Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » जामुनबारी सामुदायिक वनको २८ औं साधारण सभा सम्पन्न
    कनकाई नगरपालिका

    जामुनबारी सामुदायिक वनको २८ औं साधारण सभा सम्पन्न

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८० कार्तिक १, बुधबार २२:५४ गते3 Mins Read

    कनकाई खबर \ पूर्वी नेपालकै प्रसिद्ध पर्यटकीय गन्तव्य जामुनबारी सामुदायिक वन उपभोक्ता समूह एवम् जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रको २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    झापाको कनकाई वडा नं.— १ र २ लाई कार्यक्षेत्र बनाएर २०५२ मा जामुनबारी सामुदायिक वन स्थापना गरी २०५६ बाट जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रका रुपमा संचालनमा आएको यस सामुदायिक वनले आफ्नो २८औं साधारण सभाको अवसरमा उत्कृष्ट कर्मचारीका रुपमा संस्थाका कार्यालय सचिव अम्बर चौहानलाई नगदसहित प्रशंसा पत्रबाट सम्मान गरेको छ ।

    सम्मानकै क्रममा कनकाई सब डिभिजन वन कार्यालय सुरुङ्गाका रेन्जर सुरेशकुमार खनाल, हलुवागड सामुदायिक वनका अध्यक्ष देउनारायण राईलाई समेत सम्मानसहित प्रशंसा पत्र प्रदान गरिएको छ । वार्षिक उत्सवकै अवसरमा संस्थाले हरेक वर्ष वितरण गर्दै आएको छात्रवृत्ति समेत प्रदान गरेको छ ।

    संस्थाको कार्य क्षेत्र अन्तर्गतका सामुदायिक विद्यालय सरस्वती माविमा अध्ययनरत ४ जना र पञ्चकन्या प्राविमा अध्ययनरत दुईजना गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको बताइएको छ । सम्मानित व्यक्तित्व साथै छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी समेतलाई संस्थाका अध्यक्ष ख्यामराज सिटौला, कार्यक्रमका प्रमुख अतिथी कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, कनकाई २का वडाअध्यक्ष बलराम राई, सामुदायिक वन जिल्ला महासंघ झापाका अध्यक्ष बेदप्रकाश भण्डारी लगायतले सम्मान गरेका हुन् ।

    वन समूहका अध्यक्ष ख्यामराज सिटौलाको सभापतित्व एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यता रहेको साधारण सभामा अध्यक्ष सिटौलोले भावी योजनासहितको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष सिटौलाले कोरोना महामारीका कारण वन समूको पर्यापर्यटनमा प्रत्यक्ष असर परेको भएपनि आर्थिक वर्ष २०७९÷८० मा वन पैदावार विक्रिसहित समूहले संचालन गरेको विभिन्न पर्यापर्यटन क्षेत्र सम्बन्धि गतिविधि र अन्य विविध क्षेत्रबाट गरी रु.१ करोड ५३ लाख ५२ हजार ३ सय १८ रुपैंयाँ आम्दानी गर्न संस्था सफल भएको बताइएको छ ।

    त्यस्तै सहयोग तथा अनुदान अन्तर्गत डिभिजन वन कार्यालय भद्रपुरबाट टपरी उद्योग स्थापनाकालागी ४ लाख ९१ हजार ६ सय ४६ सहित विभिन्न क्षेत्र साथै संघसंस्थाबाट अनुदान सहयोग सहित आर्थिक वर्ष २०७९÷८० को कुल आम्दानी रु.१ करोड,७१ लख, ६७ हजार ४६५ भएको संस्थाका अध्यक्षले प्रतिवेदन मार्फत जानकारी गराए । अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ को तुलनामा पर्यटन क्षेत्रको आम्दानी र अनुदान आम्दानी वृद्धि भएको जनाइएको छ ।

    कार्यक्रममा कोषाध्यक्ष यशनाथ अधिकारीले लेखा परिक्षण प्रतिवेदन साथै आर्थिक वर्ष २०८० \ ८१ को वार्षिक कार्यक्रम तथा अनुमानित बजेट सहितको प्रतिवेदन संस्थाका कार्यालय सचिव अम्बर चौहानले प्रस्तुत गरेका थिए । त्यस्तै वन कार्य योजना २०८० संशोधन अनुमोदनका लागी प्रस्ताव सहित नयाँ अनुमोदनकालागी नामावली उपाध्यक्ष दिलकुमार राईले प्रस्तुत गरे ।

    संस्थाका उपाध्यक्ष राईको स्वागत साथै सहसचिव पुजन बारकोटीले संचालन गरेको कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, कनकाई २ का वडाअध्यक्ष बलराम राई, सम्मानित व्यक्तित्व कनकाई सब डिभिजन वन कार्यालयका रेन्जर सुरेशकुमार खनाल, सामुदायिक वन जिल्ला महासंघ झापाका अध्यक्ष बेदप्रकाश भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.