काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल फ्रान्स जाने भएका छन् । कात्तिक २४ र २५ गते फ्रान्सको राजधानी पेरिसमा हुने छैटौं पेरिस फोरममा सहभागी जनाउन उनी त्यसतर्फ जाने राष्ट्रपतिकोसचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार राष्ट्रपति पौडेल कात्तिक २२ गते त्यसतर्फ प्रस्थान गर्नेछन् । पेरिस पिस फोरममा आयोजक फ्रान्स र घानाका राष्ट्रपतिसहितका विश्वका नेताहरु सहभागी हुने छन् । त्यही क्रममा उनी जर्मनी पनि जाने तयारी रहेको उनको सचिवालयले जनाएको छ ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
