Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई खबरका पत्रकार आलम सम्मानित
    कनकाई नगरपालिका

    कनकाई खबरका पत्रकार आलम सम्मानित

    कनकाई खबरBy कनकाई खबर२०८० आश्विन ३०, मंगलवार १९:५६ गते3 Mins Read

    कनकाई खबर / झापाको कनकाई नगरपालिकास्थित कनकाई सामुदायिक वन उपभोक्ता समूहको २५ औं साधारणसभामा फोटो पत्रकार समीर आलम सम्मानित भएका छन् ।

    सञ्चारकर्मी आलम कनकाई खबर साप्ताहिक र कनकाई खबर डट कमका फोटो पत्रकार हुन् । सञ्चार माध्यमबाट वन क्षेत्रको संरक्षण, संबर्धन र विकासमा पु¥याएको सहयोगको मूल्याङ्कन गर्दै वनसमूहले समुहको साधारणसभाको अवसरमा आलमलाई नगदसहित सम्मान गरेको हो ।
    त्यसैगरी, कार्यक्रममा वन समूहका सेवा निवृत्त कार्यालय सचिव गङ्गाप्रसाद ढुङ्गेललाई नगद पुरस्कार र प्रशंसापत्रले सम्मान गरिएको थियो । साथै उत्कृष्ट नतिजा तथा जेहन्दार विद्यार्थीतर्फ उपभोक्ता सदस्यका छोरा छोराछोरीहरूमा कन्काई माध्यमिक विद्यालयका २०७९ को एसईई उत्तीर्ण विद्यार्थी रोमन पराजुली, प्रनिशा उप्रेती र पिपल गौतमलाई प्रोत्साहन स्वरूप नगद पुरस्कार र सम्मान पत्र प्रदान गरिएको छ ।

    त्यसै गरी, फरक क्षमता भएका सीतादेवी संग्रौला, दीपक प्रधान, मञ्जु पाण्डे र मनमाया राईलाई पनि सम्मान गरिएको छ । कार्यक्रममा समूहको दशांै समितिको कार्यकाल चलिरहँदा छैटौं पूर्व कार्यसमिति २०६५–२०७० का पदाधिकारी र सदस्यहरूलाई सम्मान गरिएको छ । ज्येष्ठ नागरिकतर्फ सुदर्शन निरौला, गीतादेवी पोखरेल, देवीप्रसाद खनाल, पवित्रा काफ्ले, पदममाया ढकाल, बमबहादुर खवास, खड्गबहादुर कुमाल र कौशिला गुरुङलाई कपडा र नगदबाट सम्मान गरिएको समूहका कार्यालय सचिव नेत्र भट्टराईले जानकारी दिए ।

    नेपालमै तराईको पहिलो सामुदायिक वनको रूपमा २०४८ सालमा स्थापित, २६७।०६ हेक्टर क्षेत्रफल भएको र ३ हजार ४ सय १७ घर धुरी सदस्य रहेको उक्त वन समूहको साधारणसभामा कार्यक्रमको अध्यक्ष समेत रहेका वन समूहका अध्यक्ष ख्यामप्रसाद ओलीले आर्थिक वर्ष २०७९÷०८० मा समूहबाट सञ्चालन गरिएका विभिन्न योजना तथा कार्यक्रमको समीक्षा र चालू आर्थिक वर्ष २०८०÷२०८१ को नीति तथा कार्यक्रम पेश गरेका थिए ।

    त्यसैगरी, वन समूहका आन्तरिक लेखा एवम् बजेट तथा कार्यक्रम निर्माण समितिका सदस्य माधव ढकालले समुहको २०७९ साउन १ गते देखि २०८० असार मसान्तसम्मको लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । ढकालले समुहको २०८०÷२०८१ को अनुमानित आम्दानी तथा खर्चको वार्षिक कार्यक्रम समेटिएको प्रतिवेदन समेत सभामा पेस गरेका थिए ।

    कार्यक्रमको बन्द सत्रमा अध्यक्ष र कोषाध्यक्ष बाट प्रस्तुत गरिएको प्रतिवेदनमा व्यापक छलफल गरेर पारित गरिएका थिए । बन्दसत्रमा माइन्युट लेखनको जिम्मेवारी समुहका कार्यालय सचिव नेत्र भट्टराई सम्हालेका थिए भने माइन्युट प्रमाणीकरण डा। पुण्यप्रसाद पौडेल, भीष्म मैनाली, तीर्थराज खरेल, खेमराज कार्की र हीराकुमार थापाले गरेका थिए ।

    झापा क्षेत्र नं। ४ का सङ्घीय सभासद् एल।पी। साँवाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संविधासभा सदस्य अम्बिका राजवंशी, पूर्व मन्त्री तथा एमाले नेता हीराकुमार थापा, कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, कनकाई सब–डिभिजन वन कार्यालयका प्रमुख नथुनी गैवार यादव, सामुदायिक वन उपभोक्ता महासङ्घ झापाका अध्यक्ष वेदप्रकाश भण्डारी, नेपाली काङ्ग्रेस कनकाई नगर सचिव रेनुप्रसाद कँडेल, जामुनाबारी सामुदायिक वन समूहका अध्यक्ष ख्यामराज सिटौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    कनकाईधाम धार्मिक विकास संस्था कोटीहोमका अध्यक्ष शेरबहादुर थापा, सुरुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका पूर्व अध्यक्ष प्रेमप्रसाद दाहाल, कन्काई माविका प्रअ कर्णबहादुर डाँगी, कनकाई वन समूहका पूर्व अध्यक्ष नारायण ओली, मेची–महाकाली पैदल यात्री पण्डित हरिप्रसाद तिम्सिना, तपोवन धार्मिक संस्थाका अध्यक्ष डिल्लीराम उप्रेती, युवा व्यवसायी मनहरि बिमली लगायतको आतिथ्य रहेको कार्यक्रममा उपाध्यक्ष ललित बहादुर कार्कीले स्वागत मन्तव्य राखेका थिए । समुहको सचिव मान्तादेवी काफ्ले ९खरेल० ले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.