काठमाडौं, रुसी सेनामा भर्ती भएका एक नेपाली युवक युक्रेनको कारबाहीमा मारिएका छन् ।
केही महिनाअघि मात्र रुसी सेनामा भर्ती भएका सन्दीप थपलिया युक्रेनको बाख्मुत सहरमा भएको युद्धमा मारिएका हुन् ।
न्युयोर्क टाइम्सका अनुसार ल्याब टेक्निसियन पढेका उनी नेपालमा जागिर नपाएपछि रुसी सेनामा भर्ना हुन रुस गएका थिए ।
रुसले सन् २०२२ फेब्रुअरीदेखि युक्रेनमा आक्रमण गरिरहेको छ । यस क्रममा रुस र युक्रेन दुवै देशले विदेशी मूलका मानिसलाई पनि सेनामा भर्ती गरिरहेको छ ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
