Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » हाम्रो प्रतिबद्धता…..
    कनकाई नगरपालिका

    हाम्रो प्रतिबद्धता…..

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८० आश्विन २५, बिहीबार १२:१२ गते3 Mins Read

    कनकाई खबर साप्ताहिक पाँचौं वर्ष पूरा गरेर छैटौं वर्षमा प्रवेश गरेको छ । छैटौं वार्षिकोत्सवको शुभअवसरमा सम्पूर्ण पाठक, लेखक, विज्ञापनदाता, सहयोगी एवम् शुभेच्छुक सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ । साथै, यस सञ्चार माध्यमका निर्देशक ज्यु, प्रमुख सल्लाहकार ज्यु, सल्लाहकार सम्पादक ज्यु, संचार माध्यममा आवद्ध पत्रकार साथीहरू, अन्य सबै–सबै संचारकर्मी अग्रज एवं सहयात्री साथीहरुप्रति विशेष आभार व्यक्त गर्दछौँ । उहाँहरूको परिश्रम, लगाव र मायाकै कारण संस्थाले यहाँसम्मको यात्रा तय गर्न सफल भएको हो ।

    डिजिटल मिडियाको यो प्रतिस्पर्धी बजारमा डिजिटलसँगै प्रिन्ट मिडिया जन्माएर आफ्नो पहिचान स्थापित गर्नु सजिलो कामहोइन । प्रिय पाठकले देखाएको विश्वासका कारण हामीले यो पाँच वर्षको अवधिमा एउटा पहिचान स्थापित गर्न सफल भएको ठानेका छौं । विभिन्न सञ्चार माध्यहरुको यो भीडमा अलग पहिचान बनाइराख्न अनवरत खटिरहनु भएका पत्रकार साथीहरू प्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सक्रियताको अपेक्षा राख्दछौँ । प्रिय पाठकको माया, सद्भाव र समालोचनात्मक प्रतिक्रियाले हामीलाई सधैँ उत्साहित बनाइराख्ने ऊर्जा प्रदान गरिरहन्छ ।

    वि.सं.१९५८ देखि इतिहास बोकेको छापा अर्थात् प्रिन्ट मिडिया आजसम्म पनि उत्तिकै लोकप्रिय छ । मडियाको विकास हुने क्रमसँगै अन्य नयाँ मिडियाहरू रेडियो, टेलिभिजन, एफएम, अनलाइन मिडिया तथा सामाजिक सञ्जालहरू प्रचलनमा आएतापनि आम जनमानसमा छापा मिडियाप्रति अगाध स्नेह र झुकाव अझै ताजगी नै छ ।

    बिहानको तातो चियाको चुस्कीसँगै पत्रिका पढ्नु अलग्गै आनन्दको आभास हुन्छ, तथापि हरेक नेपालीको हातहातमा मोबाइल उपलब्ध छन्, जसमा इन्टरनेटको माध्यमबाट संसारभरको समाचार हेर्न पाइन्छ । मानिसको जीवनशैली परिवर्तनसँगै मिडियाको प्रयोग पनि फेरिन्छ । तर, नेपालीमा अमीट छाप स्थापित गर्न सफल छापा सञ्चार माध्यम सञ्चारको दुनियाँमा अझै बढी लोकप्रिय बन्दै गएको हाम्रो बुझाई छ ।

    वि.सं.२०४९ पछि निजी क्षेत्रमा छापा सञ्चार माध्यमको प्रवेशसँगै छापा सञ्चार माध्यमको आयाम बढेर पाठकको संख्यामा अत्यधिक वृद्धि भएको थियो, यो क्रम बढ्दो छ । तर, पछिल्ला दिनहरूमा आएर मूलत वि.सं २०६३ पछि अनलाइन तथा सामाजिक सञ्जालको आगमनसँगै युवाहरूको झुकाव नयाँ मिडियातर्फ ढल्केको यथार्थ छ । तर, छापा माध्यमहरूको आवश्यकता सरकारी नियम–कानुन, प्रेस विज्ञप्ति, राष्ट्रिय भाषामा प्रकाशन हुने आदि कारणले पनि आम जनमानस,व्यावसायिक, उद्योग–प्रतिष्ठानका लागि अपरिहार्य छ ।

    छापा सञ्चार माध्यमको महत्व र यसको आवश्यक्तालाई मध्यनजर गर्दै आम पाठकको रचनात्मक अनि सकारात्मक सुझावका आधारमा थप परिस्कृत हुँदै हामी छैटौं वर्षमा प्रवेश गरेका छौँ । पाठकको मायाले हामीमाथि नागरिकलाई अझ सुसूचित बनाउने दायित्व थपिएको महसुस भएको छ । त्यसैले हामी अझै विशिष्टीकृत हुँदै जाने प्रयासमा छौँ । मिडियाको प्रयासले नै आम नागरिकको जीवनस्तर, सोचाइ र समृद्धिमा योगदान पुग्नेमा हामी विश्वस्त छौँ । सञ्चार माध्यमले समेट्नु पर्ने दायरा फराकिलो बन्दै गएको छ र यसप्रति पाठकका आशा, अपेक्षा र आकांक्षा पनि बढ्दै गएका छन् ।

    सञ्चार माध्यमको विकास र बृद्धिसँगै पत्रकारको संख्या बढ्दै जाँदा ती पत्रकारको क्षमता विकास, पेशाप्रति जवाफदेही र जिम्मेवार बनाउनु पर्ने दायित्व स्वयम् आफुसँग मात्र छ । यहाँ समाचार लेखेको आधारमा नभएर फेसबुकको स्टाटसमा लाइक कमेन्टको आधारमा पत्रकारको श्रेणी मापन गरिन्छ । यसबाट आउने दिनहरूमा स्वतन्त्र रूपले मर्यादित पत्रकारिता गर्ने, समाजप्रति जिम्मेवारी भई, आफ्नो कामप्रति उत्तरदायित्व बहन गर्ने पत्रकारिता इतिहास त बन्ने होइन भन्ने आशंका पनि महसुस हुनथालेको छ ।

    हरेक चुनौतीको सामना गर्दै आम पाठकहरुलाई समाचारका माध्यमबाट हरेक विषयवस्तु प्रस्तुत गर्नु र सुसूचित गर्नु हाम्रो कर्तव्य हो । अनेकौं चुनौतीको सामना गर्दै आज हामी छैटौं वर्षमा प्रवेश गरेको छौं । साप्ताहिकको रुपमा मात्र सञ्चालन भएको कनकाई खबर छैटौं बर्षमा आइपुग्दा सञ्चार गृह सफल बनेको हाम्रो बुझाई छ ।

    हामीले साप्ताहिकको रुपमा कनकाई खबर साप्ताहिक, डिजिटल रुपमा कनकाई खबर डटकम अनलाइन साथै बार्षिक रुपमा कनकाई खबर म्यागेजिन सहित वार्षिक क्यालेण्डर प्रकाशन गरिरहेका छौं । कनकाई खबरलाई थप व्यवस्थित बनाएर सञ्चालन गर्ने अभियानमा निरन्तर सक्रिय भएर लाग्ने छौं । पत्रिकालाई थप व्यवस्थित गर्दै पठनीय बनाउन हामी प्रतिबद्ध छौं । साथै, आगामी दिनमा यहाँहरुको थप सल्लाह र सुझावको अपेक्षा गर्दछौं ।

    प्रकाशक \ सम्पादक ः रामप्रसाद निरौला

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.