Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नेपाल फर्किँदा अरूको सामान ल्याए कारबाही ! कुन सामान कति पाइन्छ ल्याउन ? (सूचीसहित)
    कनकाई खबर बिशेष

    नेपाल फर्किँदा अरूको सामान ल्याए कारबाही ! कुन सामान कति पाइन्छ ल्याउन ? (सूचीसहित)

    कनकाई खबरBy कनकाई खबर२०८० आश्विन १८, बिहीबार १०:५५ गते5 Mins Read

    काठमाडौँ : नेपालीहरूका दसैँ–तिहारलगायतका ठूला चाडपर्व नजिकिएसँगै विदेशबाट आउने नेपालीको सङ्ख्या बढ्न थालेको छ । विदेशबाट आउने यात्रु बढेसँगै अवैधानिक सामान लिएको नाममा भन्सार कारबाही पनि बढेको छ ।

    मापदण्डभन्दा बढी मालवस्तु लिएर आउने यात्रु भन्सार तथा प्रहरीको कारबाहीमा परेमा त्यस्तो मालवस्तु त जफत हुन्छ नै सोही मूल्य बराबरको धरौटी तिर्नुपर्छ ।जरिवाना र कैद पनि हुनसक्छ । कतिपय यात्रु गल्ती थाहा नपाई भन्सार तथा प्रहरीको अनुसन्धानमा परेका हुन्छन् । विदेशबाट आउने यात्रुले ख्याल गर्नु पर्ने कुरा के हुन् ? विदेशबाट आउँदा के–के ल्याउने पाइन्छ ? भन्सार नतिरी ल्याउन के–के पाइन्छ ? भन्सार स्वःघोषणा गरेर के–के कति ल्याउन पाइन्छ भन्नेबारे यहाँ चर्चा गरिएको छ ।मोटरसाइकलको ब्रेक सु’को आवरणमा एक क्विन्टल सुन भित्रिएपछि झस्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय विदेशबाट आउँदा ल्याउने सामानमा कडाइ गरेको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डे भन्छन्, ‘विमानस्थलस्थित भन्सार कार्यालयका अनुसार साउदी अरब, युनाइटेड अरब इमिरेट्स, कतार, हङकङ, थाइलैन्ड तथा मलेसियाका अन्तर्राष्ट्रिय विमानस्थल तथा आसपासबाट केही अपरिचित व्यक्तिले मेरो घरको सामान हो, मेरो आफन्त त्रिभुवन विमानस्थलमा लिन आउँछन् र लगेबापत केही पैसा दिन्छु भनेर प्रलोभनमा पारी ल्यापटप, मोबाइल, सुन, घडी आदि पठाउने गरेका छन् ।

    यसरी त्यस्ता मालवस्तु ल्याउने व्यक्ति कानुनी कारबाहीमा पर्ने घटना बढ्दै गएको छ ।’उनले नेपाल फर्किनेहरूले विमानस्थलमा भेटेका व्यक्तिको आग्रहका आधारमा मोबाइल, ल्यापटप, सुनलगायतका सामग्री सँगै ल्याएको खण्डमा जफत गरिने बताए । श्रम स्वीकृति लिएर विदेशमा काम गरेर नेपाल फर्किनेहरूका लागि मात्र छुट दिएको कानुनी प्रावधान दुरुपयोग गर्ने प्रवृत्ति बढेकाले त्यसलाई निरुत्साहित पार्न कडाइ गरेको उनको भनाई छ ।विदेशबाट आउँदा के ल्याउन पाइन्छ ?विदेशबाट नेपाल फर्कने यात्रुले आफ्नो साथमा ल्याउन पाउने सुनका गहना, मोबाइल तथा टेलिभिजनसम्बन्धी ल्याउन पाउने सामानको सूची तथा मात्रा परिवर्तन गरिएको छ ।सुन : चालू आर्थिक वर्षको बजेटले व्यवस्था गरेअनुसार विदेशबाट नेपाल फर्कने यात्रुले महिलाको हकमा ५० ग्रामसम्मको सुनको गहना भन्सार नतिरी ल्याउन पाउँछ ।

    यसैगरी, पुरुषको हकमा २५ ग्रामसम्मको सुनको गहनामा भन्सार तिर्नुपर्दैन । यसबाहेक थप २ सय ग्रामसम्म सुनको गहना भन्सार बिन्दुमा महसुल तिरेर साथमा ल्याउन पाउने व्यवस्था रहेको छ । गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औँठी, बाला, सिक्रीजस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता नहुने कानुनी व्यवस्था रहेको छ ।मोबाइल : नेपाल फर्किँदा अरूको सामान ल्याए कारबाही ! कुन सामान कति पाइन्छ ल्याउन ? (सूचीसहित) मोबाइलको हकमा भने विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नुपर्दैन । श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुहरूले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउने कानुनी व्यवस्था रहेको छ । थप एक थान मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नुपर्छ ।टेलिभिजन : श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नु नपर्ने व्यवस्था रहेको छ । तर श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका नेपाली यात्रुले भने ३२ इन्चसम्मको टेलिभिजन मात्र भन्सार नतिरी साथमा ल्याउन पाउँछन् ।

    त्रिभुवन विमानस्थल कार्यालयका अनुसार ५ हजार अमेरिकी डलर बढी विदेशी मुद्रा लिएर आउनेले विमानस्थलमा स्वघोषणा गर्नुपर्छ । रकम घोषणाको भने कुनै महसुल वा शुल्क बुझाउनु नपर्ने व्यवस्था रहेको छ ।अन्य व्यवस्था र निषेध !विदेशबाट काँचो सुनचाँदी लिएर नेपाल आउन पाइँदैन । चाँदी भन ५ सय ग्राम ल्याउन पाइने व्यवस्था रहेको छ । मदिरा पनि १ लिटर मात्रै ल्याउन पाइने व्यवस्था रहेको छ । विदेशमा प्रयोग गरेको आफ्नो ल्यापटप वा कम्प्युटर, ट्याब्लेट, घडी, क्यामेरा, भिडियो क्यामेरा, सेलुलर, मोबाइल फोन र पेन ड्राइभ एक÷एक थान ल्याउँदा भन्सार छुट पाइने व्यवस्था रहेको छ । बच्चा राख्ने पेराम्बलेटर र ट्राइसाइकल एक/एकवटा ल्याउँदा पनि कुनै भन्सार तिर्नुपर्दैन ।विभिन्न पेसा गर्ने व्यक्ति स्वदेश फर्किँदा ल्याएका व्यावसायिक सामानमा पनि भन्सार नलाग्ने व्यवस्था छ । डाक्टरले ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीले खेलकुदसम्बन्धी सामान फुटबल, भलिबल, संगीत क्षेत्रमा लागेकाहरूले बाजाहरू, गितार, हार्मोनियम, तबलालगायतका सामान एक÷एक थान ल्याउन भन्सार रकम भुक्तानी गर्नुपर्दैन ।

    सात किलोसम्म खाद्यसामग्री ल्याउँदा पनि भन्सार भुक्तानी गर्नुपर्दैन ।औषधी उपचारका लागि विदेश गएका नागरिकले आफ्नै प्रयोजनका लागि ल्याउने औषधी र शारीरिक रूपमा अशक्तको सहाराका लागि ल्याइने सामग्रीमा पनि भन्सार छुटको व्यवस्था रहेको छ । सात किलोग्रामसम्मको खाद्यवस्तुमा पनि भन्सार शुल्क लाग्दैन ।केही सामग्रीमा परिमाण बढी भए पनि एकैपटक ४० प्रतिशत समदर भन्सार तिर्नपर्ने व्यवस्था रहेको छ । म्युजिक तथा भिडियो प्लेयर, रेफ्रिजेरेटर, वासिङ मेसिन, पंखा र रेडियो एक÷एक थान ल्याउँदा ४० प्रतिशत भन्सार तिर्नुपर्छ ।

    १० किलोग्रामसम्म खाद्य सामाग्री पनि ल्याउन पाइन्छ तर यसमा तोकिएको भन्सार भने तिर्नुपर्छ । त्यस्तै १५ पिस लुगाफाटा, जुत्ता, कस्मेटिक्सलगायतका समान ल्याउँदा पनि तोकिएको ४० प्रतिशत भन्सार तिरेर विमानस्थलबाटै ल्याउन सकिन्छ । घरायसी प्रयोजनका लागि ल्याइने मिक्स्चर, जुसर, सिलाइ मेसिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर दुईरदुई थानसम्म ल्याएमा भन्सार तिर्नुपर्छ । चुरोट २ सय खिल्लीसम्म र सिगार ५० खिल्लीसम्म पनि समदरमा भन्सार लाग्ने व्यवस्था रहेको छ ।विदेशबाट फर्किला भन्सारको नयाँ व्यवस्थाबारे जानकारी लिएर मात्रै सामान ल्याउन पनि प्रमुख भन्सार प्रशासक पाण्डेले आग्रह गरेका छन् । ‘विदेशबाट फर्किएका धेरै नेपालीले हामीसँग गुनासो गर्ने गरेका छन् ।

    हामीले विदेशबाट रेमिट्यान्स पठाउँदा खुसी हुने गरेकाले सामान ल्याउँदा जरिवाना गर्छ रु भनेर दुखेसो पोख्छन् । तर हामीले कानुनी व्यवस्था अनुसार चल्ने हो,’ उनी भन्छन्, ‘कानुनी व्यवस्थाभित्रै रहेको सामानमा केही गरिँदैन तर सीमा नाघेको छ भने जफत, जरिवाना र कैदसम्म हुनसक्छ । त्यसैले भन्सारको व्यवस्थाबारे बुझेरमात्रै सामान ल्याउन हुन आग्रह छ ।’

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.