Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » ‘स्वच्छ र निष्पक्ष पत्रकारिता अबको आवश्यक्ता’ संघीय सांसद साँवा
    कनकाई खबर बिशेष

    ‘स्वच्छ र निष्पक्ष पत्रकारिता अबको आवश्यक्ता’ संघीय सांसद साँवा

    कनकाई खबरBy कनकाई खबर२०८० कार्तिक ६, सोमबार ०८:१९ गते2 Mins Read


    सांसद साँवाले गरे, कनकाई खबरको दशैं कोशेली लोकार्पण
    कनकाई खबर \ झापाको कनकाईमा प्रधान कार्यालय रहेको कनकाई खबर डटकम अनलाइन सहितको कनकाई खबर साप्ताहिकले प्रकाशन गरेको ‘कनकाई खबरको दशैं कोशेली’ लोकार्पण गरिएको छ ।

    कनकाई खबरको आफ्नै कार्यालयमा एक संक्षिप्त कार्यक्रमका विच संघीय सांसद एल.पी.साँवा लिम्बूले कोशेलीको लोकार्पण गरेका हुन् । कनकाई खबरका निर्देशक टिकाप्रसाद कट्टेलको अध्यक्षतामा भएको लोकार्पण कार्यक्रममा कनकाई सुरुङ्गा प्रेस क्लवका संस्थापक अध्यक्ष एवं कनकाई खबरका सल्लाहकार सम्पादक पत्रकार तीर्थराज खरेल, ज्येष्ठ नागरिक संघ कनकाई नगर समितिका अध्यक्ष शम्भुप्रसाद पोखरेल, कनकाई वडा नं.३ का वडासदस्य अनिल गोयल लगायतले विजया दशमी सहितका चाडपर्वहरुको शुभकामना व्यक्त गर्दै कनकाई खबरको कोशेली पठनीय र जानकारीमुलक रहेको बताए ।

    कनकाई खबरको कोशेली लोकार्पण गर्दै संघीय सांसद साँवाले सरकारका गतिविधिसहित समय सन्दर्भ जोडेर दशैं विशेष विभिन्न महत्व दर्शाउने सामाग्री समेटिएको कनकाई खबरको दशैं कोशेली प्रकाशनकालागी अहम् भुमिका खेल्ने संचारकर्मीको टिमप्रति आभार प्रकट गर्दै थप सफलताको कामना गरे ।

    समाजका अग्रज साथै साझा व्यक्तित्वहरुले समाज रुपान्तरणकालागी गरेको प्रयासलाई सार्वजनिक गर्दै कनकाई खबरले नागरिक समक्ष पुर्याउँन गरेको प्रयास अत्यन्तै महत्वपूर्ण रहेको भन्दै संघीय सांसद साँवाले आगामी दिनमा थप परिस्कृत बन्दै अघि बढ्न सुझाव दिए । पछिल्लो समय पत्रकारितामा देखिएको चुनौतीलाई समेत सहज बनाउँने प्रयासमा लागेको कनकाई खबरको टिम अन्य संचार माध्यमको तुलनामा थप व्यवसायिक बन्दै गएको भन्दै सांसद साँवाले स्वच्छ र निष्पक्ष पत्रकारिता अबको आवश्यक्ता रहेको बताए ।

    कार्यक्रमको सहजीकरण गर्दै कनकाई खबरका सम्पादक \ प्रकाशक रामप्रसाद निरौलाले पछिल्लो समय विकास पत्रकारिता के हो ?यसलाई कसरी समाचारको विषय बनाउँन सकिन्छ भन्ने कुराको अभ्यास गर्ने क्रममा कनकाई खबर सधैं प्रतिवद्ध रहेको बताए ।

    भौतिक संरचनाको विकासलाई मात्र नभई मानसिक रुपमा हुनु पर्ने विकासलाई पनि प्राथमिकतामा राख्नु पर्ने आजको टड्कारो आवश्यक्ता रहेको महशुस गर्दै सुचना साथै संचारको क्षेत्रमा कनकाई खबरले वार्षिक रुपमा विभिन्न गतिविधि संचालन गर्दै आएको सम्पादक निरौला बताउँछन् । छोटो समयमा प्रेस काउन्सिल नेपालको मुल्यांकनमा(क) श्रेणीमा वर्गिकृत हुन सफल कनकाई खबर साप्ताहिकले व्यवसायिक पत्रकारितामा जोड दिँदै आएको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.