Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » रोटरी क्लव अफ सुरुङ्गाद्वारा सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री वितरण
    कनकाई नगरपालिका

    रोटरी क्लव अफ सुरुङ्गाद्वारा सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री वितरण

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८० आश्विन १५, सोमबार ०८:१६ गते2 Mins Read

    कनकाई खबर \ रोटरी क्लव अफ सुरुङ्गाले विपन्न समुदायका वालवालिकाहरु भएको कनकाईको एक सामुदायिक विद्यालयमा अध्ययनरत २२८ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

    मानवीय सेवामा समर्पित अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त सामाजिक संस्था रोटरी क्लवले कनकाई नगरपालिका—४स्थित कनकाई गायत्री प्राविमा अध्ययनरत वालवालिकाहरुलाई विद्यालय परिसरमै उपस्थित भएर शैक्षिक सामाग्री वितरण गरेको हो । क्लवले आफ्नो वार्षिक कार्यक्रमको निरन्तरता स्वरुप यस पटक कनकाई गायत्री प्राविमा अध्ययनरत नर्सरीदेखी कक्षा पाँचसम्मका विद्यार्थीलाई कापी, पेन्सील लगायत खेलकुदका सामाग्री वितरण गरेको क्लवका अध्यक्ष शिवकुमार कडेलले जानकारी दिए ।


    सामुदायिक विद्यालयको शैक्षिक स्तर वृद्धिकालागि स्थानीय स्तरका विभिन्न विद्यालयमा सहयोग गर्दै आएको क्लवले सामाजिक गतिविधिसँगै शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाईका क्षेत्रमा समेत महत्वपूर्ण कार्यक्रम संचालन गर्दै आएको क्लवका अध्यक्ष कडेल बताउँछन् । विपन्न वर्ग र समुदायका ग्रामिण क्षेत्रका वालवालिकालाई समेत शिक्षाप्रति थप आकर्षण बढाउँन खेलकुदसहित शैक्षिक सामाग्री वितरण गरेको अध्यक्ष कडेलले जानकारी दिए ।

    आर्थिक अवस्था ज्यादै न्युन भएका मजदुर वर्गका वालवालिकाहरु अध्ययनरत यस कनकाई गायत्री प्राविको शैक्षिक स्तर वृद्धिकालागि रोटरी क्लव अफ सुरुङ्गाको सहयोगले विद्यालयलाई थप हौसला प्रदान गरेको भन्दै कनकाई—४का पुर्व वडाअध्यक्ष एवं विद्यालयका सल्लाहकार संयोजक गोविन्द पौडेलले खुशी व्यक्त गरेका छन् ।


    स्वार्थभन्दा माथि उठेर सामाज सेवा गर्ने पवित्र उद्देश्यका साथ विभिन्न पेशा, व्यवसायमा संलग्न व्यक्तित्वहरु रहेको रोटरी क्लव अफ सुरुङ्गाको सर्भिस प्रोजेक्ट अन्तर्गत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको कार्यक्रम संयोजक सुस्मा न्यौपाने उप्रेतीले बताएकी छन् । सर्भिस प्रोजेक्ट चेयरका रुपमा क्लवका पुर्व अध्यक्ष कुमारमणि पोखरेल रहेका छन् भने सदस्यहरुमा सुस्मा न्यौपाने उप्रेती र दिपक कुवँर रहेको बताइएको छ ।

    ग्रामिण क्षेत्रमा रहेर विभिन्न समस्यालाई सहज बनाउँने प्रयासमा अघि बढेको यस विद्यालयले अंग्रेजी माध्यमलाई समेत अभ्यासका रुपमा संचालन गर्दै लगेको विद्यालयका प्रधानाध्यापक जनार्दन पोखरेलले बताएका छन् । सामाजिक क्षेत्रमा विभिन्न गतिविधी संचालन गर्दै अघि बढेको रोटरी क्लव जस्तो अन्तर्राष्ट्रिय सामाजिक संस्थासँगको सहकार्यले विद्यालयको चौतर्फी विकासमा थप सहयोग पुग्नेछ भन्ने कुरामा विद्यालय परिवार विश्वस्त रहेको प्रधानाध्यापक पोखरेलले जनाएका छन् ।


    क्लवका अध्यक्ष शिवकुमार कडेलको सभापतित्व रहेको संक्षिप्त कार्यक्रममा कनकाई नगरपालिका वडा नं.४ की वडासदस्य मन्दिरा विश्वकर्माले राज्यको दायित्वभित्र रहेको विद्यालय शैक्षिक सुधारको कार्यक्रममा रोटरी क्लवले गरेको सहयोगप्रति खुशी व्यक्त गरिन् । निस्वार्थ रुपमा सामाजिक सेवामा क्रियाशिल यस्ता संस्थाहरुको असल कार्यले समाज रुपान्तरणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्दै वडासदस्य विश्वकर्माले रोटरी क्लवसँग स्थानीय सरकारले समेत समन्वय गरेर काम गर्न चाहेको बताएकी छन् ।


    क्लवकी सचिव विनिता मैनाली बिमलीले संचालन गरेको औपचारिक कार्यक्रममा संयोजक सुस्मा न्यौपाने उप्रेतीले स्वागत गरेकी थिइन् । कार्यक्रममा क्लवका पदाधिकारी सहित सदस्यहरुको उपस्थिती रहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.