काठमाडौं :सुन्धाराको श्रीगुरु गेष्ट हाउसमा एक युवती मृत फेला परेकी छन्। ललितपुर इमाडोल घर भएकी भूमिका राउत सोमबार बिहान गेष्ट हाउसमा मृत भेटिएकी हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनी गत असोज ८ गतेदेखि गेष्ट हाउसमा बस्दै आएकी थिइन्। २० वर्षीया राउत होटलको कोठा भित्रबाट लक गरेको अवस्थामा मृत भेटिएकी थिइन् ।घटनाबारे प्रहरी वृत्त जनसेवाले अनुसन्धान गरिरहेको छ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
