Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालमैत्री नगर घोषणा गर्ने तयारीमा कनकाई नगरपालिका

    २०८२ बैशाख २५, बिहीबार ००:२३ गते

    नर्वदेश्वर शिवालय सामुदायिक भवनको महायज्ञमा नौमति बाजासहित कलश यात्रा

    २०८२ बैशाख २५, बिहीबार ००:०२ गते

    व्यवस्थित आयोजना कार्यान्वयनका लागि कनकाईमा आयोजना बैंक

    २०८२ बैशाख २४, बुधबार ०८:१५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सहाराको शेयरपुँजी १ अर्व ६३ करोड १४ लाख
    आर्थिक

    सहाराको शेयरपुँजी १ अर्व ६३ करोड १४ लाख

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८० आश्विन २३, मंगलवार २१:१८ गते4 Mins Read

    कनकाई खबर \ झापाको बिर्तामोड–२ स्थित चारपानेमा प्रधान कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको २७औँ वार्षिक साधारण सभा अन्तरगतका इकाईगत सभाहरु आइतबारबाट सुरु गरिएको छ ।

    सदस्य संख्या एवम् वित्तीय कारोबारको आंकडाका आधारमा नेपालकै ठूलो मध्येको एक मानिने सहारा नेपाल साकोसले आगामी कात्तिक १८ गते अन्तिम माइन्युट प्रमाणीकरण सभा गर्ने गरी तालिका बनाएको छ । सोही अनुरुप सहाराले आफ्ना सबै सेवा केन्द्र अन्तरगतका सेयर सदस्यहरु आमन्त्रण गरी असोज २७ गतेसम्म इकाईगत साधारणसभा सञ्चालन गर्न सुरु गरेको हो ।


    यसै क्रममा कनकाई उद्योग वाणिज्य संघ सुरुङ्गाको सभा हलमा सहारा नेपाल सेवा केन्द्र सुरुङ्गाको एकाईगत साधारण सभा सम्पन्न भएको छ । आइतबार र सोमबार गरी दुई दिन सम्म संचालन भएको सभाको पहिलो दिन लेखा सुपरीवेक्षण केन्द्रिय समिति संयोजक उपेन्द्र ओलीको सभापतित्व एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा सभाध्यक्ष ओलीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    सुरुङ्गा सेवा केन्द्र उपसमिति सदस्य रुपनारायण खतिवडाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने केन्द्रिय कार्यालयका वरिष्ठ प्रबन्धक राजकुमार दर्नालले आन्तरिक लेखा प्रतिवेदन, ऋण उपसमितिको प्रतिवेदन सेवा केन्द्र सदस्य रामकुमार भुजेलले प्रस्तुत गरे । संस्थाका क्षेत्रीय उपसमितिका सहसंयोजक खड्ग प्रसाईले संचालन गरेको औपचारिक कार्यक्रममा एकाई संयोजक निर्मल दहालले स्वागत गरेका थिए ।


    कनकाई उद्योग वाणिज्य संघकै सभा हलमा दोस्रो दिन सम्पन्न कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष हरीप्रसाद निरौलाको सभापतित्व एवं कनकाई वडा नं.३ का वडाअध्यक्ष युवराज चम्लागाईको प्रमुख आतिथ्य रहेको थियो । सेवा केन्द्रका संयोजक निर्मल दहालको स्वागत तथा सदस्य विनोद थपलियाले स्वागत गीत प्रस्तुत गरेको कार्यक्रममा अध्यक्षको प्रतिवेदन सभाध्यक्ष हरीप्रसाद निरौलाले साथै लेखा समितिको प्रतिवेदन र ऋण उपसमितिको प्रतिवेदन संस्थाका कर्मचारी राजकुमार दर्नालले प्रस्तुत गरे ।


    सेवा केन्द्र सुरुङ्गाले यस वर्ष ५६ जना एकल महिला सदस्यलाई प्रति रु.८ हजारका दरले जम्मा रु.४ लाख २४ हजार नगद प्रदान गरेको छ । त्यस्तै सेवा केन्द्र अन्तर्गतका एकजना मात्र एकल पुरुष सदस्य दुर्गाप्रसाद चापागाईँलाई नगद ६ हजार प्रदान गरिएको छ । त्यस्तै अशक्त अपाङ्ग सहयोग स्वरुप सदस्य दिपक प्रधानलाई नगद रु.१० हजार, परिवार राहत अन्तर्गत कनकाई—१ निवासी स्व.अम्बिका गौतमका श्रीमान शेषराज अधिकारीलाई नगद ३ लाख, स्व.होमप्रसाद थपलियाको परिवार राहत अन्तर्गतको नगद १ लाख छोरा बसन्त थपलियालाई प्रदान गरिएको सेवा केन्द्र प्रमुख टिका प्रधानले जानकारी दिए ।


    सदस्य पोषण कार्यक्रम अन्तर्गत ६५ वर्ष माथिका सेवा केन्द्र अन्तर्गतका १९ जना सदस्यहरुलाई नगद ६ हजारका दरले जम्मा रु.१ लाख १४ हजार नगद प्रदान गरेको सेवा केन्द्र प्रमुख प्रधानले बताए ।


    संस्थाले समग्रमा यस वर्ष एक हजार २४२ जना सदस्यलाई उनीहरुको लाभग्राही सूचि अनुसारको रकम वितरण गरिरहेको छ । सो कार्यक्रम अन्तर्गत पर्ने सदस्यहरुलाई संस्थाका तर्फबाट १ करोड १६ लाख ६६ हजार रुपैयाँ वितरण हुने जनाइएको छ ।


    संस्थाको लाभग्राही सुचि अनुसार समग्रमा यस वर्ष ८१५ जना एकल महिला सदस्यलाई जनही ८ हजार रुपैयाँका दरले ६५ लाख २० हजार, पोषण भत्ता अन्तर्गत ६५ वर्ष माथिका २४३ जनालाई जनही ६ हजार रुपैयाँका दरले १४ लाख ४८ हजार वितरण हुने जनाइएको छ । त्यस्तै ज्येष्ठ नागरिक सम्मान अन्तर्गत ७० वर्ष माथिका १२८ जनालाई जनही ८ हजार रुपैयाँका दरले १० लाख २४ हजार, वृद्धवृद्धा सम्मान अन्तर्गत ८१ वर्ष माथिका १० जनालाई जनही १० हजार रुपैयाँका दरले १ लाख रुपैयाँ वितरण हुने उल्लेख गरिएको छ ।


    त्यस्तै दीर्घायु भत्ता ८६ वर्ष माथिका पाँच जनालाई जनही २५ हजार रुपैयाँका दरले १ लाख २५ हजार, एकल पुरुष ५८ वर्षमाथिका १४ जनालाई जनही ६ हजार रुपैयाँका दरले ८४ हजार, असक्त तथा अपाङ्ग भत्ता १२ जनालाई जनही १० हजार रुपैयाँका दरले १ लाख २० हजार र परिवार राहतअन्तर्गत १५ जनालाई २२ लाख ३५ हजार रुपैयाँ इकाइगत साधारणसभा मार्फत् वितरण गरिने बताइएको छ ।


    झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर र उदयपुर जिल्लासहित छ वटा जिल्लाका ८० वटा सेवा केन्द्र मार्फत सेवा प्रदान गर्दै आएको सहारा नेपाल साकोसले प्रत्येक बर्ष सामाजिक सुरक्षा अन्तरगत सदस्यहरुलाई रकम वितरण गर्दै आएको छ ।


    आर्थिक बर्ष २०७९÷०८० असार मसान्तसम्ममा १ लाख ५७हजार ६०६ शेयर सदस्य रहेको संस्थाको शेयरपुँजी १ अर्व ६३ करोड १४ लाख ५२ हजार १०० रुपैयाँ रहेको छ । संस्थाले यस आर्थिक बर्षमा २ अर्व २१ करोड २४ लाख ४० हजार १४० रुपैयाँआम्दानी गरेर र १ अर्व ८१ करोड ३७लाख ४३ हजार ५६१ रुपैयाँखर्च गरेर खुदनाफा ३९ करोड ८६ लाख ९६ हजार ५७९ रुपैयाँ गरेको प्रतिवेदनमाउल्लेख छ ।


    संस्थाले सामाजिक सुरक्षा नियमित कार्यक्रम अन्तरगतको रकम चाडवाडलाई मध्यनजर गर्दै एकाईगत साधारण सभाबाट वितरण गर्दै आएको हो । संस्थाले ६ वटा जिल्लामा हुने एकाईगत साधारणसभाबाट ३१ जना प्रतिनिधि छनौट गरेर आगामी कार्तिक १८ गते अन्तिम माइन्युट प्रमाणिकरण गर्ने बताइएको छ । एकाईगत साधारणसभा अन्तरगत पाँचथरबाट १ जना, उदयपुरबाट १ जना, इलामबाट २ जना, सुनसरीबाट ४ जना, मोरङबाट ६ जना र झापाबाट १७ जना प्रतिनिधि छनौट हुने जनाइएको छ ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला
      रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बालमैत्री नगर घोषणा गर्ने तयारीमा कनकाई नगरपालिका

    २०८२ बैशाख २५, बिहीबार ००:२३ गते

    नर्वदेश्वर शिवालय सामुदायिक भवनको महायज्ञमा नौमति बाजासहित कलश यात्रा

    २०८२ बैशाख २५, बिहीबार ००:०२ गते

    व्यवस्थित आयोजना कार्यान्वयनका लागि कनकाईमा आयोजना बैंक

    २०८२ बैशाख २४, बुधबार ०८:१५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बालमैत्री नगर घोषणा गर्ने तयारीमा कनकाई नगरपालिका

    २०८२ बैशाख २५, बिहीबार ००:२३ गते

    नर्वदेश्वर शिवालय सामुदायिक भवनको महायज्ञमा नौमति बाजासहित कलश यात्रा

    २०८२ बैशाख २५, बिहीबार ००:०२ गते

    व्यवस्थित आयोजना कार्यान्वयनका लागि कनकाईमा आयोजना बैंक

    २०८२ बैशाख २४, बुधबार ०८:१५ गते

    नर्वदेश्वर शिवालय सामुदायिक भवनमा आजदेखी महायज्ञ सुरु हुने

    २०८२ बैशाख २४, बुधबार ०७:४५ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.