Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बाजुरामा महिनावारी हुँदा महिला हिँड्ने बाटै बन्द
    राष्ट्रिय

    बाजुरामा महिनावारी हुँदा महिला हिँड्ने बाटै बन्द

    कनकाई खबरBy कनकाई खबर२०८० कार्तिक ९, बिहीबार १४:२० गते1 Min Read

    काठमाडौं– सुदूरपश्चिमका विकट ग्रामीण क्षेत्रमा छाउपडी अर्थात् महिला महिनावारी हुँदा  सामाजिक अन्धविश्वासका अनेकौं प्रयोग गरिँदै आएको छ। सोही कारण छाउ बस्दा कतिपय अवस्थामा कलिला किशोरीको ज्यानसमेत जाने गरेको छ।

    बाजुराका अधिकांश स्थानीय तहमा महिनावारी भएका महिलालाई मठमन्दिर नजिकमा रहेका बाटोमा हिँड्न दिइने गरेको छैन। 

    महिनावारी भएका महिला मठमन्दिर नजिकमा रहेका बाटोमा हिँडेपछि अनिष्ट हुन्छ भन्दै धामीझाँक्री रिसाउन थालेपछि लागि बाटो बन्द गरिँदै आएको बूढीगंगा नगरपालिका–१० तिमाडाकी नाम (परिवर्तन) सीता विकले बताइन्।

    महिनावारी भएपछि आफूलाई गाउँका अधिकांश गोरेटो बाटो हिँडडुल गर्न वञ्चित गरिएको उनको गुनासो छ। जबर्जस्ती हिँड्न खोजे गाउँका अगुवा र धामीझाँक्रीले यसले देवता छोई भन्दै रिसाउने गरेको उनले सुनाइन्।

    छाउ अन्त्यका लागि जिल्लामा हुने गरेका विभिन्न कार्यक्रमले सेलापाखा, बदेडा, तिमाडाका गाउँबस्तीमा कुनै प्रभाव नपारेको विकको भनाइ छ। महिनावारी भएका बेला महिलालाई दूध, दही, महीलगायतका पोषिला खानेकुरासमेत नदिइने विकले बताइन्। महिनावारी भएका बेला महिलाले दुहुनो गाई, भैंसी छोए जरिमाना तिराउने गरिएको छ। 

    २०७६ मा बूढीनन्दा नगरपालिकाको –९ पाण्डुसैनमा छाउगोठमा सुत्दा आमा दुई छोरासहित तीन जनाको ज्यान गएको थियो। त्यसपछि छाउ बाजुराका ९ वटै स्थानीय तहमा रहेका झन्डै ५११ वटा छाउगोठ भत्काइएको जिल्ला प्रशासन कार्यालय बाजुराको तथ्यांकमा उल्लेख छ।

    बाजुरामा छाउगोठ कागजी रूपमा हटे पनि व्यवहारमा कार्यान्वयन नगरिँदा महिनावारी भएका बेला महिलाले ज्यान गुमाउनुपर्ने अवस्था निरन्तर छ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.