारण उहाँको अत्यधिक रक्तश्राव हुँदा मृत्युवरण गर्नुपरेको बोहोरा गाउँ स्वास्थ्यचौकीका प्रमुख कसिन्द्र साहीले बताउनुभयो ।

    उहाँका अनुसार ९ बजे सुत्केरी हुनुभएकी रीताको साल नझरेपछि छिमेकीले राति १ बजे स्वास्थ्य स्वयंसेविकालाई खबर गरेका रहेछन् । रातको समयमा एक घण्टा टाढाबाट स्वयंसेविका पुग्दा रगत धेरै बगिसकेको थियो । दुई बजे पुग्नुभएकी स्वयंसेविकाले १५ मिनेट दूरीमा रहेको स्वास्थ्य संस्था तत्काल पु¥याउन सल्लाह दिनुभयो । बोहोरा गाउँ स्वास्थ्यचौकीमा पहिलै खबर गरेकाले सबै स्वास्थ्यकर्मी सामग्रीसहित तैनाथ थिए  तर समय घर्किसकेकाले स्वास्थ्य संस्थाले केही गर्न सकेन र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पु¥याइयो । “म आफैँले लिएर बुर्तिबाङ पुगेँ तर केही लागेन्”,स्वास्थ्यचौकीका प्रमुख शाहीले भन्नुभयो, “स्वास्थ्य संस्थामा आएर सुत्केरी भएको भए ज्यान बचाउन सकिने केश हो तर ढिला भएकाले विज्ञानको पनि केही लागेन ।” बिहान ४ बजे उहाँलाई प्राथमिक स्वास्थ्य केन्द्रले मृत घोषणा गरेको थियो । यसअघि दुई छोरा जन्माउनुभएकी रीताले छोरीलाई जन्म दिनुभएको थियो । छोरीको स्वास्थ्य भने सामान्य रहेको उहाँले बताउनुभयो ।

    “पहिला जाँच गर्न आउँदा रगतमा समस्या देखिएको थियो, हामीले पोखरा वा बुटवल गएर उपचार गर्न सल्लाह दिएका थियौँ । उहाँले साथीभाइसँग सल्लाह पनि गर्नुभएको रहेछ, तर आर्थिक अभावका कारण जानुभएनछ”, प्रमुख शाहीले भन्नुभयो, “आर्थिक अवस्था र सामान्य हेलचेक्य्राइँका कारण सुत्केरीको ज्यान गयो । सुत्केरी भइसकेपछि पनि समयमै स्वास्थ्य संस्था आएको भए ज्यान बचाउन सकिने अवस्था थियो ।”

    रीताका पाँच वर्षीय छोराको एक महिनाअघि मात्रै भिरबाट लडेर मृत्यु भएको थियो । पुत्रशोक, परिवारको कमजोर आर्थिक अवस्थालगायत कारणले समयमा अस्पताल पुग्न नपाउनुभएकी रीताले छोरीलाई जन्म दिएपछि मृत्युबरण गर्नुप¥यो। रीताका श्रीमान् ज्याला मजदुरी गरेर जीवनयापन गर्नुहुन्छ ।

    पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा अभियान सञ्चालन गरिरहेको बागलुङमा अझै पनि घरगोठमा सुत्केरी हुँदा महिलाले ज्यान गुमाइरहेका छन् । जनचेतनाको कमी र आर्थिक अवस्थाका कारणले यस्ता घटना दोहोरिने गरेको सरोकारवाला बताउँछन् । “पहिलो कुरा त स्वास्थ्य संस्थामा सुत्केरी हुँदा धेरै जोखिम कम हुन्छन्, अर्को कुरा सरकारले फ्रि हेलिकप्टरको व्यवस्था गरेको थियो, यी सबै कुराको बेवास्ता गर्दा सुत्केरीको ज्यान गइरहेको छ”, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले भन्नुभयो, “अहिले नहुनपर्ने घटना भयो, थप घटना हुन नदिनका लागि हामी अभियान सञ्चालन गर्छौं ।” सुत्केरी हुनका लागि स्वास्थ्यचौकी पु¥याउनुर्पेमा कोही नभएकै कारण रीताले ज्यान गुमाउनुपरेको उहाँको भनाइ थियो । घरमै सुत्केरी हुँदा आमा र बच्चा दुवैको ज्यान जोखिममा हुने भएकाले कसैले पनि त्यसो नगर्न प्रमुख शर्माले सुझाउनुभयो । 

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.