काठमाडौँ । दसैँमा गाउँ जाने मानिसको संख्या बढ्दै गएपछि राजधानी भित्रका सडक सुनसान देखिएका छन्।
दसैँको अष्टमीमा केही चहलपहल देखिए पनि नवमका दिन राजधानीमा मानिसको चहलपहल न्यून देखिएको छ।
दसैँ मनाउन सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौँ सुनसान भएको हो।
ट्राफिक जामले भरिने काठमाडौँ उपत्यकाका सडक अहिले जनसङ्ख्या पातलिँदै जाँदा सुनसान भएका हुन्।
सडकमा हिँडडुल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिन थालेका छन्।

कमेन्टस्
Author
-
View all posts
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
