Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिम्रिक साकोसको १५औं साधारण सभामा पत्रकार पुरी सहित ९२ सम्मानित

    २०८२ आश्विन १२, आईतवार ००:१६ गते

    दशैंको बेला अन्तर्राष्ट्रिय खेलमा व्यस्त नेपाली क्रिकेट टोली

    २०८२ आश्विन १०, शुक्रबार ०९:३६ गते

    रोटरीद्वारा कनकाई माविमा स्मार्ट कम्प्युटर कक्षाको उद्घाटन

    २०८२ आश्विन १०, शुक्रबार ०१:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई खबरको धर्म – सत्य र न्यायको बाटो
    कनकाई नगरपालिका

    कनकाई खबरको धर्म – सत्य र न्यायको बाटो

    तीर्थराज खरेलBy तीर्थराज खरेल२०८० आश्विन २५, बिहीबार १२:२८ गते4 Mins Read

    झापाको कनकाई नगरमा प्रधान कार्यालय स्थापना गरी साप्ताहिक रूपमा प्रकाशन हुँदै आएको कनकाई खबर साप्ताहिक पत्रिकाले आफ्नो प्रकाशनको पाचौं वर्ष सफलतापूर्वक पुरा गरेको छ ।

    यो पत्रिका छैटौं वर्षमा प्रवेश गरेको सुअवसरमा गौरवको अनुभूति गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछु । स्थापनाको छोटो अवधिमा यो पत्रिका प्रेस काउन्सिल नेपालको मूल्याङ्कनका आधारमा स्थानीय (क) वर्गमा पर्न सफल भएको कुरा हाम्रा निम्ति खुसीको कुरा हो । यसको आधारमा यो पत्रिकाको भविष्य सुन्दर हुनेमा पूर्ण विश्वास गर्न सकिन्छ ।

    झापा जिल्लाका अन्य पालिकामा समेत प्रत्यक्ष वितरण हुँदै आएको कनकाई खबर साप्ताहिकले प्रविधिको विकाससँगै कनकाई खबर डटकम अनलाइन समेत सुरुबाटै सञ्चालनमा ल्याएको छ । अनलाइन न्यूज पोर्टलमार्फत विश्वभरका पाठकमाझ आफ्नो पहुँच कायम गर्न सफल भएको यस सञ्चार माध्यमलाई देशविदेश सबै ठाउँका पाठक र शुभेच्छुकहरूले भरोसायुक्त सञ्चार माध्यमको रूपमा हेरिरहेका छन् ।

    वर्तमान समयमा पत्रकारहरू कुनै न कुनै पार्टीका सदस्य हुने वा उनीहरूप्रति सहानुभूति राख्ने खालका छन् । विशेष गरी यो प्रवृत्ति पत्रिकाहरूको हकमा बढी देखिने गर्दछ । हामीले कुनै पनि पत्रिकाहरूलाई हे¥यौं भने त्यो पत्रिका कुन पार्टीको भनेर थाहा पाउन सक्छौं । किनभने त्यस्ता पत्रिकाहरूले कुनै दलविशेषको पृष्ठपोषण गरेका छन् । दुर्भाग्य नै हो पत्रकारहरू आस्थाका आधारमा विभाजित भएको पाइन्छ ।

    यतिसम्म कि तिनीहरू आपूmलाई व्यावसायिक भन्न पनि रुचाउँदैनन् । उनीहरू राजनीतिक पार्टीका युनियन जस्ता देखिन्छन् । कुनै पनि दल विशेषको पक्षमा वकालत नगर्ने र स्वतन्त्र, साझा सञ्चार माध्यमको रूपमा व्यावसायिक पत्रकारिताको उद्देश्यका साथ कनकाई खबरको प्रकाशन शुरु भएको थियो । समाजको बेथिति, विकृति र विसङ्गतिका विरुद्धमा र जनताको पक्षमा कलम चलाउने सङ्कल्पकासाथ स्थापित यो पत्रिका छैटौं वर्षमा प्रवेश गरेको छ ।


    पत्रिकाको प्रगतिको पहिलो आधार पाठकको विश्वास र माया हो । विश्वास पाउन विश्वसनीय काम गर्न सक्नुपर्छ भने मायाका लागि जनताको सुखदुःखको साथी बन्न सक्नुपर्छ । यो पत्रिका पाठकको माया र विश्वासको जगमा अडेको छ । जनताको हितका खातिर बनाइएका नीतिनियम त्रुटिपूर्ण हुँदा वा नियमको पालना नहुँदा जनतालाई सजग र सचेत गराउनु पत्रकारिता क्षेत्रको धर्म हो । धर्म भनेको आफ्नो कर्तव्य पूरा गर्नु हो । आज यो पत्रिका लोकतन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रताको पक्षमा अविचलित रूपमा क्रियाशील छ ।

    कनकाई खबर जनतालाई सुसूचित गर्ने, जनचेतनाको अभिवृद्धि गराउने र जनताको अधिकार प्राप्तिका निम्ति भएका सङ्घर्षलाई सघाउ पु¥याउने दायित्वबाट कहिल्यै विमुख भएको छैन । यो पत्रिका शिक्षित र चेतनशील पाठकहरूको निगरानीमा सदैव जनताको हितका लागि प्रयत्नशील रहँदै गर्दा आफूभित्रका कमीकमजोरीलाई चिनेर आत्मालोचित हुँदै अघि बढिरहेको छ । नैतिक आदर्शबाट अभिप्रेरित उत्साही समूहबाट चलेको यो अखवार मोफसलमा रहेर पनि जनताको आशा र भरोसा बनेको छ भने जनताको आशा र विश्वासमै टिकेको पनि छ ।


    आजको जुग प्रतिष्पर्धाको जुग हो । पत्रिका पनि प्रतिष्पर्धाबाटै अघि बढ्ने हो । सञ्चारकर्मीले सदैव बुझ्नुपर्ने कुरा भनेको जनताजनार्दनभन्दा शक्तिशाली अरु कोही छैन, तसर्थ आम पाठकको लागि भरोसायुक्त पत्रिकाको रूपमा आफ्नो पत्रिकालाई विकसित गर्नुपर्छ । आजसम्मको उपलब्धिको जगमा पाठकको त्यो भरोसा, आशा र विश्वासलाई अझै माथिल्लो उचाइमा लैजान जरुरी छ । पाठकको प्रेरणा र स्नेहले भविष्यमा अझ तथ्यगत र समाजोपयोगी सामग्री प्रस्तुत गर्न अझ बढी जाँगर र बल प्रदान हुनेछ । पत्रकारहरूबाट पनि व्यावसायिक मर्यादा विरुद्ध आचरण भएका अनेकौं दृष्टान्तहरू छन् ।

    पत्रपत्रिकामा आफूलाई रिस उठेको संस्था वा पदाधिकारी विरुद्धमा नभएका कुरालाई समाचार बनाएर प्रकाशित गर्दा त्यसबाट निर्दोष व्यक्ति वा संस्थाहरूले ठूलो कठिनाइ व्यहोर्नुपर्ने हुन्छ । समाजका असल परम्पराका विरुद्ध धर्मका नाममा, राजनीतिका नाममा वा अन्य कुनै नाममा आक्रमण हुन्छ भने वा अग्रगमनका विरुद्धमा जनविरोधी, लोकतन्त्रविरोधी र राष्ट्रविरोधी कुनै गतिविधि भएमा सञ्चार जगत् चुपचाप लागेर बस्न मिल्दैन । यस्तो अवस्थामा पत्रकारजगत्ले न्याय, धर्म र राष्ट्रियताको पक्ष लिन्छ । जाति, धर्म, भाषा र राष्ट्रियताभन्दा पनि माथि मानवता हुन्छ र प्रेस जगत् अन्ततः मानवताको पक्षमा उभिन्छ ।


    सञ्चार क्षेत्रका अनगिन्ती चुनौतीहरू छन् । धेरैजसो पत्रपत्रिकाहरू पार्टी वा पार्टीभित्रका गुट विशेषसँग धेरथोर, प्रत्यक्ष वा परोक्ष रूपमा आबद्ध हुने गरेका छन् । तर पत्रपत्रिकाले सूचनाप्रवाहमा निष्पक्षता देखाउनुपर्छ भन्ने मूल मान्यतालाई आत्मसात गर्दै अघि बढेको यो पत्रिका सत्य, विश्वसनीय, सन्तुलित, स्वतन्त्र रहने र आफ्नो जिम्मेवारी र अरुको सम्मानको सुरक्षा गर्नुपर्छ भन्ने मान्यताबाट अनुप्राणित छ आजसम्म र यो क्रम जारी रहनेमा विश्वास गर्न सकिन्छ ।

    कनकाई खबर व्यावसायिकताको पक्षमा उभिँदै आएको छ । संवाददाता र सम्पादकमा व्यावसायिक निष्पक्षता भएमा गुणस्तरमा वृद्धि हुन्छ । पत्रपत्रिकाहरूले आफ्ना विचार समाचारबाट अभिव्यक्त गर्नुभन्दा सम्पादकीय, स्तम्भ वा लेखमार्फत दिने हो भने व्यावसायिकतामा बल पुग्छ । आचारसंहिता नैतिक बन्धन हो, यो कानुन होइन, तर पत्रकारका लागि यो नै ठूलो बन्धन हो ।

    शुभचिन्तक र चेतनशील पाठकवर्गबाट प्राप्त सल्लाहसुझाव, हौसला, आलोचना, सहयोगको आधारमा उभिएर यसले विगतका कमीकमजोरीको समीक्षा गर्दै आगतका कदमहरु चाल्ने हो । आशा छ–कनकाई खबरले आफ्नो गरिमालाई अझ उन्नत स्तरमा विकास गरेर लैजाने छ । यो सदैव सत्य र न्यायको पक्षमा सतीसालझैं उभिनेछ । व्यावसायिकताको कसीमा अब्बल बनेर स्पातिलो बन्नेछ यो पत्रिका । छैटौं वर्षको यो शुभारम्भमा मुरीमुरी बधाई एवम् सफलताको हार्दिक शुभेच्छा !!

    कमेन्टस्

    Author

    • तीर्थराज खरेल

      युनिक बहुमुखी क्याम्पसमा प्राध्यापक समेत रहेका खरेल कनकाई खबर अनलाइनका सल्लाहकार सम्पादक हुन् । खरेल पूर्वाञ्चल दैनिकमा समेत संवाददाता एवं स्तम्भकारका रुपमा कार्यरत् छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सिम्रिक साकोसको १५औं साधारण सभामा पत्रकार पुरी सहित ९२ सम्मानित

    २०८२ आश्विन १२, आईतवार ००:१६ गते

    दशैंको बेला अन्तर्राष्ट्रिय खेलमा व्यस्त नेपाली क्रिकेट टोली

    २०८२ आश्विन १०, शुक्रबार ०९:३६ गते

    रोटरीद्वारा कनकाई माविमा स्मार्ट कम्प्युटर कक्षाको उद्घाटन

    २०८२ आश्विन १०, शुक्रबार ०१:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सिम्रिक साकोसको १५औं साधारण सभामा पत्रकार पुरी सहित ९२ सम्मानित

    २०८२ आश्विन १२, आईतवार ००:१६ गते

    दशैंको बेला अन्तर्राष्ट्रिय खेलमा व्यस्त नेपाली क्रिकेट टोली

    २०८२ आश्विन १०, शुक्रबार ०९:३६ गते

    रोटरीद्वारा कनकाई माविमा स्मार्ट कम्प्युटर कक्षाको उद्घाटन

    २०८२ आश्विन १०, शुक्रबार ०१:१० गते

    दशैंको मुखमा भत्ता नपाइने चिन्ताले जेष्ठ नागरिकमा तनाव

    २०८२ आश्विन ९, बिहीबार ०६:३६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.