२० असोज, काठमाडौं । बझाङमा यही असोज १६ गते गएको भूकम्प पछि परकम्प जाने क्रम जारी छ ।आज बिहान ११ बजे ४५ मिनेट जाँदा सोही ठाउँलाई केन्द्रबिन्दु बनाए ५.३ म्याग्निच्युडको परकम्प गएको छ ।
१६ गते दिउँसो २:४० मा ५.३ र ३ बजेर ६ मिनेट जाँदा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।उक्त भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । जिल्लाका व्यक्तिगत घर र सार्वजनिक भवनहरूमा क्षति भएको छ ।
१६ गतेको भूकम्पपछि लगातार पराकम्प गइरहेका छन् । यो सबैभन्दा ठूलो पराकम्प हो ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
