काठमाडौं । उच्च अदालत बाग्लुङले गाँजा भण्डारण गर्ने निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीलाई साढे ३ वर्षको जेल सजाय सुनाएको छ ।
अध्यक्ष घर्ती गाँजा भण्डारण गरेको आरोपमा पक्राउ परेर धरौटीमा छुटेका थिए । उच्च अदालतका न्यायाधीश मदन पोखरेल र माधवेन्द्र रेग्मीको संयुक्त इजलासले उनलाई साढे ३ वर्ष जेल सजाय तोकेको हो ।
९ महिना अघि जिल्ला अदालत बागलुङले घर्तीलाई ५० हजार जरिवाना र ३ वर्ष ६ महिना जेल सजाय तोकेको थियो । अदालतको फैसला पछि पनि लामो समय उनी फरार थिए ।
घर्ती गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।
Author
-
View all posts
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

