Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » दलका उम्मेद्वारलाई पछि पार्दै कोटीहोम धार्मिक क्षेत्रको अध्यक्षमा स्वतन्त्रका शेरवहादुर निर्वाचित
    कनकाई नगरपालिका

    दलका उम्मेद्वारलाई पछि पार्दै कोटीहोम धार्मिक क्षेत्रको अध्यक्षमा स्वतन्त्रका शेरवहादुर निर्वाचित

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८० आश्विन १६, मंगलवार २०:०४ गते2 Mins Read


    कनकाई खबर \ पुर्वकै धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास एवं विस्तार हुँदै आएको झापाको कनकाई—४ स्थित कनकाई धाम धार्मिक विकास संस्था कोटीहोमको अध्यक्षमा शेरबहादुर थापा निर्वाचित भएका छन् ।

    समाजसेवी एवं धार्मिक व्यक्तित्व थापाले ५२३ मत ल्याएर विजयी बनेका छन भने उनका प्रतीद्वन्दी राजनीतिक दल तर्फका साझा उम्मेद्वार नरेन्द्र फुयालले ३७६ मत प्राप्त गरी उपविजेता बनेका छन् ।


    थापाको प्यानलबाट महासचिव दिननाथ खतिवडाले समेत ४३५ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी साझा प्यानलका कृष्णप्रसाद घिमिरेले ४२२ मत प्राप्त गरे । अन्य पदाधिकारी तर्फ भने सबै साझा प्यानलका उम्मेद्वार निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।


    वरिष्ठ उपाध्यक्षमा निर्मलकुमार खतिवडाले ४८२ मत प्राप्त गर्दै विजयी भए भने उनका प्रतिस्पर्धी डिल्लीराम बाह्रकोटीले ३८६ मत प्राप्त गर्न सफल भए । त्यस्तै धार्मिक उपाध्यक्ष तर्फ प्रकाश थापाले ४८१ मत प्राप्त गरी विजयी बनेका छन् भने उनका प्रतिस्पर्धी चन्द्रप्रसाद भेट्वालले ३७६ मत प्राप्त गर्न सफल भए ।


    त्यस्तै पर्यटन उपाध्यक्षमा अम्बिकादेवी खरेलले ४९४ मत प्राप्त गरी विजयी बनेकी छन भने उनका प्रतिस्पर्धी रामप्रसाद अधिकारीले ३६७ मत प्राप्त गर्न सफल भएको जनाइएको छ ।

    सचिवमा यामनाथ खतिवडाले ४७९ मत प्राप्त गरी विजयी भए भने उनका प्रतिद्वन्दी युवराज पौडेलले ३३३ र अर्जुनकुमार बस्नेतले ५३ मत प्राप्त गरे । कोषाध्यक्षमा मानवहादुर पौडेलले ४९९ मत प्राप्त गरी विजयी भए भने उनका प्रतिस्पर्धी अम्बिका चापागाई सुवेदीले ३१८ मत प्राप्त गर्न सफल भएको जनाइएको छ ।

    सदस्यहरु तर्फ भने मत गणना जारी रहेको बताइएको छ । संस्थामा ११२८ मतदाता रहेकोमा हिजो सोमबार भएको निर्वाचनमा ९२६ मत खसेको थियो ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.