Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » इजरायलमा नेपाली विद्यार्थीः ३ जना अस्पताल भर्ना , दुईजना बंकरमा, १२ सम्पर्कविहिन
    राष्ट्रिय

    इजरायलमा नेपाली विद्यार्थीः ३ जना अस्पताल भर्ना , दुईजना बंकरमा, १२ सम्पर्कविहिन

    कनकाई खबरBy कनकाई खबर२०८० आश्विन २१, आईतवार १३:०५ गते2 Mins Read

    झापा \ दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी घाइते भएका ९ जना नेपाली विद्यार्थीमध्ये ३ जनालाई अस्पताल लगिएको छ भने २ जना बंकरमै रहेका छन् । १२ जनासँग भने सम्पर्क टुटेको छ ।

    तेलअविवस्थित नेपाली दूतावासका अनुसार किवुज अलुमिनमा फसेका १७ जना नेपाली विद्यार्थीमध्ये दुईजनासँग मात्रै नियमित सम्पर्क भइरहेको छ । ‘त्यहाँ कृषि फार्ममा १७ जना विद्यार्थी थिए । शनिबार बिहानको आक्रमण पछि भागदौड हुँदा उनीहरु दुई समूहमा बाँडिएका थिए । एउटा बंकरमा रहेका दुई जनासँग नियमित सम्पर्क भइरहेको छ ।

    दुई जनामध्ये एकजनाको घुँडामा गोली लागेको अवस्था छ,’ इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले भने, ‘अर्को बंकरमा रहेका मध्ये तीन जनालाई अस्पताल लगिएको छ । अस्पतालमा लगिएको तीन जनामध्ये एकजनालाई आईसीयूमा राखिएको छ । एक जना डिस्चार्ज हुने तयारीमा छन् । शनिबार दिउँसोबाट १२ जनासँग भने दूतावासको सम्पर्क स्थापित हुन सकेको छैन ।’ सम्पर्क टुटेको १२ जनाको अवस्थाबारे खोजी भइरहेको रिजालले बताइन् । ‘मोबाइलको ब्याट्री सकिएको पनि हुनसक्छ,’ रिजालले भने, ‘उनीहरु बंकरमै छन् कि अस्पताल लगिएको छ भन्ने यकिन गर्ने प्रयास भइरहेको छ ।’ दूतावासले इजरायली निकायलाई विद्यार्थीहरु भएको स्थानबारे जानकारी उपलब्ध गराइसकेको छ । किवुज अलुमिन क्षेत्रमा अझै इजरायली सेना पुगिसकेको छैन । गाजा क्षेत्रबाट नजिक रहेको यो ठाउँ हमास लडाकुहरुको नियन्त्रणमा छ । ती विद्यार्थीहरु शनिबार बिहान ६ देखि ७ बजेको बीचमा रकेट आक्रमणमा परेका थिए । जसमा ९ जना घाइते भएको सूचना दूतावास र साथीहरुले पाएका थिए ।

    गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि सेदोत नेगेभ क्षेत्रमा ४९ नेपाली विद्यार्थीहरु पुगेका थिए । जसमध्ये ११ जना छात्रा छन् । उनीहरू सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरका विद्यार्थी हुन् । यो क्षेत्र द्वन्द्वग्रस्त हमास नियन्त्रित गाजा क्षेत्रबाट नजिकै पर्छ । ३२ जना कृषि विद्याथीहरु भने विभिन्न कृषि फार्ममा रहेको बंकरमा सुरक्षित छन् । उनीहरुको नेपाली दूतावास र गैरआवासीय नेपाली संघसँग सम्पर्क भइरहेको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.