Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » “सदनमा आएपछि कानुन निर्माणका अतिरिक्त जनताका विकास निर्माणसम्बन्धी समसामयिक विषयमा केही गरौँला भन्ने उद्देश्य लिएकी थिएँ, तर चाहेको र सोचेको काम गर्न सकिएको छैन ।”
    कनकाई खबर बिशेष

    “सदनमा आएपछि कानुन निर्माणका अतिरिक्त जनताका विकास निर्माणसम्बन्धी समसामयिक विषयमा केही गरौँला भन्ने उद्देश्य लिएकी थिएँ, तर चाहेको र सोचेको काम गर्न सकिएको छैन ।”

    कनकाई खबरBy कनकाई खबर२०८० आश्विन १९, शुक्रबार ०९:४४ गते3 Mins Read

    काठमाडौँ- “सदनमा आएपछि कानुन निर्माणका अतिरिक्त जनताका विकास निर्माणसम्बन्धी समसामयिक विषयमा केही गरौँला भन्ने उद्देश्य लिएकी थिएँ, तर चाहेको र सोचेको काम गर्न सकिएको छैन ।”

    जनमत पार्टीकी नेतृ गोमालाभ सापकोटाले भनिन्, “सदनमा आएपछि कानुन निर्माणसँगै आफूले प्रतिनिधित्व गरेको ठाउँको विकास निर्माण गरौँ भन्ने थियो, त्यो नसक्ने परिस्थिति देखियो ।”

    निर्वाचन क्षेत्र विकासका लागि बजेट माग्दा सरकारले आर्थिक सङ्कट र राजस्व असुली कमजोर देखाउने गरेको उल्लेख गर्दै उनले भनिन्, “मन्त्री र प्रधानमन्त्रीका जिल्लामा भनिन् त्यो लागू भएन । शक्तिशाली नेताले भनिनेको मात्रै लागू हुँदो रहेछ ।”

    प्रदेश र स्थानीय तहको विकास निर्माणको आ–आफ्नै शैली र क्षेत्र रहेको उल्लेख गर्दै सांसद सापकोटाले सङ्घीय सांसदले पनि मतदाताका अपेक्षा पूरा गर्नु प्राथमिक दायित्व भएको विचार प्रकट गरिन् ।

    “कानुन निर्माण पनि गर्नुपर्छ, तर जनताले जिताएर पठाइसकेपछि उनीहरूको पनि विकास निर्माणमा आशा र अपेक्षा हुन्छ, त्यसलाई जनप्रतिनिधिले सम्बोधन गर्न कोसिस गर्नुपर्छ”, उनले भनिन् ।

    छोटो राजनीति यात्रामै सङ्घीय संसद्मा पुग्ने जनप्रतिनिधि बन्न सफल सांसद सापकोटा कानुन तर्जुमा र विकास निर्माणबीच तादम्यता मिलाएर जाँदा देश र जनताको हित नै हुने तर्क गर्छिन् । महोत्तरीको  महोत्तरी गाउँपालिका–३ स्थायी ठेगाना भई विसं २०७६ देखि राजनीतिमा प्रवेश गरेकी उनीसँग जनमत पार्टी महोत्तरीको जिल्ला अध्यक्ष भएर काम गरेको अनुभव छ ।

    सामाजिक एवं जनचेतनामूलक कार्यक्रममा अग्रणी भूमिका निर्वाह गर्दै आएकी सांसद सापकोटाले राजनीतिमा आउनुअघि १० वर्ष शिक्षिका भएर काम गरेकी थिइन् । सांसदको मूल दायित्व कानुन बनाउने सन्दर्भमा गर्नुपर्ने भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै उनी सदनमा आएपछि विकासको पाटोबाट पनि जनताप्रति सांसदको केही कर्तव्य रहने बताउँछिन् ।

    राजनीतिक सिद्धान्त, दृष्टिकोण र अभ्यास तथा सांसदप्रति समाजको बुझाइबीच ठूलो भिन्नता रहेको उल्लेख गर्दै उनले ठूला दलले भागबण्डा एवं आवश्यक चासो नदिएकाले मूल विषय कानुन निर्माण ओझेलमा परेको प्रतिक्रिया दिइन् । सदनमा प्रतिपक्षी दलले कतिपय अवस्थामा स–साना विषय उठाएर जनभावनाविपरीत सदन अवरोध गरेको घटना सुनाउँदै सांसद सापकोटाले संसद् अवरुद्ध हुँदा पर्ने प्रभाव र बाधा अड्चनको मूल्याङ्कन जरुरी रहेको धारणा राखिन् ।

    एक प्रश्नको जवाफमा उनले कतिपय जनप्रतिनिधिले संविधान र प्रतिनिधिसभा नियमावलीभन्दा बाहिर गएर सदनमा दिने अभिव्यक्ति र प्रस्तुतिले बोलेका विषय रेकर्डबाट हटाउनुपर्ने अवस्था आउने गरेको बताइन् । 

    सांसद सापकोटाले भनिन्, “नियमावलीको परिधिभित्र रही निर्वाचन क्षेत्र, जिल्ला, देश र दुनियाँको कुरा सदनमा उठाउन पाइन्छ, कुनै रोकटोक हुन्न । तर बोल्दा नियमावलीको उल्लङ्घन गरिनुहुन्न ।”

    परिवार पाल्न रोजगारीका लागि कुनै पनि नेपाली विदेश जान पर्ने बाध्यात्मक अवस्था नआओस्, देशमै काम दिन सकियोस्, त्यसका लागि काम गरौँ भन्ने उद्देश्य लिएर सदनमा आएको उल्लेख गर्दै उनले जनतासँग पनि त्यही भनी मत मागेको घटना सुनाइन् ।

    डा चन्द्रकान्त (सीके) राउत अध्यक्ष रहेको जनमत पार्टीबाट प्रतिनिधिसभामा चार महिला र दुई पुरुष सांसदको प्रतिनिधित्व छ । सो दल प्रतिनिधिसभामा आठौँ ठूलो राजनीतिक पार्टी हो । सांसद सापकोटाले भनिन्, “भ्रष्टाचार निर्मूल पार्ने पार्टीको धारणा छ, हामीले सदनमा बारम्बार यही मुद्दा उठाउँदै आएका छौँ । तर ठूला भनिएका दलले त्यसलाई बेवास्ता गरिरहेको देखिन्छ ।”

    मुलुकको विकास निर्माणमा संलग्न हुनुपर्ने युवाशक्तिलाई स्वदेशमै स्थापित गर्न चाल्नुपर्ने कदमबारे पार्टीले सरकारलाई सुझाव दिँदै आएको सांसद सापकोटाले बताइन् । जनताले आगामी दिनमा यस्ता समस्या र पीडा भोग्न नपरोस् भनी जनचेतामूलक अभियान एवं जनजागरण कार्यक्रम गरिरहेको उनले जानकारी दिइन् । रासस

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.