कनकाई खबर \ झापाको कनकाईमा सामुदायिक साथै संस्थागत विद्यालयका प्रधानाध्यापकलाई लक्षित गरी भावातित् ध्यान शिविर संचालन हुने भएको छ ।
झापाको कनकाई —३,सुरुङ्गास्थित लोटस पार्टी प्यालेसमा हुने यो चार दिने ध्यान शिविर ‘संवृद्धिका लागि संकल्प’ नारासहित संघीय सांसद लालप्रसाद साँवा लिम्बू(एल.पी.) को पहलमा सन्चालन हुन लागेको हो । दैनिक दुई घण्टा हुने ध्यानमा करिब एक सय जना प्रधानाध्यापकहरुको सहभागिता रहने आयोजकको अनुमान छ \
संकल्प प्रतिष्ठानको आयोजना र महर्षी फाउन्डेसनको सह—आयोजनामा शनिबारदेखि संचालन हुन लागेको यो शिविर चार दिनसम्म चल्ने छ ।
झापा क्षेत्र–४ भित्र पर्ने सामुदायिक साथै संस्थागत विद्यालयका प्रधानाध्यापकहरु ध्यान शिविरमा सहभागी हुने आयोजक संकल्प प्रतिष्ठानका अध्यक्ष दीपेन्द्र प्रसाईले जानकारी दिए ।माधव अर्यालले ध्यान शिविरको सहजीकरण गर्ने बताइएको छ ।
‘तनाव कम गर्ने, जागृत बढाउने, सकारात्मक सोचको विकाशसहित हृदय रोग, मुटु रोग, मृगौला रोगजस्ता गम्भीर रोगको जोखिम न्यूनीकरणमा यसले महत्वपूर्ण भूमिका खेल्ने छ’, अध्यक्ष प्रसाईले भने ।
