Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    राज्यको मुख नहेरी कनकाई सामुदायिक वनले अत्याधुनिक तालिम भवन बनाउँदै

    २०८३ कार्तिक ३, सोमबार १०:०४ गते

    कनकाई खबरको यात्राः पत्रकारिताका चुनौती र अवसरहरू

    २०८३ आश्विन २८, बुधबार ११:२१ गते

    कनकाई खबर नवौं वर्षमा प्रवेश, आठ वर्षको निष्पक्ष यात्रा, अब नयाँ सङ्कल्प

    २०८३ आश्विन २८, बुधबार १०:२१ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » इजरायलमा नेपाली विद्यार्थीः ३ जना अस्पताल भर्ना , दुईजना बंकरमा, १२ सम्पर्कविहिन
    राष्ट्रिय

    इजरायलमा नेपाली विद्यार्थीः ३ जना अस्पताल भर्ना , दुईजना बंकरमा, १२ सम्पर्कविहिन

    कनकाई खबरBy कनकाई खबर२०८० आश्विन २१, आईतवार १३:०५ गते2 Mins Read

    झापा \ दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी घाइते भएका ९ जना नेपाली विद्यार्थीमध्ये ३ जनालाई अस्पताल लगिएको छ भने २ जना बंकरमै रहेका छन् । १२ जनासँग भने सम्पर्क टुटेको छ ।

    तेलअविवस्थित नेपाली दूतावासका अनुसार किवुज अलुमिनमा फसेका १७ जना नेपाली विद्यार्थीमध्ये दुईजनासँग मात्रै नियमित सम्पर्क भइरहेको छ । ‘त्यहाँ कृषि फार्ममा १७ जना विद्यार्थी थिए । शनिबार बिहानको आक्रमण पछि भागदौड हुँदा उनीहरु दुई समूहमा बाँडिएका थिए । एउटा बंकरमा रहेका दुई जनासँग नियमित सम्पर्क भइरहेको छ ।

    दुई जनामध्ये एकजनाको घुँडामा गोली लागेको अवस्था छ,’ इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले भने, ‘अर्को बंकरमा रहेका मध्ये तीन जनालाई अस्पताल लगिएको छ । अस्पतालमा लगिएको तीन जनामध्ये एकजनालाई आईसीयूमा राखिएको छ । एक जना डिस्चार्ज हुने तयारीमा छन् । शनिबार दिउँसोबाट १२ जनासँग भने दूतावासको सम्पर्क स्थापित हुन सकेको छैन ।’ सम्पर्क टुटेको १२ जनाको अवस्थाबारे खोजी भइरहेको रिजालले बताइन् । ‘मोबाइलको ब्याट्री सकिएको पनि हुनसक्छ,’ रिजालले भने, ‘उनीहरु बंकरमै छन् कि अस्पताल लगिएको छ भन्ने यकिन गर्ने प्रयास भइरहेको छ ।’ दूतावासले इजरायली निकायलाई विद्यार्थीहरु भएको स्थानबारे जानकारी उपलब्ध गराइसकेको छ । किवुज अलुमिन क्षेत्रमा अझै इजरायली सेना पुगिसकेको छैन । गाजा क्षेत्रबाट नजिक रहेको यो ठाउँ हमास लडाकुहरुको नियन्त्रणमा छ । ती विद्यार्थीहरु शनिबार बिहान ६ देखि ७ बजेको बीचमा रकेट आक्रमणमा परेका थिए । जसमा ९ जना घाइते भएको सूचना दूतावास र साथीहरुले पाएका थिए ।

    गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि सेदोत नेगेभ क्षेत्रमा ४९ नेपाली विद्यार्थीहरु पुगेका थिए । जसमध्ये ११ जना छात्रा छन् । उनीहरू सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरका विद्यार्थी हुन् । यो क्षेत्र द्वन्द्वग्रस्त हमास नियन्त्रित गाजा क्षेत्रबाट नजिकै पर्छ । ३२ जना कृषि विद्याथीहरु भने विभिन्न कृषि फार्ममा रहेको बंकरमा सुरक्षित छन् । उनीहरुको नेपाली दूतावास र गैरआवासीय नेपाली संघसँग सम्पर्क भइरहेको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    राज्यको मुख नहेरी कनकाई सामुदायिक वनले अत्याधुनिक तालिम भवन बनाउँदै

    २०८३ कार्तिक ३, सोमबार १०:०४ गते

    कनकाई खबरको यात्राः पत्रकारिताका चुनौती र अवसरहरू

    २०८३ आश्विन २८, बुधबार ११:२१ गते

    कनकाई खबर नवौं वर्षमा प्रवेश, आठ वर्षको निष्पक्ष यात्रा, अब नयाँ सङ्कल्प

    २०८३ आश्विन २८, बुधबार १०:२१ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    राज्यको मुख नहेरी कनकाई सामुदायिक वनले अत्याधुनिक तालिम भवन बनाउँदै

    २०८३ कार्तिक ३, सोमबार १०:०४ गते

    कनकाई खबरको यात्राः पत्रकारिताका चुनौती र अवसरहरू

    २०८३ आश्विन २८, बुधबार ११:२१ गते

    कनकाई खबर नवौं वर्षमा प्रवेश, आठ वर्षको निष्पक्ष यात्रा, अब नयाँ सङ्कल्प

    २०८३ आश्विन २८, बुधबार १०:२१ गते

    कनकाई नगरपालिकाकाे आर्थिक ऐन, २०८३का विषयहरू:

    २०८३ आश्विन २७, मंगलवार २३:५४ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.