Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापालाई देशकै नमुना बनाउने उद्घोषका साथ पालिका प्रमुखहरु संगठीत
    कनकाई नगरपालिका

    झापालाई देशकै नमुना बनाउने उद्घोषका साथ पालिका प्रमुखहरु संगठीत

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८० आश्विन २२, सोमबार ०६:२५ गते4 Mins Read


    कनकाई खबर \ झापालाई देशकै नमुना बनाउँने उद्घोषका साथ यहाँका स्थानीय तहका प्रमुखहरु संगठीत हुने भएका छन् ।

    झापाको कनकाई नगरपालिकामा भएको जिल्लाका स्थानीय तहका प्रमुखहरुको एक भेलाले संगठीत हुनु पर्ने कारण र यसका उपलव्धीका विषयमा भएको व्यापक छलफलबाट संगठीत हुने निस्कर्षमा पुगेको बताइएको छ ।


    कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा भएको पालिका प्रमुखहरुको भेलामा नगर प्रमुख पोखरेलले भर्खरै कोरियामा सम्पन्न पालिका प्रमुखहरुको सम्मेलनमा प्राप्त गरेको अनुभव साथै सिकाइलाई उपलव्धीका रुपमा लिँदै जिल्लामा रचनात्मक कार्यको सुरुवात गर्न लागेको बताएका छन् ।


    आठ वटा नगरपालिका र सात वटा गाउँपालिका रहेको झापामा सबै पालिकाहरूको सहभागितामा रचनात्मक कार्य गर्न सकिने, एकले अर्कोलाई सहयोग गर्ने, केन्द्र साथै प्रदेश सरकारसँग अनुदान माग गर्न दह्रो उपस्थित रहने, कमीकमजोरी सुधारकालागि एक आपसबाट सुझाव आदानप्रदान गर्न सकिने भएकाले पालिका प्रमुखहरू संगठीत हुनु परेको बताइएको छ ।

    पालिका प्रमुखहरुले अबको कार्यकालमा गरेको कामलाई भावी पुस्ताले सम्झना योग्य कामका रुपमा पहिचान गर्न सक्ने गरी कार्य सम्पादन गर्ने प्रतिवद्धताका साथ पालिका प्रमुखहरु निस्कर्षमा पुगेको कनकाई नगरपालिकाका प्रमुख पोखरेलले बताए । यथार्थमा त्यस्तो नभएपनि महालेखाको तथ्याङ्कले स्थानीय तहमा धेरै भ्रष्टाचार भएको सार्वजनिक हुँदै आएका कारण अब यसको वास्तविक्ता पहिचान गरी न्यूनिकरणकालागी जिल्लाका सबै पालिकाहरूमा एकै खालको नीति बनाएर अघि बढ्न सकिने धारणा राखिएको छ । भ्रष्टाचार न्यूनिकरण अभियानमा लाग्न सकिने र एक अर्काको दोष देखाएर बस्नु भन्दा झापाका सबै पालिकाहरूलाई सुशासनयुक्त पालिका बनाउने तर्फ सामूहिक प्रतिवद्धता हुन जरुरी रहेको भन्दै दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले पालिका प्रमुखहरु संगठित हुनु अत्यन्तै आवश्यक रहेको बताए ।


    पालिकाले गरेका सफल अभ्यासहरूलाई एक आपसमा आदन–प्रदान गरेर सिंगो झापा जिल्लालाई नयाँ ढङ्गको विकास मोडलमा लान सकिने, जिल्लावासीको जनजीवनमा प्रत्यक्ष सरोकार रहने स्वास्थ्य, शिक्षा, खेलकुद, सार्वजनिक सम्पतिको संरक्षण गर्ने कार्यमा पालिका प्रमुखहरूको भुमिका महत्वपुर्ण हुन सक्ने भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले बताए । झापाका पालिका प्रमुखहरुको सञ्जाल निर्माण गरी देशमै नमुना जिल्ला बनाउन सकिने प्रतिवद्धताका साथ भद्रपुर नगरपालिकाका प्रमुख पोखरेलले आफ्नो धारणा राखेका थिए ।


    छरिएका आवजलाई समेटेर सामूहिक आवाज बनाउनु पर्ने तर्फ जोड दिँदै शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्रा (रोशन) ले शिक्षक, कर्मचारी आन्दोलनलाई समान सम्बोधनको खाका बनाउनु पर्ने धारणा राखे । विभिन्न दलहरूबाट प्रतिनिधित्व गरेर निर्वाचित भएपनि पालिकामा आइपर्ने समस्याहरूलाई एउटै फोरमबाट सम्बोधन गर्नुपर्ने, नगरपालिका महासंघ भए पनि दुर्गममा भए जस्तो भएकाले प्रमुखहरूको सञ्जाल बन्न आवश्यक रहेको शिवसताक्षी नगरपालिकाका प्रमुख थोप्राको तर्क छ ।


    विदेश भ्रमणले नयाँ भिजन बनाउन सजिलो बनाएको छ । झापाबाट देशभरी सन्देश दिनेगरी केही रचनात्मक कामको थालनी गर्नुपर्ने हुन्छ । झापाका प्रमुखहरूले गरेको काम अन्य जिल्लाका मेयर, अध्यक्षहरूकोलागि उदाहरणीय बन्न सक्नेमा आफू आशावादी रहेको गौरीगन्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी को भनाई छ ।

    भेलामा उत्साहित बन्दै हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनले सञ्जाल गठन नेपालमा पहिलो प्रयास भएको भन्दै समन्वयकारी भूमिका निर्वाह गर्न यो अत्यन्तै आवश्यक रहेको बताए । विगत ५ वर्ष अघि प्रायः जनप्रतिनिधिका रुपमा रहेका पालिका प्रमुखहरू राजा जस्तै भएको प्रसंग राख्दै लिङदेनले ढिलै भएपनि सञ्जाल निर्माण हुनु आफैंमा उपलव्धी भएको प्रतिक्रिया दिए ।


    कानुनको अभावले कतिपय कामहरू अव्यवहारिक रुपमा गरेको भए, चार वर्ष पछाडि पनि अख्तियारले दुःख दिने रहेछ । आजको विकास गिटी बालुवाको मात्र भइरहेको भन्दै लिङ्देनले आफ्नो बुवा पञ्चायत कालमा प्रधानपञ्च हुँदा बुबाले गिटी हालेको बाटोमा आज पनि आँफूले गिटी हालिरहेको प्रसंग उल्लेख गरे । यस कार्यले आँफूलाई झस्काएको लिङ्देनको तर्क छ । अब केही फरक काम गर्नुछ भन्दै लिङ्देनले पालिका प्रमुखहरूको सञ्जाल भेटघाट मात्रको लागी नभई सिक्ने र सिकाउने थलो पनि बन्ने विश्वास व्यक्त गरे ।


    बैठकमा ८ वडा पालिका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । मेचीनगर नगरपालिकाका कार्यवाहक प्रमुख हृदय राजवंशी, कचनकवलका अध्यक्ष कालेन्द्र राजवंशीले प्रतिनिधि पठाएका थिए ।


    झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलिया, कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राई, बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईँ, बाह्रदशी गाउँपालिका अध्यक्ष देवेन्द्रप्रसाद चौंलागाईँ, गौरादह नगरपालिका प्रमुख छत्रपति सुवेदी,अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन र बिर्तामोड नगर प्रमुख पवित्रादेवी महताराको उपस्थिति नरहेको बताइएको छ ।


    पहिलो चरणको बैठकले आगामी कार्तिक २४ गते शुक्रबार दमक नगरको आतिथ्यमा दोस्रो बैठक बस्ने निर्णय भएको बताइएको छ ।
    कनकाई नगरले गरेका सफल अभ्यास र योजनाबारे नगरप्रमुख राजेन्द्र कुमार पोखरेलले बैठकमा सहभागीहरू समक्ष जानकारी गराएका थिए । किशोरीहरूलाई क्लोज क्याम्पमा राखेर फुटबल प्रशिक्षण दिने काम नगरबाट हुँदै आएको, खेलकुदको नतिजा पनि राम्रो भएको, फोहोर व्यवस्थापनमा तीनवटा पालिकाले गरेको सहकार्य सार्थक बनेको ,फोहोरबाट इन्धन ग्याँस उत्पादन सुरु भएको जानकारी दिए ।

    त्यस्तै प्लाष्टिकलाई गालेर पेर्वस बनाउन सकिने । हस्पिटलजन्य फोहोर व्यवस्थापनमा सबै पालिकाको समस्या उस्तै भएकाले सहकार्यको खाँचो रहेको भन्दै हरेक बैठक आयोजना हुँदा आतिथ्य गर्ने पालिकाले आफ्नो नगरमा भएका नमुना कार्यक्रमको बारेमा जानकारी गराउनुपर्नेमा जोड दिए । मासिक बैठक बाहेक हरेक ६ महिनामा आवास सहित विशेष बैठक आयोजना गर्नुपर्ने प्रस्ताव नगर प्रमुख पोखरेलको रहेको छ ।


    बैठकको सहजीकरण कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले गरेका थिए । बैठकमा प्रशासकीय अधिकृत जमुना कटुवाल, कर्मचारी लक्ष्मीप्रसाद अधिकारी, विजय पाठक, भूमिआयोग झापाका अध्यक्ष तिलक पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.