Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » पृथ्वी सहकारीको शेयर पुँजी १ करोड
    समाचार

    पृथ्वी सहकारीको शेयर पुँजी १ करोड

    ramBy ram२०७६ मंसिर १०, मंगलवार ०१:०३ गते3 Mins Read

    कनकाई खबर  \ झापा कनकाई नगरस्थित सुरुङ्गामा प्रधान कार्यालय रहेको पृथ्वी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सातौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

    कनकाई नगर लगायत आसपासका क्षेत्रमा रहेका सक्रिय युवाहरुको पहलमा २०६९ सालमा १३० जना शेयर सदस्यहरुवाट विधिवत रुपमा स्थापना भएको यस संस्थामा हाल १४ सय ५३ शेयर सदस्य रहेको वताइएको छ । आगामी वर्षमा २ हजार १ सय शेयर सदस्य पुर्याउँने लक्ष्य राखिएको यस संस्थामा अघिल्लो वर्षको तुलनामा ९ प्रतिशतले वृद्धि भई हाल सम्ममा एक करोडको शेयर पुँजी कायम रहेको वताइएको छ । संस्थाको भावि योजना सहितको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष कुमारमणि पोखरेलले आ.व.२०७५\०७६ को अन्त्यसम्ममा संस्थाको विभिन्न कोषहरुमा गत वर्षभन्दा ३७ प्रतिशतले वृद्धि भई ४८ लाख १९ हजार ८ सय ३३ कायम रहेको प्रतिवेदन मार्फत जानकारी दिएका छन् ।

    त्यस्तै यस आर्थिक वर्षमा विभिन्न वचत कार्यक्रममा २३ प्रतिशतले वृद्धि भई ४ करोड ५० लाख २८ हजार ५ सय ९७ निक्षेप कायम रहेको वताइएको छ । आर्थिक वर्ष २०७५\०७६ को अन्त्य सम्ममा विभिन्न शिर्षकमा भएको ऋण लगानी अघिल्लो वर्षको तुलनामा २२ प्रतिशतले वृद्धि भई कुल रकम ५ करोड ११ लाख४६ हजार ७ सय ४१ लगानी भएको साथै यो अवधि सम्ममा कुनै प्रकारको वाह्य ऋण नरहेको प्रतिवेदन मार्फत अध्यक्ष पोखरेलले जानकारी दिएका छन् । संस्थाले आ.व.२०७४\०७५ को अन्त्यमा रु.६४ लाख ४१ हजार १ सय ६० आम्दानी गरेकोमा यो वर्ष रु.७४ लाख ८८ हजार १ सय २० कायम गर्न सफल भएको वताइएको छ ।
       वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पोखरेलले आगामी वर्षको २०७७ असार मसान्त सम्ममा संस्थाको शेयर पुँजी रु.१ करोड २५ लाख सम्मको पुर्याउँने लक्ष्य राखेको वताएका छन् । त्यस्तै अध्यक्ष पोखरेलले ऋणको जोखिमलाई कम गर्ने उद्येश्यले आगामी वर्षमा ऋणको विमा कार्यक्रम समेत लागु गर्ने वताएका छन् ।

    सामाजिक क्षेत्रमा समेत विभिन्न गतिविधी संचालन गर्दै अघि बढेको यस संस्थाले साधारण सभाको अवसरमा आफ्ना केही सदस्यहरुलाई विभिन्न विधामा सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा उत्कृष्ट वचतकर्ताका रुपमा स्थानीय सक्रिय युवा व्यवसायी प्रकाश थपलिया र छत्रवहादुर खड्का, उत्कृष्ट ऋणी तर्फ दुर्गामाया प्रसाइँ र लक्ष्मीकुमारी राजवंशी साथै संस्थाका ज्येष्ठ सदस्य तर्फ पदमलाल फुयाल र जसकुमारी कार्की दहाल रहेका छन् । सम्मानित सवैलाई कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय सहकारी बैंकका लेखा समिति संयोजक लक्ष्मीप्रसाद उप्रेतीले नगद सहित सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरेका थिए ।   कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी उप्रेतीले सहकारी संस्थाहरुले सामाजिक न्यायसहितको व्यवसाय गर्नु पर्ने वताएका छन् । सहकारीको माध्यमवाट समाज साथै राष्ट्रको समृद्धिकालागि सधैं सकारात्मक भूमिका खेल्नु पर्ने कुरामा जोड दिँदै प्रमुख अतिथी उप्रेतीले सहकारीले हरेक सदस्यलाई उद्यमशिल बन्न प्रेरित गर्नु पर्ने वताएका छन् । पृथ्वी सहकारी संस्थाले तोकिएकै समयमा कार्यक्रम संचालन र समापन गरेकोमा खुशी व्यक्त गर्दै नेपाल बहुउद्येश्यीय सहकारी संस्थाका संस्थापक संचालक समेत रहेका उप्रेतीले समयप्रतिको प्रतिवद्धतामा पृथ्वी सहकारीको भूमिका उदाहरणीय रहेको वताए ।

    संस्थाका अध्यक्ष कुमारमणि पोखरेलको सभापतित्व एवम् उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेती (एलपी) को स्वागत तथा सचिव शिवकुमार कडेलले संचालन गरेको कार्यक्रममा आशा शर्मा शिवाकोटी, टिका कट्टेल, खेम ओली, लक्ष्मीप्रसाद पाठक, वालकृष्ण चेम्जोङ् लगायतले मन्तव्य राखेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.