द्वन्द्वग्रस्त इजरायलमा शनिबारदेखि सम्पर्कविहीन बलिउड अभिनेत्री नुसरत भरुचा आज (आइतबार) बिहान आफ्नो टिमको सम्पर्कमा आएकी छन्।
‘हाइफा अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सहभागी हुन इजरायल पुगेकी नुसरत शनिबार दिनभर सम्पर्कविहीन भएकी थिइन्।
हमास र इजरायलबीच जारी लडाइँका कारण त्यहाँको अवस्था भयावह बनेसँगै उनी सम्पर्कविहीन भएकी थिइन्।आज बिहानै उनी सम्पर्कमा आएको उनको टिमका एक सदस्यले बताएका छन्।
अहिले अभिनेत्री नुसरत भारत फर्किने प्रयासमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनी भारत फर्किन इजरायलस्थित एयरपोर्ट क्षेत्रमा पुगेको जनाइएको छ
Author
-
View all posts
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

