Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्रदेश स्तरीय नकआउट फुटवल प्रतियोगिताको उपाधी न्यु स्टार विर्तामोडलाई
    कनकाई नगरपालिका

    प्रदेश स्तरीय नकआउट फुटवल प्रतियोगिताको उपाधी न्यु स्टार विर्तामोडलाई

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८० कार्तिक ५, आईतवार ०७:२४ गते2 Mins Read


    कनकाई खबर \ झापाको कनकाई—५ स्थित न्यु रेलिमाई युवा क्लबको आयोजनामा तुलसीबारीमा सम्पन्न प्रथम प्रदेश स्तरीय नकआउट फुटवल प्रतियोगिताको उपाधी न्यु स्टार क्लव बिर्तामोडले हात पारेको छ ।

    तुलसीवारी स्थित देबकोटा प्राविको खेल मैदानमा न्यु स्टार क्लव बिर्तामोड र आयोजक न्यु रेलिमाई युवा क्लव बिच शनिबार भएको प्रतिस्पर्धात्मक खेलको ट्राईबेकरमा न्यु स्टार क्लव बिर्तामोडले उपाधी हात पारेको हो । दुबै टिमबाट कुनै गोल नभएपछि ट्राईबेकरबाट प्रतियोगिताको निर्णय भएको खेल संयोजक रमेशचन्द्र दहालले जानकारी दिए \


    यस अघि भएको दोस्रो सेमिफाइनल खेलबाट काजीमान फुटबल क्लव चन्द्रगडीलाई १ – ० गोल अन्तरले हराउदै न्यु स्टार क्लव बिर्तामोडले फाइनलको यात्रा तय गरेको थियो । खेलमा विजेता टिम न्यु स्टार बिर्तामोडका खेलाडी बिजय राई म्यान अफ दि म्याच घोसित भए ।
    प्रतियोगिताको विजेता टिम न्यु स्टार बिर्तामोडले नगद १ लाख १ हजार १ सय एघार नगद, ट्रफी , मेडल र प्रमाण पत्र प्राप्त गर्यो । त्यस्तै दोस्रो हुने आयोजक न्यु रेलिमाईले ७५ हजार ५ सय पचपन्नमा चित्त बुझाउँदै ट्रफी , मेडल र प्रमाण पत्र प्राप्त गर्यो । कार्यक्रममा विजेता टिमलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगद पुरस्कारसहितको मेडल प्रदान गरेका थिए ।


    त्यस्तै विधागत रुपमा उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार प्रदान गरेको आयोजक संस्थाका अध्यक्ष मोतिखर ओझाले जानकारी दिए । खेलको समापन समारोहका अवसरमा पुर्व खेलाडी, ज्येष्ठ नागरिक सहित विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
    खेलको प्रथम नगद पुरस्कारको प्रायोजन पिता स्वर्गीय छविलाल ओझाको स्मृतिमा आयोजक संस्थाका अध्यक्ष समेत रहेका मोतिखर ओझा(मोहन) सहित ओझा परिवारबाट र दोस्रो नगद पुरस्कारको प्रायोजन पिता स्वर्गीय विष्णुप्रसाद दाहाल र माता स्वर्गीय कर्णकुमारी दहालको स्मृतिमा प्रतियोगिताको खेल संयोजक समेत रहेका रमेशचन्द्र दाहालसहित परिवारबाट प्रायोजन गरिएको वताइएको छ ।


    क्लवका अध्यक्ष मोतिखर ओझाको सभापतित्व एवं संघीय सांसद एल.पी.साँवाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, कनकाई वडा नं. ५ का वडाअध्यक्ष कृष्णवहादुर राई लगायतले खेल क्षेत्रको विकासकालागी आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।


    देवकोटा प्रावि व्यवस्थापन समितिका अध्यक्ष पुण्यप्रसाद ओझाले स्वागत गरेको कार्यक्रमको संचालन विद्यालयका प्रधानाध्यापक उमानाथ तिम्सिना र शिक्षक मोतीबहादुर बुढाथोकीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.