Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » चम्पा फ्लावर्सका विद्यार्थीहरुको उदाहरणीय कार्य
    कनकाई खबर बिशेष

    चम्पा फ्लावर्सका विद्यार्थीहरुको उदाहरणीय कार्य

    ramBy ram२०७६ मंसिर ७, शनिबार ०२:०० गते2 Mins Read


    कनकाई खबर / झापाको कनकाई ३ सुरुङ्गास्थित चम्पा फ्लावर्स इङ्गलिस एकाडेमीका विद्यार्थीहरु कक्षा कोठामा मात्र सिमित नभई समाजसेवाका क्षेत्रमा समेत उदाहरणीय कार्यमा सरिक हुन थालेका छन् ।

      विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुले कनकाईधाम कोटिहोममा रहेको पाथिभरा अन्नपूर्ण भण्डारद्वारा सञ्चालित अशक्त, असहाय तथा साधु सन्तहरुलाई भोजन गराएर उदाहरणीय कार्य गरेका हुन् । त्यसका लागि विद्यार्थीहरुले केही दिन अघिदेखि आफ्ना घरमा मुष्ठीदान छुट्याई तथा विद्यालयमा सोही कक्षाका नानीहरुले चिया, अर्गानिक चटपट्टे व्यापार तथा आयमूलक विभिन्न कार्यक्रमहरु गरी रकम सञ्चय गरेका थिए । कार्यक्रम पूर्णरुपमा विद्यार्थीहरुले नै शिक्षकको रेखदेखमा सञ्चालन गरेका हुन् । यस कार्यक्रमबाट पाथिभरा भण्डारमा आश्रित सम्पूर्ण अशक्त, असहाय तथा साधु ( सन्तहरु अत्यन्तै उत्साहित भएका छन् ।

      यसका साथै उक्त कार्यक्रम सञ्चालन गर्न गएका विद्यार्थीहरु पाथिभरा भण्डारमा आफ्नै रकम तथा मिहिनेतले गरेको काम प्रति अत्यन्तै हर्षित भएका थिए । सो अवसरमा भण्डार सञ्चालक छत्र गिरीले विद्यार्थीहरुले आफ्ना घरबाट सङ्कलित मुष्ठीदानबाट ७० किलो चामल एवं सागसब्जी दान गरिएकोमा खुशी प्रकट गरेका थिए । विद्यालयमा ब्रिटिश काउन्सिल युके/नेपालद्वारा सञ्चालित एक्टिभिटी बेस्ड लर्निङ्ग आईएसए जर्नीको नवौं परियोजना अन्तर्गत विद्यार्थीहरुले कार्यक्रम संचालन गरेको वताइएको छ । ‘प्रेम र दया’ शीर्षक रहेको परियोजना अन्तर्गत विद्यार्थीहरुको सहभागितामा आफ्नो पाठ्यक्रमभित्र रहेर विद्यार्थी आँफैंले कार्यक्रम सञ्चालन गरेका हुन् ।

       यो कार्यक्रमले आफुले अरुलाई सहयोग गर्दाको खुसी र अरुले आफ्नो सहयोगबाट प्राप्त गरेको आनन्दबाट अझै सामाजिक बन्नुपर्ने रहेछ र मात्रै आफु सामाजिक बन्न सकिने रहेछ भन्ने कुरा विद्यार्थीहरुले अनुभूति गरेका छन् । प्रेम र सद्भावनाको संकट हँुदै गएमा मानवता नै जोखिममा पर्ने कुराको खतरालाई यो कार्यक्रमले सचेत गराएको विद्यालयका प्रिन्सिपल विमान लामाले बताएका छन् । यसका साथै आगामी दिनमा समेत पाठ्यक्रमभित्र रहेर हरेक कक्षामा कार्यमूलक सिकाइ गराउँदै लैजाने प्रिन्सिपल लामाले जानकारी दिएका छन् । समाज आजभोलि आफु र आफ्नाप्रति मात्र केन्द्रित हँुदै गरेको परिप्रेक्षमा विद्यार्थीहरुले प्रेम र सद्भावनाको महŒव प्रस्टसँग बुझेको कार्यक्रम संयोजक गोकुल आचार्यले बताए । विद्यार्थीहरुलाई विश्व नागरिकको रुपमा विकास गराउनुपर्ने आजको अपरिहार्यतालाई दृष्टिगत गर्दै तयार पारिएको यो कार्यक्रमले विद्यार्थीहरुमा सामाजिक र असल नागरिक बन्न ऊर्जा एवं प्रेरणा मिलेको परियोजना संयोजक सी.एम. निरौलाले बताए ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.