Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाईको एसईई नतिजा : सामुदायिक तर्फ कनकाई मावि र संस्थागत तर्फ प्यारागन एकाडेमी नगरमै सर्वोत्कृष्ट

    २०८३ बैशाख ३०, बुधबार ०९:२२ गते

    सुरुङ्गास्थित प्यारागन एकाडेमी नगरकै अब्बल विद्यालय

    २०८३ बैशाख २९, मंगलवार २२:५२ गते

    कनकाई कप : गौरादहलाई ७ –० गोल अन्तरले पराजित गर्दै अर्जुनधाराको शानदार विजयी सुरुवात

    २०८३ बैशाख २८, सोमबार ०९:५४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » स्वास्थ्य अस्पतालमा प्रसुती गराउँने बेड नहुँदा सुत्केरीको ज्यान जोखिममा
    समाचार

    स्वास्थ्य अस्पतालमा प्रसुती गराउँने बेड नहुँदा सुत्केरीको ज्यान जोखिममा

    ramBy ram२०७६ मंसिर ७, शनिबार ००:५३ गते5 Mins Read

    कनकाई खबर  \  नगर अस्पतालका रुपमा विकास भएको झापाको कनकाई ३ सुरुङ्गास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा विरामी राख्ने बेडको अभाव हुँदा प्रसुती कक्षमा आएका सुत्केरी महिलाहरुको ज्यान जोखिममा हुने गरेको छ ।

        पुरानो बेड मर्मत गरेर राखिएको प्रसुती कक्षमा गर्भवती महिलाको स्वास्थ्य परिक्षण गरिरहेकै बेलामा विरामी राखीएको बेडवाट यस अघि दुईजना गर्भवती महिला भुँइमा लडेको घटना सुनाउँदै प्रसुती कक्षकी इञ्चार्ज सरस्वती मास्केले स्वास्थ्य अस्पताल भवन नयाँ भएपनि अस्पतालकालागि अति आवश्यक कुराहरुको व्यवस्थापन हुन नसक्दा आँफूहरुले समस्या झेल्नु परेको वताएकी छन् । प्रसुती कक्षमा बेडको मात्र समस्या हैन यहाँ दुई हप्तादेखि विजुली बत्तीको समेत समस्या रहेको मास्केले बताइन् । बत्ती बिग्रिएको छ, जसका कारण रातसाँझमा आउँने सुत्केरी महिलाहरुलाई अन्धकार समयमा केही पनि सेवा दिन नसकिएकोले अन्यत्र रेफर गर्नु परेको मास्केले बताएकी छन् ।

       कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलको नेतृत्वमा रहेको स्वास्थ्य केन्द्र व्यवस्थापन समितिको वैठकमा स्वास्थ्य केन्द्रका सवै समस्याका वारेमा जानकारी गराए पनि समस्याको समाधानकालागि ढिलाई भइरहेको स्वास्थ्यकर्मी बताउँछन् । करिव ६ करोडको लागतमा निर्माण कार्य सम्पन्न भई गत असारदेखी संचालनमा आएको १५ शैयाको भनिएको स्वास्थ्यको नयाँ भवनमा विरामीलाई राख्नकालागि पुरानै बेडलाई मर्मत गरी काम चलाउँने प्रयास गरेकोले समस्या आउँन थालेको वताइएको छ । स्वास्थ्य अस्पतालमा आवश्यक उपकरण, फर्निचर, विशेषज्ञ डाक्टरसहितको दक्ष जनशक्तिको अभाव भएकै कारण स्वास्थ्य अस्पतालको सेवा दिनप्रतिदिन कमजोर बन्दै गएको छ ।

       स्वास्थ्य केन्द्रमा विरामीकालागि तत्काल समस्याको रुपमा रहेको बेडको व्यवस्थापन र विजुलीवत्तीको समस्या साथै स्वास्थ्यकर्मीको भावनाप्रति गम्भिर भएको प्रतिक्रिया दिँदै कनकाई नगर प्रमुख राजेन्द्र पोखरेलले समस्याको पहिचान भइसकेकोले दिर्घकालिन समाधानकालागि आवश्यक प्रक्रिया अघि बढेको जानकारी दिएका छन् । एक हप्ता अघि भएको स्वास्थ्यसँग सम्वन्धित वैठकमा समस्याका वारेमा जानकारी आएको हुँदा अव चाँडै अर्को वैठक वसी निर्णयमा पुग्ने नगर प्रमुख पोखरेलले वताएका छन् । उता नगर स्वास्थ्य संयोजक पोषराज त्रितालले प्राथमिक स्वास्थ्य केन्द्रमा आएको विजुलीवत्तीको समस्याका वारेमा आँफूलाई केही जानकारी नभएको वताएका छन् । समस्याको वारेमा समयमा आँफूलाई जानकारी आएको भए तत्काल समाधानकालागि पहल गरिने जानकारी दिँदै स्वास्थ्य संयोजक त्रितालले स्वास्थ्य केन्द्रमा आउँने जतिपनि समस्यालाई सम्वन्धित निकायमा ल्याउँनकालागि केन्द्रकै कर्मचारीलाई जिम्मेवारी दिइएको वताएका छन् । विरामीकालागि आवश्यक पर्ने बेडका विषयमा पुरानो बेडलाई काम चलाउँने भन्ने कुराले निरन्तरता पाएको हुँदा काम चलाउँन खोजीएको तर समस्या आएपछि अब तत्काल बैठक बसी निर्णयमा पुग्ने संयोजक त्रिताल बताउँछन् ।

       स्वास्थ्य अस्पतालका विषयमा स्थलगत अध्ययन गरेर संचारकर्मीले लेखेका समाचार बाहिर आएपछि नगरका स्वास्थ्य संयोजक लगायत जिम्मेवार निकायवाट आँफूहरुलाई दबाब आउँने गरेको भन्दै स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरु पत्रकारलाई यथार्थ कुराको जानकारी दिन नमिल्ने बताउँछन् । आँफूहरुलाई अप्ठ्यारो हुने भन्दै नाम उल्लेख नगर्ने सर्तमा उनीहरुले स्वास्थ्य केन्द्रको सेवाका विषयमा आँफूहरुले भोगेका पिडा र स्वास्थ्य केन्द्रमा भएका समस्या राख्ने गरेको पाइएको छ ।  प्राथमिक स्वास्थ्य केन्द्रका वारेमा स्वास्थ्यका नगर संयोजक साथै नगरप्रमुखसँग पत्रकारले गरेको रिपोर्टिङ्पछि तत्काल समस्या समाधानका विषयमा पहल भएको समेत बुझिएको छ । समाचार सार्वजनिक हुँदै गर्दा कतिपय समस्या समाधान तर्फ जान सक्ने समेत आशा गरिएको वताइएको छ ।  त्यसो त  समस्याका वारेमा लिखित, मौखिक दुवै माध्यमवाट सम्वन्धित पक्षको ध्यानआकर्षण गराएपनि काममा ढिलासुस्ती भएकाले सर्वसुलभ स्वास्थ्य सेवावाट स्थानीयवासी बञ्चीत भएको वताइएको छ ।

        प्रसुती कक्षमा मात्र नभइ समग्र स्वास्थ्य अस्पतालमै विरामीकालागि आवश्यक पर्ने बेडको अभाव हुँदा स्लाइन लगाउँनु पर्ने अवस्थाका विरामीहरुलाई प्राविधिक समस्या देखाएर त्यत्तिकै विदा गर्नु पर्ने वाध्यता रहेको स्वास्थ्यकर्मी वताउँछन् । विरामीलाई लगाउँने स्लाइन प्रसस्त छ तर विरामी राख्ने बेड नै नभएकाले यसको प्रयोग गर्न नसकेकोमा आँफूहरुलाई समेत तनाव हुने गरेको केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी बताउँछन् । स्वास्थ्य अस्पतालमा केही वर्ष अघिदेखी नै दाताले दिएको एक्सरे मेसिन माकुराको जालोले घेरिएको अवस्थामा छ । जसको संचालनकालागि आवश्यक जनशक्तिको अभाव भएकाले यो प्रयोग विहिन भएको वताइएको छ । स्वास्थ्य केन्द्रमा हाल दुईजना डाक्टरको दरवन्दी भएकोमा इन्चार्जका रुपमा रहेकी डा.विद्या पोखरेल दशैं अघिदेखी ३ महिनाकालागि सुत्केरी विदामा छिन भने कार्यवाहक इन्चार्जका रुपमा डा.काजल वि.क.कार्यरत छिन् । डा. वि.क. विदामा हुँदा हाल हे.अ.,सिएमए लगायतका स्वास्थ्यकर्मीले जिम्मेवारीका साथ विरामीको चेकजाँच गरिरहेका छन् ।

       भौतिक पूर्वाधारले व्यवस्थित बनेको नगरस्तरीय स्वास्थ्य अस्पतालमा व्यवस्थापन पक्ष र कार्यरत स्वास्थ्यकर्मी विचको सन्तुलन नमिलेकाले स्वास्थ्य अस्पतालको सेवा कमजोर देखिएको स्थानीयवासी बताउँछन् । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कर्मचारी र व्यवस्थापन पक्षको सम्पर्क फोन नम्बर सहितको सम्पूर्ण विवरण खुल्ने गरीको वडापत्र सवैले देख्न सकिने गरी राख्नुपर्ने भएपनि प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गामा यो विवरण आज सम्म देख्न पाइँदैन । स्वास्थ्य अस्पतालको प्रशासन, लेखा, स्टोर लगायतको जिम्मेवारी हेर्ने तोकिएको मान्छे नहुँदा यी जिम्मेवारी कसले सम्हाल्ने भन्ने विषय अन्योल रहेको कार्यरत स्वास्थ्यकर्मी वताउँछन् ।

        लामो समयदेखी अन्योलको अवस्था भएकै कारण अन्य विभिन्न विषयमा समेत असन्तुष्टी जनाउँदै आएका स्वास्थ्य केन्द्रमा कार्यरत २३ जना स्वास्थ्यकर्मीहरुले हस्ताक्षरसहित स्थानीय सरकार प्रमुख एवम् प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका संयोजक राजेन्द्र पोखरेललाई १५ दिन अघि नै लिखित रुपमा ध्यानआकर्षण गराइसकेको वताएका छन् । स्वास्थ्य केन्द्रमा कार्यरत अधिकांश स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले नगरपालिकाद्वारा स्विकृत स्वास्थ्य तर्फको सम्पूर्ण कार्ययोजनाहरु सार्वजनिकीकरण गरी सार्वजनिक सुनुवाई गरियोस् भनि स्थानीय सरकारसँग माग गरेको वताइएको छ ।

        माग पत्रमा कनकाई नगरपालिका अन्तर्गतको स्वास्थ्य शाखाले आ.व. २०७४ \ ७५ र ०७५\७६ मा सञ्चालन गरेका शसर्त तथा नगरपालिकाद्वारा स्विकृत स्वास्थ्य सम्बन्धि अधिकांश कार्यक्रमहरुको बारेमा कार्यरत स्वास्थ्यकर्मीहरु र महिला स्वयंसेवीकाहरुसँग कुनै किसिमको जानकारी तथा समन्वय नगरी अपारदर्शी एवम् मनोमानि ढंगबाट कार्य भएको ठहर गर्दै सुसूचित हुने अधिकारबाट बञ्चित भएकाले कार्यरत सवैको मनोबल गिरेको जनाइएको छ । तसर्थ आ.व. २०७४\७५ तथा २०७५\७६ मा यस कनकाई नगरपालिका स्वास्थ्य शाखाद्वारा स्वास्थ्यमा विनियोजित बजेट र सञ्चालित कार्यक्रमहरु साथै आ.ब. २०७६\७७ को कार्ययोजनाहरु समेत सार्वजनिक गर्न माग गरेको स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट(हे.अ.) नारायण अधिकारीले जनाएका छन् ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाईको एसईई नतिजा : सामुदायिक तर्फ कनकाई मावि र संस्थागत तर्फ प्यारागन एकाडेमी नगरमै सर्वोत्कृष्ट

    २०८३ बैशाख ३०, बुधबार ०९:२२ गते

    सुरुङ्गास्थित प्यारागन एकाडेमी नगरकै अब्बल विद्यालय

    २०८३ बैशाख २९, मंगलवार २२:५२ गते

    कनकाई कप : गौरादहलाई ७ –० गोल अन्तरले पराजित गर्दै अर्जुनधाराको शानदार विजयी सुरुवात

    २०८३ बैशाख २८, सोमबार ०९:५४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाईको एसईई नतिजा : सामुदायिक तर्फ कनकाई मावि र संस्थागत तर्फ प्यारागन एकाडेमी नगरमै सर्वोत्कृष्ट

    २०८३ बैशाख ३०, बुधबार ०९:२२ गते

    सुरुङ्गास्थित प्यारागन एकाडेमी नगरकै अब्बल विद्यालय

    २०८३ बैशाख २९, मंगलवार २२:५२ गते

    कनकाई कप : गौरादहलाई ७ –० गोल अन्तरले पराजित गर्दै अर्जुनधाराको शानदार विजयी सुरुवात

    २०८३ बैशाख २८, सोमबार ०९:५४ गते

    सुरुङ्गामा कनकाई कप सुरु, उदघाटन खेलमा कनकाई बिजयी

    २०८३ बैशाख २७, आईतवार ०५:४८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.