Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » काठमाडौंबाट झापातर्फ आउँदै गरेको हायस दुर्घटना हुँदा चालकसहित १८ जना घाइते
    समाचार

    काठमाडौंबाट झापातर्फ आउँदै गरेको हायस दुर्घटना हुँदा चालकसहित १८ जना घाइते

    कनकाई खबरBy कनकाई खबर२०८० आश्विन ३०, मंगलवार ०९:२७ गते3 Mins Read

    झापा । काठमाडौंबाट झापातर्फ आउँदै गरेको हायस मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्बर–७ कटारी–गाईघाट सडकखण्डको अधेरीमा दुर्घटना हुँदा चालकसहित १८ जना घाइते भएका छन् ।

    घाइतेमध्ये तीन जनाको अवस्था चिन्ताजनक छ ।जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सोमबार अन्दाजी दिउँसो १ः४० काठमाडौंबाट झापातर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१–००४ क २०७६ नम्बरको हायस गाडी पछाडीको बाँया टायर खुस्किएर अनियन्त्रित भएपछि दुर्घटना भएको हो।चालक सिन्धुलीको सुनकोशी–५ का २३ वर्षीय सागर ठकुरी र पाँचथरको फिदिम ननगरपालिका–६ का ७२ वर्षीय वृद्ध बलविर विकको अवस्था गम्भीर छ।दुर्घटनालगतै जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरीको टोली उद्धारका लागि घटनास्थल पुगेको थियो।

    उनीहरुलाई उपचारका लागि उदयपुर जिल्ला अस्पताल पठाइएको छ । झापा मेचीनगर नगरपालिका वडा नम्बर १० का १२ वर्षीय बालक संयम कार्कीदेखि पाँचथर फिदिम गाउँपालिकाका वडा नम्बर ६ का ७२ वर्षीय बृद्ध बलवीर विकसम्मको उद्धार गरिएको छ।सिन्धुली सुनकोशी गाउँपालिका ५ का २३ वर्षीय चालक सागर ठाकुरीको टाउकोमा गम्भीर चोट लागेको छ । उनी बोल्न नसक्ने अवस्थामा छन् । उनलाई जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचारपछि मोरङको बिराटनगरस्थित न्युरो हस्पिटल रेफर गरिएको छ।ईलाम सूर्योदय नगरपालिका ९ का ४० वर्षीया रेणुका गौतमको नाकमा चोट लागेको छ

    । उनको अवस्थामा भने सामान्य छ । रेणुकाकी १५ वर्षीय छोरा अनुपम आचार्यको हात र अनुहारमा चोट लागे पनि अवस्था सामान्य छ ।झापा शिवसतासी नगरपालिका १ का ३० वर्षीय निर्देश भट्टराईको दाहिने हात, अनुहारमा चोट लागेको छ। उनको अवस्था बोल्न सक्ने छ भने उनको बहिनी १४ वर्षीया निकिता भट्टराईको हात खुट्टामा सामान्य चोट देखिएको छ। सुनसरी बराहक्षेत्र नगरपालिका ५ बस्ने ३९ वर्षीय भीमकुमार खत्रीको दाहिने हात र छातीमा चोट लागेको छ। उनको अवस्थामा पनि बोल्न सक्ने रहेको उदयपुर प्रहरीले जनाएको छ।झापा मेची नगरपालिका वडा नम्बर १० धुलावारीकी ३९ वर्षीया भारती कार्कीको दाहिने खुट्टामा चोट लागेको छ।

    दुर्घटना भएको गाडीमा सवार १२ वर्षीय बालक संयम कार्की भारतीका छोरा हुन् । मोरङ पथरी नगरपालिकाका १४ वर्षीय निरज निरौलाको दाहिने खुट्टामा चोट लागेको छ। ललितपुर गोदावरी नगरपालिका ११ बस्ने ४७ वर्षीय बिजय तामाङको दुबै हात, दाहिने खुट्टामा चोट लागेको छ। पाँचथर फिदिम नपा ६ का ७२ वर्षीय बलवीर विकको खुट्टा र अनुहारमा चोट लागेको छ। बृद्ध विकको अवस्था गम्भीर रहेकाले उपचारका लागि बिराटनगर पठाइएको छ।धनकुटा नगरपालिका ७ हुलाकटोलका ४७ वर्षीय रजित श्रेष्ठको बाँया खुट्टामा चोट लागेको छ। कन्चपुर भिमदत्त नगरपालिका १० का ३४ वर्षीय मुकेश चनको बायाँ हात, खुट्टामा चोट लागेको छ। झापा धुलाबारीका २७ वर्षीया अन्जु पोख्रेलको बायाँ हात, खुट्टामा चोट लागेको छ। उनी बोल्न नसक्ने अवस्थामा रहेकी छन् ।

    धनकुटा सागुरीगढी गाउँपालिका ६ का १८ वर्षीय रोशन राईको दुबै खुट्टामा चोट लागेको छ। सुनसरी धरान उपमहानगरपालिका १७ बस्ने ३० वर्षीय बिनोद राईको अनुहारमा चोट लागेको छ। झापा कन्काई नगरपालिका ४ बस्ने ३४ वर्षीय प्रनिश श्रेष्ठको दुबै खुट्टामा चोट लागेको छ। त्यस्तै भक्तपुर सूर्यविनायक नगरपालिकाका देवी दाहालकी छोरी ८ वर्षीया आराध्या दाहालको खुट्टा र निधारमा चोट देखिएको छ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.