Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » एप्पल संस्थापक स्टिभ जब्सले किन कहिल्यै लगाएनन् घडी ?
    कनकाई खबर बिशेष

    एप्पल संस्थापक स्टिभ जब्सले किन कहिल्यै लगाएनन् घडी ?

    कनकाई खबरBy कनकाई खबर२०८० आश्विन २१, आईतवार १४:२० गते4 Mins Read

    आइफोन र स्मार्ट घडीदेखि पर्सनल कम्प्युटरसम्मका अभूतपूर्व आविष्कारहरुको सन्दर्भमा एप्पल कम्पनीका सह संस्थापक स्टिभ जब्स एउटा चर्चित नाम हो । स्टिभ जब्स एप्पलका चर्चित प्रडक्टहरुको आविष्कारका लागि मात्र अविस्मरणीय छैनन् उनको आफ्नो विशिष्ट छनोट पनि अद्धितीय नै छ ।

    एप्पलका आफ्ना कैयन् प्राविधिक चमत्कारका बाबजुत स्टिभ जब्सले आफ्नै एउटा उत्पादन भने कहिल्यै आफुले प्रयोग गर्न चाहेनन्, त्यो हो घडी । उनले घडी लगाउन नचाहनुका पछाडिको कारण खोतल्दा प्रविधिको दुनियाँलाई नै बदलिदिने यी व्यक्तिको रहस्यमय दिमागको बारेमा बुझ्न सकिन्छ ।

    प्रतिभाशाली आविष्कारक तथा प्रविधि जगतका दूरद्रष्टाहरुको दुनियाँमा प्रायः विलक्षणता तथा विचित्रता सहितको असाधारण क्षमतामा देखिन्छ । उदाहरणका लागि हेनरी फोर्डले झारपात मिसिएको असामान्य स्याण्डविच खाने गर्दथे भने अल्बर्ट आइन्स्टाइनले कहिल्यै पनि मोजा लगाउँदैनथे । त्यस्तै स्टिभ जब्सले पनि समय पालनाका लागि घडी पहिरिने चलनलाई सदैव ललकारे ।

    घडी नलगाउने स्टिभ जब्सको बानीका विषयमा उनकी छोरी लिसा ब्रेन्नन जब्सले आफ्नो संस्मरणात्मक कृति स्मल फ्राइमा पनि उल्लेख गरेकी छिन् । रोचक त के छ भने एप्पल कम्पनीको स्थापना गर्ने स्टिभ जब्स व्यक्तिगत रुपमा नाडीमा घडी बाँध्ने कुराको विरोधी हुँदा हुँदै पनि उनको कम्पनी चाहिं स्मार्ट घडीको संसारमा प्रवेश गर्‍यो

    त्यस पुस्तकमा उनले आफ्ना पितासँगको एउटा खरो संवादको प्रसँग उप्काएकी छिन् । आफूले चार कक्षामा पढ्ने बेलामा बुवा स्टिभ जब्सलाई किन घडी नलगाउनभएको भनेर सोझो पाराले सोधेको र बुवाले त्यसको विशेष रुपमा गहिरो जवाफ दिएको उनले उल्लेख गरेकी छिन् ।

    घडी त्याग गर्ने आफ्ना बुवाको रोजाइका बारेमा जान्न चाहने लिसा ब्रेन्नन जब्सको उत्सुकता त्यसबेला जागेको थियो जब उनकी आमा अर्थात् स्टिभ जब्स पत्नी क्रिसान ब्रेन्नान क्यालिफोर्निया कलेज अफ आर्टस् एण्ड क्राफ्टमा स्नातक तहमा अध्ययरत थिइन् ।

    त्यसबेला स्टिभ जब्सलार्य हार्दिकतापूर्वक छोरीको हेरचाह गर्ने जिम्मेवारी थियो र त्यही बेला बाबुछोरी बीचमा निकै अन्तरंग कुराकानी हुुने गर्दथ्यो । एक बिहान लिसाले आफ्नो बुवा स्टिभसँग सोधिन्-तपाईंले किन घडी लगाउनुहुन्न रु सुन्दर पुरुषहरुले त घडी लगाउँछन् ।

    त्यो प्रश्नमा जब्सले दिएको जवाफ वास्तवमा समय र जीवनप्रति उनको अद्धितीय अवधारणाको प्रतिबिम्बन थियो । उनले भनेका थिए, ‘म समयबाट बाँधिन चाहन्न ।’ तथापि उत्पादकत्व तथा सहजतालाई अभिवृद्धि गर्ने प्रविधिमा केन्द्रित रहेका आविष्कारहरु गर्ने जब्स जस्ता व्यक्तिको घडीप्रतिको यस्तो धारणा चाहिं विरोधाभाषपूर्ण थियो ।

    जब्स लगायतका धेरै आविष्कारक तथा टेक्नोक्रेटहरु आफ्ना दैनिक निर्णयहरुलाई न्यूनीकरण गर्दै आफ्नो जीवनलाई प्रवाहीकरण गरेका हुन्छन् । तर नाडीमा घडी नबाँध्ने जब्सको रोजाइ असहजतालाई पन्छाउनका लागि नभई गहन दार्शनिक दृष्टिकोणमा आधारित थियो ।

    छनोट पछाडिको तर्क

    घडी नबाँध्ने स्टिभ जब्सको निर्णयको आधार वास्तवमा समयको निरन्तरको दौडको बोझबाट मुक्त भएर जिउने उनको आकांक्षा थियो । घडी बाँँध्नु भनेको जहिल्यै बितिरहेका सेकेण्ड, मिनेट तथा घण्टाहरुको बारेमा निरन्तर सम्झाइरहनु हो ।

    मानवीय जीवनमा पूर्ण रुपले प्रविधिको एकीकरण भएको भविष्य सिर्जना गर्ने आफ्नो दौडमा उनले घडीलाई बाधाको प्रतिकको रुपमा हेर्दथे । समयबाट बाँधित हुनमा उनको अस्वीकृति नै वास्तवमा स्वतन्त्रता, सिर्जनशीलता र समयको अड्चन भन्दा परको सोचाइप्रतिको उनको प्रतिबद्धताको प्रमाण हो ।

    एप्पलको विरोधाभाष

    रोचक त के छ भने एप्पल कम्पनीको स्थापना गर्ने स्टिभ जब्स व्यक्तिगत रुपमा नाडीमा घडी बाँध्ने कुराको विरोधी हुँदा हुँदै पनि उनको कम्पनी चाहिं स्मार्ट घडीको संसारमा प्रवेश गर्‍यो । एप्पलका स्मार्ट घडी अर्थात् एप्पल वाचले घडीको पारम्परिक कार्यलाई अत्याधुनिक प्रविधिसँग जोडेको छ ।

    एप्पल वाचको पछिल्लो संस्करण सिरिज ४ मा त खसेको पत्ता लगाउने अनि प्रयोगकर्ताको मुटुको स्वास्थ्य निगरानी गर्ने इकेजी लगायतका फिचर पनि उपलब्ध छन् । यो चाखलाग्दो विरोधाभाषमा हामी स्टिम जब्सको द्वेधपना देख्दछौं, ‘जो व्यक्तिगत रुपमा समयको बन्देजको विरोधी थिए तर हामीले समयसँग अन्तरक्रिया गर्ने तरिकालाई बदल्ने आविष्कारका लागि योगदान गरे ।

    उनको विरासद केवल उनले सिर्जना गरेका उपकरणहरुबाट मात्र थामिएको छैन उनको दर्शनमा पनि जीवन्त छ जुन दर्शनले हामीलाई समयलाई उपयोग गर्न र घडीको टिकटकमा नबाँधिन प्रेरित गर्दछ । भलै स्टिभ जब्सले घडी नबाँधेका होउन् तर संसारमा उनले छाडेको प्रभाव उनको समयविहीन दूरदृष्टिको प्रमाण हो ।

    उनले हामीलाई सिकाएका छन् कि जीवनको सबैभन्दा मूल्यवान क्षण त्यो नै हो जब हामीले समयको सीमालाई तोडेर स्वतन्त्र हुन्छौं र अगाडि रहेका अनन्त सम्भावनाहरुलाई अँगाल्छौं । एजेन्सी

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.