पाल्पा, २२ असोज । पहिरोले जेसिबीसहित पुरिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको शान्तिनगर गाउँपालिका–१ का ३० वर्षीय धनवीर खड्का रहेका छन् ।
आइतबार साँझ जिल्लाको रामपुर–१०, टोक्सेमा सडक मर्मत गर्ने क्रममा माथिबाट खसेको पहिरोले बा २ क १९५७ नम्बरको जेसिबीलाई पुरेको थियो ।
पहिरोले जेसिबीसँगै खड्का समेत पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । पहिरोले पुरिएर घाइते भएका खड्कालाई उपचारका लागि तानसेन ल्याइएको थियो ।
उनको उपचारको क्रममा सोमबार बिहान ३ बजे मृत्यु भएको तानसेनस्थित मिसन अस्पतालले जनाएको छ ।
Author
-
View all posts
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।


