Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » इटहरीमा खुकुरीले पटक–पटक प्रहार गरी एक महिलाको बीभत्स हत्या
    कनकाई खबर बिशेष

    इटहरीमा खुकुरीले पटक–पटक प्रहार गरी एक महिलाको बीभत्स हत्या

    कनकाई खबरBy कनकाई खबर२०८० आश्विन २३, मंगलवार १२:३७ गते2 Mins Read

    सुनसरीको इटहरीमा खुकुरी प्रहार गरी एक महिलाको बीभत्स हत्या भएको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर १७ मझौरा टोलस्थित एक महिलाको बीभत्स हत्या भएको हो ।

    स्थानीय ४० वर्षीय नीमा तामाङले ३५ वर्षीया कमला तामाङको हत्या गरेका हुन् । उनीहरूबीचको सम्बन्ध जेठी सासु–ज्वाईँ (नीमाले कमलाकी बहिनी बिहे गरेको) रहेको छ । नीमाले कमलाको घाँटीमा पटकपटक खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक केशव गौतमकाअनुसार घटना सोमबार दिउँसो ३ः४५ बजेतिरको हो ।

    खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी कमलाको विराटनगरस्थित आर्या न्यूरो अस्पतालमा उपचारको क्रममा सोमबार साँझ ६ः२० बजेतिर मृत्यु भएको गौतमले पुष्टि गरे । ‘मृतक बहिनीसँग नीमाले पहिला बिहे गरेको र अहिले डिभोर्स भएको भनिएको छ । हामीले पूर्ण रूपमा बयान लिइसकेका छैनौँ,’ गौतमले भने, ‘आज जिल्ला अदालतबाट म्याद थप गरिएपछि थप बयान लिन्छौँ, त्यसपछि घटनाको कारण खुल्नेछ ।’

    घरायसी कारणले नै हत्या भएको हुनसक्ने उनले बताए ।

    स्थानीयबासीका अनुसार घरायसी व्यवहार बिग्रिएका कारण जेठीसासु कमलाको नीमाले हत्या गरेका हुन् । यसअघि पनि सामान्य विवाद हुँदै आएको र यसपटक भने खुकुरी नै बोकेर नियोजित ढंगबाट प्रहार भएको स्थानीयको दाबी छ । ‘खुकुरीले एकपटक होइन, पटकपटक प्रहार गरे,’ एक प्रत्यक्षदर्शीले भने, ‘घरायसी व्यवहार नै भएपनि हत्या गरिनुले त्रसित भएका छौँ ।’ मृतक कमलाका श्रीमान वैदेशिक रोजगारीका लागि मलेसियामा छन् । मृतककी दुई छोरी रहेका छन् ।इटहरी खबरबाट

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.