Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईको न्यू रेलिमाई युवाक्लवले प्रदेशस्तरीय फुटबल खेलाउँने(भिडियो सहित)
    कनकाई नगरपालिका

    कनकाईको न्यू रेलिमाई युवाक्लवले प्रदेशस्तरीय फुटबल खेलाउँने(भिडियो सहित)

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८० आश्विन १८, बिहीबार १२:५१ गते4 Mins Read

    कनकाई खबर \ झापाको कनकाई— ५स्थित तुलसीबारीमा पहिलो संस्करणका रुपमा प्रदेश स्तरीय फुटबल प्रतियोगिता संचालन हुने भएको छ ।

    ‘स्वास्थ्यकालागी खेल, राष्ट्रकालागी खेल’ भन्ने नाराका साथ विजया दशमीको शुभअवसर पारेर न्यू रेलिमाई युवा क्लवले यहि असोज २५ देखि कार्तिक ४ गते सम्म प्रतियोगिता संचालन गर्न लागेको हो ।

    स्थानीय देवकोटा प्राविको खेल मैदानमा संचालन हुने फुटबल प्रतियोगिता संचालनका विषयमा आयोजकले पत्रकार सम्मेलन गरी खेलको बारेमा विस्तृत जानकारी गराएको हो ।

    आयोजक संस्था न्यू रेलिमाई युवा क्लवका अध्यक्ष मोतीखर ओझाले फुटबल प्रतियोगिताको माध्यमबाट तुलसीवारीको पहिचानलाई विश्वभर फैलाउन मद्धत पुग्ने बताए । अध्यक्ष ओझाले प्रतियोगितामा आयोजक न्यू रेलिमाई युवाक्लव सहित प्रदेशका ८ वटा टिमको सहभागिता रहने जानकारी दिए ।

    प्रतियोगिताको पोल(ए) तर्फ तुर्केनी स्पोर्टस क्लव र नेपाल प्रहरीको कोशी प्रदेश विराटनगरको फुटबल क्लव, बेलबारी फुटबल क्लव मोरङ र आयोजक न्यु रेलिमाई युवाक्लव रहेका छन् । त्यस्तै पोल (बि) तर्फ न्यु स्टार विर्तामोड र सशस्त्र प्रहरीको पुर्वाञ्चल पकली क्लव त्यस्तै इलामको रेडहर्स स्पोटिङ्ग क्लवर काजिमान फुटबल क्लव चन्द्रगडी रहेका छन् ।

    प्रतियोगिता सम्पन्न गर्नकालागि करिब ९ लाख रुपैँया खर्च लाग्ने जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष ओझाले आर्थिक व्यवस्थापन स्थानीय वडा नं.५ को कार्यालयबाट प्रथम पुरस्कारको राशी रु. १ लाख १हजार रुपैँया उपलब्ध हुने बताए । त्यस्तै कनकाई नगरपालिकाको कार्यालय साथै कनकाईका अन्य वडाहरु, स्थानीय सामाजिक संघ संस्थाहरु, खेलप्रेमी उद्योगी व्यवसायी, सामुदायिक वन लगायत, प्रदेश साथै स्थनीय जनप्रतिनिधिहरुबाट समेत आर्थिक सहयोग उपलव्ध हुने अध्यक्ष ओझाले जानकारी दिए ।

    पत्रकार सम्मेलनमा क्लवका संस्थापक अध्यक्ष पूर्णवहादुर लिम्बूले प्रतियोगिताको नियमका बारेमा जानकारी गराउँदै खेल फिफा नियम अनुसार संचालन गर्ने बताए । संस्थापक अध्यक्ष लिम्बूले प्रतियोगितामा भाग लिन आउँने खेलाडीहरु पूर्ण रुपमा अनुशासीत रहनु पर्ने भन्दै कनकाई नगरपालिका क्षेत्र सुर्तीजन्य पदार्थ प्रयोग तथा विक्रि वितरणको निषेधीत क्षेत्र भएकाले यसलाई प्राथमिक्ताका साथ लागु गर्न अनुरोध गरे । मादक पदार्थ सेवन गरेर कुनै पनि खेलाडी खेल मैदानमा प्रवेश गर्छ भने त्यसलाई तुरुन्त खेल मैदानबाट निस्कासन गरिने जानकारी दिँदै आयोजक क्लवका संस्थापक अध्यक्ष लिम्बूले प्रतियोगिताका विषयमा १४ बुँदे नियम प्रस्तुत गरे । प्रतियोगितामा आकर्षक पुरस्कारसहित हरेक दिन म्यानअफ द म्याचको व्यवस्था गरिएको बताउँदै लिम्बूले विधागत पुरस्कारको समेत व्यवस्थापन भएको जानकारी दिए ।

    कार्यक्रममा कनकाई नगरपालिकाका प्रवक्ता समेत रहेका कनकाई—५का वडाअध्यक्ष कृष्णवहादुर राईले न्यू रेलिमाई युवा क्लवले संचालन गर्न लागेको प्रदेशस्तरीय नकआउट फुटबल प्रतियोगिता वडा नं.५को गौरवको विषय भएको बताउँदै खेलबाट पूर्ण रुपमा मनोरञ्जन प्राप्त गर्न खेलप्रेमी सम्पुर्ण महानुभावहरुलाई अनुरोध गरे । फुटबल प्रतियोगितालाई सब्य र भब्य रुपमा सम्पन्न गर्न वडासमितिले कनकाई नगरपालिकासँग समेत समन्वय गर्ने प्रतिवद्धता जनाउँदै वडाअध्यक्ष राईले प्रतियोगिताले यस क्षेत्रको पहिचानलाई विश्वसामु पुर्याउन थप मद्धत पुग्ने विश्वास व्यक्त गरे ।

    पत्रकार सम्मेलनमा कनकाई धाम धार्मिक विकास संस्था कोटीहोमका नवनिर्वाचित अध्यक्ष एवं समाजसेवी शेरबहादुर थापाले खेललाई अनुशासीत साथै मर्यादित बनाउँनु पर्नेमा जोड दिँदै प्रतियोगिताले कनकाई नगरपालिका र तुलसीवारी क्षेत्रको गरिमालाई उच्च पार्ने विश्वास व्यक्त गरे ।

    पत्रकार सम्मेलनको सहजीकरण गर्दै देवकोटा प्राथमिक विद्यालयका प्रधानाध्यापक एवं प्रतियोगिताको आर्थिक समितिका सदस्य उमानाथ तिम्सिनाले प्रथम पुरस्कार १ लाख १ हजार र दोस्रो पुरस्कार ७५ हजार नगद, प्रमाण पत्र र ट्रफीको व्यवस्थापन गरिएको बताए ।

    प्रतियोगिताबाट यस क्षेत्रका नागरिकलाई भरपुर मनोरञ्जन मात्रै नभएर स्थानीयस्तरको पहिचान समेत झल्कने उनले विश्वास व्यक्त गरे । खेल आयोजक समितिका सदस्य समेत रहेका प्रधानाध्यापक तिम्सिनाले आजभन्दा ६५ वर्ष अगाडी खेलप्रेमी स्थानीय अग्रज व्यक्तित्वहरुबाट विभिन्न समयमा खेल खेल्दै नामाकरण गरेको रेलिमाई क्लव २०७० मा न्यु रेलिमाई युवा क्लवका रुपमा दर्ता भएर विधिवत रुपमा खेलकुदका क्षेत्रमा गतिविधि गर्दै आएको जानकारी दिए ।यसका साथै प्रधानाध्यापक तिम्सिनाले विगतको इतिहास स्मरण गर्दै दिवंगत भइसकेका क्लवका अग्रज व्यक्तित्वहरुको समेत संझना गरे ।

    पत्रकार सम्मेलनमा क्लवका पुर्व अध्यक्ष एवं खेल संयोजक समाजसेवी रमेशचन्द्र दाहालले प्रतियोगिताको सफलताको श्रेय वडा समितिसहित सम्पूर्ण नगरबासीलाई जाने भएकाले कनकाई नगरपालिका क्षेत्रका जनप्रतिनिधिसहित क्रियाशिल सामाजिक संघसंस्था, उद्योगी, व्यवसायी साथै सम्पूर्ण खेलप्रेमी महानुभावहरुलाई आ—आफ्नो क्षेत्रबाट सहयोगको अपिल गरे । प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमिति समेत निर्माण गरेको बताउँदै खेल संयोजक दहालले प्रतियोगितालाई हरेक वर्ष निरन्तरता दिँदै जाने जानकारी दिए ।

    क्लवका अध्यक्ष मोतीखर ओझाको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्लवका पुर्व अध्यक्ष रुद्र श्रेष्ठ, कनकाई—५का वडासदस्यहरु डिल्ली उप्रेती, गोविन्द कार्की, इन्दिरा अधिकारी, क्लवका विभिन्न उपसमितिका पदाधिकारी, खेलप्रेमी युवाहरु लगायत प्रतियोगितामा सहभागीता जनाउँने सम्बन्धित टिमका खेलाडीहरुको समेत सहभागिता रहेको बताइएको छ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.