Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » लागु औषधसहित दुई व्यक्ति पक्राउ
    समाचार

    लागु औषधसहित दुई व्यक्ति पक्राउ

    ramBy ram२०७६ मंसिर १२, बिहीबार १२:५६ गते2 Mins Read

    कनकाई खबर \  झापामा ठूलो परिणामको लागु औषधसहित दुईजना व्यक्ति पक्राउ परेका छन् ।

       दमकस्थित भान्जा होटल एण्ड लजवाट पक्राउ परेका भारतीय नागरीक २७ वर्षिय रिन्टु सेख र गौरादहको धोविनिया चोकस्थित सडकवाट पक्राउ परेका अर्का व्यक्ति गौरादह नगरपालिका ३ का ३२ वर्षीय सुनील बराल रहेका छन् । विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय दमक झापावाट खटिएर गएको गस्ती टोलीले सेखलाई होटलको कोठा नं.१०१ वाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक महेन्द्रकुमार श्रेष्ठले वताएका छन् ।

        सेखले आफ्नो बायाँ हातको काखी मुनी कम्मरदेखि माथि आँफूले लगाएको कपडाको भित्री भागमा प्लाष्टिकको पोकामा लुकाएर राखेको अवस्थामा प्रतिबन्धीत खैरो हिरोइन जस्तो देखिने लागु औषध ब्राउन सुगर बरामत गरेको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् । बरामत गरिएको लागु औषध २१७ ग्राम ६७ मिली ग्रामको रहेको वताइको छ । सेखको साथवाट सेतो रङ्को एक थान आइफोन मोवाइल, एनसेल र जेआइओको सिम कार्ड साथै नेपाली रुपैंया १३ हजार समेत बरामत भएको वताइएको छ । सेखसँगै रहेका सुरमान अलीलाई समेत नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय दमकवाट लागु औषध मुद्धाकालागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

         त्यस्तै गौरादहको बरगाछी घर भएका सुनील बराल गौरादहको धोविनिया चोकस्थित सडक खण्डवाट पक्राउ परेका हुन् । स्कुटर रोकेर बसेको अवस्थामा बरालले बोकेको बजारे झोलाभित्रको हर्लिक्सको बट्टाभित्र प्रतिबन्धीत खैरो हिरोइन जस्तो देखिने ३५२ ग्राम ३१ मिली ग्राम लागु औषध ब्राउन सुगर प्रहरीले बरामत गरेको हो । बरालवाट १ थान मोवाइल सेट, एउटा निलो सेतो रङ्को बा.८१ प. ६२४० नं.को होन्डा कम्पनीको स्कुटर समेत प्रहरीले बरामत गरेको छ । पक्राउ परेका बरालले अनुसन्धानको क्रममा दिएको वयानका आधारमा लागु औषधको विक्रि वितरणवाट खरिद गरेको बा.३ च.९२५५ नम्बरको कार समेत बरामत गरी ईलाका प्रहरी कार्यालय दमकवाट लागु औषध मुद्धाकालागि थप अनुसन्धान भइरहेको झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक महेन्द्रकुमार श्रेष्ठले वताएका छन् ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    यौन व्यवसाय सञ्चालनको गुनासोपछि बिर्तामोडका होटलमा प्रहरीको छापा, सञ्चालकसहित तीन पक्राउ

    २०८३ भाद्र ९, मंगलवार १५:३२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.