Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नेपालगन्जमा धार्मिक सद्भाव बिथोल्न खोज्ने ६ भारतीय पक्राउ
    कनकाई खबर बिशेष

    नेपालगन्जमा धार्मिक सद्भाव बिथोल्न खोज्ने ६ भारतीय पक्राउ

    कनकाई खबरBy कनकाई खबर२०८० आश्विन २०, शनिबार ११:५७ गते2 Mins Read

    झापा\ सीमा क्षेत्र भारतीय बजार रूपैडियामा बसेर नेपालगन्जको धार्मिक सद्भावमाथि खलल पुर्याउने कार्य गरेको भन्दै भारतीय प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

    नेपालगन्जको धार्मिक सद्भाव बिथोल्ने मनसायले सामाजिक सञ्जालमार्फत उनीहरूले म्यासेज र भिडियो प्रवाह गरेको भन्दै भारतीय प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

    पक्राउ परेका भारतीय नागरिक भएको बुझिएको छ। रूपैडियास्थित भारतीय प्रहरीका अनुसार शुक्रबार एकजना, बिहीबार चारजना र बुधबार एकजनालाई पक्राउ गरिएको हो ।
    शुक्रबार सिराजुद्दीन पुत्र इकराम खाँलाई पक्राउ गरिएको आदर्श थाना रूपैडियाका प्रहरी अधिकारी वरदान सेनाले जनाए। त्यस्तै इमरान पुत्र लम्बुनिवासी बाबाकुट्टी, राजा पुत्र सोनुनिवासी बाबाकुट्टी सुजौली, शहवान कुरैशी पुत्र जमील र रहीश कुरैशी पुत्र इकबाललाई पक्राउ गरिएको उनले जनाए।

    यी चारजनालाई बिहीबार पक्राउ गरिएको हो। बुधबार आशिक सिद्दीकी पुत्र मोहम्मद सोफियानलाई पक्राउ गरिएको आदर्श थाना रूपैडियाका प्रहरी अधिकारी सेनाले जानकारी दिए।
    उनीहरूलाई थाना रूपैडिया बहराइचको धारा १५१, १०७ र ११६ सिआरपिसीअन्तर्गत पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ। पक्राउ गरिएकाहरूलाई धार्मिक उन्माद फैलाउन आइटी गतिविधिसम्बन्धी मुद्दा चलाइएको छ।

    रूपैडिया र बाबागन्जमा सुरक्षा निकायको सामाजिक सञ्जालमाथि लगातार सतर्क दृष्टि रहेको र यदि कसैले धार्मिक सौहार्द वा शान्ति भंग गर्छ भने उसलाई पक्राउ गरी जेलमा राखिने भारतीय प्रहरीले प्रेस नोटमा उल्लेख गरेको छ।

    नेपालगन्जमा सिर्जित पछिल्लो अवस्थामा बाह्य व्यक्तिको संलग्नता भएको आशंका गरिएको छ। यही आशंकाबीच भारतीय प्रहरीले उनीहरूलाई पक्राउ गर्नुमा केही अर्थ रहेको नागरिक समाजका अगुवाहरू बताउँछन्।

    सामाजिक सञ्जालमा सामाजिक तथा धार्मिक सद्भाव बिथोल्न खोज्नेलाई कारबाही गर्नुपर्ने सामाजिक अभियन्ता कृष्णप्रसाद श्रेष्ठले जनाए।
    साथै नेपालगन्जमा लागेको निषेधाज्ञाको अवज्ञा गरेको भन्दै प्रहरीले चारजनालाई पक्राउ गरेको छ। शुक्रबार बिपी चोकबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.