Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीका अनलाइन रजिस्ट्रेशनको व्यवस्था
    कनकाई खबर बिशेष

    इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीका अनलाइन रजिस्ट्रेशनको व्यवस्था

    कनकाई खबरBy कनकाई खबर२०८० आश्विन २२, सोमबार ०८:५१ गते2 Mins Read

    ईजरायलमा रहेको नेपाली दूतावासले स्वदेश फर्किन चाहने नेपालीका लागि अनलाइन रजिस्ट्रेशनको व्यवस्था गरेको छ । समस्या र त्रासमा रहेका नेपाली नागरिकहरुको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भनेर सूचना संकलनको काम शुरु गरिएको दूतावासले जनाएको छ । यसको लागि दूतावासको वेबसाइट हेर्न भनिएको छ ।

    अहिले आफू रहेकै ठाउँमा सुरक्षित रहँदै रजिष्ट्रेशन प्रक्रियामा सहभागी हुन दूतावासले आग्रह गरेको छ । यस्तै दूतावासले सूचना निकालेर आक्रमणमा मारिएका १० जना नेपालीको शव ल्याउन पनि आवश्यक प्रबन्ध गरिने जनाएको छ । शव नेपाल फिर्ता पठाउने प्रक्रियाको लागि राजदूतावासले इजरायल सरकारसँग आवश्यक समन्वय गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ । शनिबार बिहानैबाट भएको आक्रमणमा परी अहिलेसम्म १० नेपालीले ज्यान गुमाएको इजरायलस्थित दूतावासका प्रथम सचिव अर्जुन घिमिरेले बताए ।

    सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि गएका विद्यार्थीहरू आक्रमणमा परेका थिए। किवुज अलुमिनमा रहेका १७ जना विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको हो । सोही फार्ममा रहेका विद्यार्थीमध्ये २ जना सुरक्षित छन् । अन्य ४ जनाको उपचार भइरहेको छ भने एक जना बेपत्ता छन् ।

    मृत्यु हुनेहरूमा कैलाली, घोडाघोडी–४ का नारायण प्रसाद न्यौपाने, बझाङ, जयपृथ्वी–६का गणेश कुमार नेपाली, कैलाली, बौनिया–३का आशिष चौधरी, दार्चुला, लेकम–५का दिपेश राज विष्ट, धनुषा, सपही–६का आनन्द साह, सुनसरी, मधुवन–१का राजेश कुमार स्वर्णकार, डोटी, पचनली–३का राजन फुलारा, डोटी, लामिखाल–८का पदम थापा, सल्यान, शारदा–३का प्रवेश भण्डारी, दार्चुला, मालिकार्जुन–४का लोकेन्द्र सिं धामी रहेका छन् ।

    सल्यान त्रिवेणी–१ का प्रमोद केसी र कैलाली भजनी त्रिशक्ति–४ का वीरेन्द्र चौधरी सुरक्षित छन् । सल्यानकै शारदा–२ का विधान सेजुवाल, दाङ दंगिशरण–३ का प्रविण डाँगी, कैलाली, टिकापुर–९ का धन बहादुर चौधरी र गोरखा, गोरखा–८ का हिमाञ्चल कट्टेल घाइते छन् । उनीहरूको अस्पतालमा उपचार भइरहेको दूतावासले जनाएको छ ।

    कञ्चनपुर, भीमदत्त –३ का विपीन जोशी भने सम्पर्कविहीन अवस्थामा रहेको बताइएको छ । गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि सेदोत नेगेभ क्षेत्रमा पुगेका उनीहरु सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरका विद्यार्थी हुन् । प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायली सेनाको जारी लडाइँका कारण त्यहाँको अवस्था भयावह बन्दै गएको छ । विज्ञप्तिमा इजरायलमा रहेका सबै नेपालीहरूलाई संयमता अपनाई दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न अनुरोध गरिएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    २०८३ श्रावण ३०, शनिबार १४:११ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.