काठमाडौं । जनकपुर बिग मार्टमा राति आगलागी भएको छ । जसमा करोडौँ मूल्य बराबरको क्षति भएको छ । जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकमा रहेको मार्टमा राति ११ बजे अकस्मात् आगो लागेको हो ।


आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने घरमा पनि क्षति पुगेको छ । जनकपुरधाम उपमहानगरपालिकालगायत अन्य पालिकाको वारुणयन्त्र, नेपाल प्रहरी, स्थानीयलगायतको सहयोगमा बिहान मात्रै आगो नियन्त्रण आएको थियो ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
