Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गामा उत्साहका साथ ‘कनकाई सन्थाल मेला सम्पन्न’
    कनकाई नगरपालिका

    सुरुङ्गामा उत्साहका साथ ‘कनकाई सन्थाल मेला सम्पन्न’

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८० कार्तिक ५, आईतवार १५:५२ गते3 Mins Read

    कनकाई खबर \ कनकाई खेलकुद प्रतिष्ठानले अत्यन्तै उत्साहका साथ वृहत प्रतियोगितात्मक कनकाई सन्थाल मेला सम्पन्न गरेको छ । सन्थाल संस्कृतिको समेत संरक्षण गर्ने उद्येश्यका साथ वडादशैंको अवसर पारेर प्रतिष्ठानले आफ्नो वार्षिक कार्यक्रमका रुपमा हरेक वर्ष दशैंको फुलपातीका दिन कनकाई सन्थाल मेला संचालन गर्दै आएको छ ।


    यसै क्रममा कनकाई—३ सुरुङ्गास्थित कनकाई माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न बृहत ‘कनकाई सन्थाल मेला’ को प्रतियोगितात्मक नृत्यमा आदाबासी सन्थाल समूह सुगाबथान पहिलो, कोरोबारी जियोड झरना सन्थाल समूह गौरीगन्ज दोस्रो, जितीय जियोड झरना सन्थाल समूह राजगड—७ तेस्रो, जनमघुटु सन्थाल समूह मदरगाछ चौथो र बिहानी सन्थाल युवा क्लव, कनकाई —७ पाँचौ भएका छन् ।


    कनकाई नगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगितामा विजेताहरुले क्रमशः पहिलो पुरस्कार नगद ३२ हजार, द्वितीय पुरस्कार नगद २७ हजार, तृतीय पुरस्कार नगद २३ हजार , चौथो पुरस्कार नगद २० हजार र पाचौं पुरस्कार १८ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेको कार्यक्रम संयोजक भुवन खतिवडाले जानकारी दिए । साथै अन्य सहभागी समूहलाई समेत प्रोत्साहन स्वरुप सान्त्वना पुरस्कार प्रदान गरिएको संयोजक खतिवडाले बताए ।

    प्रतियोगिताको निर्णायक मण्डलीमा दिनानाथ खतिवडा,सुनिल भेट्वाल, सुनिल मुर्मू, राजन शिवाकोटी, वुद्धिलाल मुर्मू र जमुन दास रहेका थिए ।

    कनकाई खेलकुद प्रतिष्ठानले आयोजना गरेको मेलामा झापा, मोरङ र सुनसरी जिल्लाबाट समेत सन्थाल समूहको सहभागीता रहेको प्रतिष्ठानका अध्यक्ष छवि थपलियाले जानकारी दिए । प्रतिष्ठानले खेलकुदका गतिविधिहरु मात्रै नभएर अतिरिक्त क्रियाकलापका कार्यक्रम समेत संचालन गर्दै जाने योजना बनाएको अध्यक्ष थपलिया बताउँछन् ।


    प्रतिष्ठानका अध्यक्ष थपलियाको सभापतित्व एवं संघीय सांसद एल.पी.साँवा लिम्बूको प्रमुख आतिथ्य रहेको प्रतियोगितात्मक नृत्य सहितको सन्थाल मेला कनकाई माविको खेल मैदानमा सम्पन्न भएको हो । प्रतिष्ठानकी सचिव मान्ता खरेलले संचालन गरेको औपचारिक कार्यक्रममा प्रदेश सभा सदस्य एवं पुर्व मन्त्री भक्तिप्रसाद सिटौला, हीराकुमार थापा, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, कनकाई नगरपालिकाका वडाअध्यक्षसहित जनप्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको बताइएको छ ।


    दसैँ भित्रिएसँगै जिल्लाका विभिन्न स्थानमा फूलपातीदेखि सन्थाल मेला लाग्न सुरु भएको छ । मेलामा उनीहरुले मौलिक सांस्कृतिक नृत्यहरु रङ्गीचङ्गी पहिरनमा बाजा गाजासहित देखाउने गरेका छन् । दसैँको रमझमसँगै पूर्वी तराईमा सन्थालहरु मुरली, झ्याम्टा र ढोल बोकेर नाच्दै रमाउन थालेका छन् । जिल्लाको गरामनी, सैनिकमोड, गौरीगञ्ज, टाघनडुब्बा, फुलबारी, महाभारा, लालपानी, शरणामती, झापाबजार, चारआली, लखनपुरलगायतका क्षेत्रमा सन्थाल समुदायको बाक्लो बसोबास छ ।


    सन्थाल नृत्य गर्दा सन्थाल पुरुष र महिला रङ्गीचङ्गी पहिरन, कमिज गञ्जी, धोती, शिरमा मयुरको प्वाँख र ऐना, कम्मर र खुट्टामा झुम्का र कल्ली लगाउँछन् । दसैँमा ‘दुर्गा पूजा’ पनि बडो धुमधामका साथ मनाउने उनीहरुले गाउँगाउँमा स्थापना गरिएका दुर्गा माताका मन्दिरमा पनि नृत्य प्रदर्शन गरेका छन् । फूलपातीकै दिनदेखि उनीहरु टोली–टोली मिलेर देउसी खेलेजस्तै दसैँ गीत गाउँदै र नाच्दै रमाइलो गर्दै गाउँगाउँमा हिँड्ने गरेको पाइन्छ ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.