Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » स्थानीय तहका कर्मचारीको आन्दोलन आज सम्म पनि जारी
    कनकाई नगरपालिका

    स्थानीय तहका कर्मचारीको आन्दोलन आज सम्म पनि जारी

    कनकाई खबरBy कनकाई खबर२०८० आश्विन २५, बिहीबार १९:२६ गते2 Mins Read

    कनकाई खबर \ संघीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारीले सुरु गरेको आन्दोलन आज पनि जारी छ ।


    आन्दोलनरत स्थानीय तह कनकाई नगरपालिकाका कर्मचारीहरुले समेत अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा बन्द गर्दै आन्दोलनलाई जारी राखेको स्थानीय तह कर्मचारी संघर्ष समिति कनकाई नगरपालिकाकी संयोजक जमुना कटुवालले जानकारी दिएकी छन् । संयोजक कटुवालको नेतृत्वमा कनकाई नगरपालिकाका सबै नौ वटै वडाका कर्मचारीहरु नगरपालिका परिसरमा भेला भएर विरोध सभा तथा पेनडाउन कार्यक्रम गर्दै आएको बताइएको छ ।


    असोज १५ देखि सडक आन्दोलन थालेका कर्मचारीहरूमाथि काठमाण्डौमा प्रहरीले हस्तक्षेप गरेको थियो । बानेश्वरमा निषेधित घेरा तोड्न खोज्दा प्रहरीको लाठी चार्जबाट केही प्रदर्शनकारी घाइते समेत भएका थिए । घाइते हुनेमा कनकाई नगरपालिकाका कर्मचारी देवी खनाल समेत परेका थिए । आन्दोलनमा कनकाई नगरपालिका स्थानीय तह कर्मचारीको तर्फबाट भाग लिन काठमाण्डौ गएका खनाल र कर्मचारी लक्ष्मीप्रसाद अधिकारी मध्ये खनाल घाइते भएको संघर्ष समिति कनकाईका सचिव खगेन्द्र मिश्रले जानकारी दिए ।


    आन्दोलनरत संघर्ष समिति कनकाईका तर्फबाट कोषाध्यक्ष समेत रहेका लक्ष्मीप्रसाद अधिकारीले काठमाण्डौमा भएको आन्दोलनको अवस्था साथै विविध विषयको जानकारी गराएका थिए । वार्ताबाट समस्याको निकास आउँन सकेमा नियमित काममा लाग्ने बताउँदै कर्मचारी अधिकारीले सेवाग्राहीलाई समेत प्रभाव पर्ने गरी भएको आन्दोलन रहर नभइ बाध्यता भएको बताए ।


    संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका माग राखी स्थानीय तहका कर्मचारी आन्दोलित छन् ।
    संघीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको उनीहरूको गुनासो छ । स्थानीय तहका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेटिनुपर्ने, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई कुनै पनि सेवामा प्रवेश गर्दा उमेर हद नलगाउनुपर्ने, अन्तर प्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने लगायतका माग छन् ।


    कर्मचारीहरूले संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्, अन्तर प्रदेश सरुवा लागू गर्, सेवा करारका कर्मचारीको उचित व्यवस्थापन गर लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.