Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गा जेसीजको तालिम सप्ताह समापन
    कनकाई खबर बिशेष

    सुरुङ्गा जेसीजको तालिम सप्ताह समापन

    ramBy ram२०७६ मंसिर ३, मंगलवार १३:४८ गते3 Mins Read

    कनकाई खबर \  सुरुङ्गा जेसीजले संचालन गरेको तालिम सप्ताह कार्यक्रम उत्साहजनक सफलताका साथ  समापन भएको छ ।

        समाज रुपान्तरणकालागि तालिमको भूमिका महत्वपूर्ण हुने ठहर गर्दै जेसीज सप्ताहको अवसरमा सुरुङ्गा जेसीजले तालिम सप्ताह संचालन गरेको हो । एक सातादेखी संचालन भएको ‘लिडरसिप एण्ड स्टेट अफ माइन्ड’ साथै मानव जीवनमा सकारात्मक उत्प्रेरणा जगाउँने किसिमको तालिममा कनकाई नगर क्षेत्रका दुईसय बढीको संख्यामा रहेका सहभागीहरु लाभान्वीत भएको सुरुङ्गा जेसीजका तालिम सप्ताह संयोजक अर्जुन बोहोराले वताएका छन् । तालिममा कनकाई नगर क्षेत्रका जनप्रतिनिधी, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधी, प्राध्यापक, शिक्षक, विद्यार्थी लगायतको सक्रिय सहभागिता रहेको वताइएको छ ।

        कुनै पनि व्यक्तिमा रहेको सम्भावनालाई सहज ढङ्गले प्रस्तुत गर्नकालागि तालिमको माध्यमवाट सफल बन्न सकिने भएकाले जेसीजले समाजमा रहेका सवै वर्ग र समुदायलाई लक्षीत गरेर जेसीज सप्ताहको अवसरमा तालिम संचालन गरेको सुरुङ्गा जेसीजका अध्यक्ष कमल कट्टेलले वताएका छन् । यस अवसरमा संचालन गरिएको तालिमले समाज रुपान्तरणकालागि सकारात्मक सोचको विकास गर्नेमा आँफू विश्वस्त रहेको अध्यक्ष कट्टेलले वताए । जेसीज सप्ताहको अवसरमा पहिलो पटक सुरुङ्गा जेसीजले कनकाई नगर क्षेत्रका वडा नं.१,२,३,४ र ५ का जनप्रतिनिधीसहित वडावासीहरुलाई अलग अलग दिनमा छुट्टै विधि प्रयोग गरी तालिम संचालन गरेको वताइएको छ । हरेक दिनको तालिम सम्पन्न गर्नकालागि सम्वन्धित वडाहरुवाट वडाअध्यक्ष, कार्यपालिका सदस्य र वडासदस्य सहित वडावासीहरुको सक्रिय सहभागिता रहेको वताइएको छ ।

       जेसीज सप्ताह समापन कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुखअतिथी समेत रहेका कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले तालिमको माध्यमवाट सुरुङ्गा जेसीजले सकारात्मक सोचका साथ समाज रुपान्तरणकालागि खेलेको भूमिका प्रशंसनीय रहेको वताएका छन् । परिवार, समाज र राष्ट्रकै समृद्धिकालागि तालिम उपलव्धीमूलक भएकाले यसलाई व्यवहारमा ल्याउँन सकेमा जीवनमा ठूलो परिवर्तन आउँन सक्ने कनकाई नगर प्रमुख पोखरेलले जनाएका छन् । सुखी नेपाली र समृद्ध नेपाल निर्माणमा जेसीजका युवाहरुले खेलेको भूमिका सधैं सकारात्मक रहेको भन्दै नगर प्रमुख पोखरेलले यस अभियानमा स्थानीय सरकारको सधैं साथ र सहयोग रहने प्रतिवद्धता जनाएका छन् ।

       तालिम सप्ताहको नेपाल जेसीजका प्रमुख प्रशिक्षक राजावावु शाह र उत्प्रेरक वक्ता सौनक भट्टले सहजीकरण गरेका थिए । सुरुङ्गा जेसीजका अध्यक्ष कमल कट्टेलको सभापतित्वमा सम्पन्न तालिम व्यवहारिक जीवनलाई सकारात्मक एवम् रचनात्मक बनाउँन फलदायी बनेको सहभागीहरुले बताएका छन् । सुरुङ्गा जेसीजका तालिम संयोजक राजकुमार कट्टेलले औचित्यमाथि प्र्रकाश पारेको कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाई, नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष श्यामसुन्दर पौडेल, कनकाई ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरीया साथै स्थानीय सामाजिक व्यक्तित्वहरु भीमप्रसाद अधिकारी, खेम ओली, राजेन्द्र उप्रेती, सुरुङ्गा जेसीजका पूर्वअध्यक्षहरु कुमारमणि पोखरेल, एलपी उप्रेती, शिवकुमार कडेल, जविन तिम्सिना र सहभागीका तर्फवाट पशुपति अंग्रेजी माविका विद्यार्थी सन्ध्या वस्नेत र अनीश पौडेलले तालिम उपलव्धीमूलक भएको वताएका छन् । तालिममा स्थानीय पशुपति अंग्रेजी माविका विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको वताइएको छ ।

        जेसीज सप्ताह संयोजक अर्जुन वोहोराको स्वागत तथा सुरुङ्गा जेसीजकी प्रकरण निर्देशक विनिता मैनाली विमलीले आस्थावाचन गरेको समापन कार्यक्रमको संचालन महासचिव प्रविन तिम्सिनाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.