Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्रजापतिमा कनकाईको वडा स्तरीय फुटबल प्रतियोगिता सुरु
    कनकाई नगरपालिका

    प्रजापतिमा कनकाईको वडा स्तरीय फुटबल प्रतियोगिता सुरु

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८० आश्विन २५, बिहीबार २०:५८ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई —१ स्थित प्रजापति सामुदायिक वन उपभोक्ता समूहको खेल मैदानमा आज विहिबारदेखी कनकाई नगर क्षेत्रको वडास्तरीय फुटबल खेल संचालन भएको छ ।

    स्थानीय स्तरमा विभिन्न सामाजिक गतिविधिमा क्रियाशिल प्रजापति सामाजिक क्लवको आयोजनामा संचालन भएको वडास्तरीय फुटबल प्रतियोगिताको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले उद्घाटन गरे ।

    आज उद्घाटनका अवसरमा दुईवटा खेल सम्पन्न भएका थिए । पहिलो खेल कनकाईको वडा नं. ३ र वडा नं.५ विच भएकोमा वडा नं.३ ले १—० को अन्तरमा वडा नं.५ लाई पाखा लगाउँदै विजेता बनेको छ । वडा नं.३ का खेलाडी विजय मुर्मू(म्याक्स) ले गरेको एक गोलले नै टिमलाई अग्रता दिलायो । खेलको म्यानअफ द म्याच वडा नं.५ का खेलाडी मनिष सेम्बो लिम्बू घोषित भए । उनलाई मनकामना प्रिन्टस् दुर्गापुरले स्पोन्सर गरेको म्यान अफ द म्याचको पुरस्कार प्रदान गरियो ।

    त्यस्तै आजै भएको कनकाईको वडा नं.२ र वडा नं.८ विचको दोस्रो खेलमा दुवै टिमबाट १ \ १ गोल गरी खेल बराबरी भएपछि टाइब्रेकरबाट अन्तिम निर्णय भएको थियो । जसमा वडा नं.२ विजयी भएको आयोजक समितिका अध्यक्ष ईश्वर सुवेदीले जानकारी दिए । खेलको म्यान अफ द म्याच वडा नं.८ का सन्दिप इदिङ्गो घोषित भए । उनलाई होटल स्वर्गलोक दमकले स्पोन्सर गरेको म्यान अफ द म्याचको पुरस्कार प्रदान गरियो ।
    भोली २६ गते शुक्रबारको पहिलो खेल कनकाई वडा नं.७ र वडा नं. ४ विच हुने छ भने दोस्रो खेल कनकाईको वडा नं.१ र वडा नं.९ विच हुने आयोजक समितिले जनाएको छ ।


    आज २५ गते उद्घाटन भई २९ गते समापन हुने प्रतियोगिताको प्रथम पुरस्कार नगद रु.२१ हजार १ सय ११ र दोस्रो पुरस्कारको राशी रु.१५ हजार १ सय ११ का साथमा मेडल, ट्रफी र प्रमाण पत्र रहेको आयोजक संस्थाका पुर्व अध्यक्ष दिपेश रिमालले जानकारी दिए । आयोजक संस्थाका अध्यक्ष ईश्वर सुवेदीको सभापतित्व एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको प्रतियोगितामा कनकाई वडा नं.१ का वडाअध्यक्ष शुसिलकुमार पोखरेल, प्रजापति सामुदायिक वनका अध्यक्ष मातृका पोखरेल लगायतले शुभकामना मन्तव्य राख्दै कार्यक्रमको सफलताको कामना गरे ।औपचारिक कार्यक्रमको संचालन संस्थाका पुर्व अध्यक्ष दिपेश रिमालले गरेका थिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.