काठमाडौँ । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बिहिबार तोलाको १३ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार तोलामा एक हजार ८०० रुपैयाँ बढेर तोलाको एक लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज तेजावी सुन तोलाको एक लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । महाशाखाको जानकारी अनुसार आज चाँदी तोलामा ५ रुपैयाँले बढेर तोलाको १४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
