Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाईको एसईई नतिजा : सामुदायिक तर्फ कनकाई मावि र संस्थागत तर्फ प्यारागन एकाडेमी नगरमै सर्वोत्कृष्ट

    २०८३ बैशाख ३०, बुधबार ०९:२२ गते

    सुरुङ्गास्थित प्यारागन एकाडेमी नगरकै अब्बल विद्यालय

    २०८३ बैशाख २९, मंगलवार २२:५२ गते

    कनकाई कप : गौरादहलाई ७ –० गोल अन्तरले पराजित गर्दै अर्जुनधाराको शानदार विजयी सुरुवात

    २०८३ बैशाख २८, सोमबार ०९:५४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कमाउन कतार गएका झापा गौरादहका डिल्ली उप्रेती ह्विलचेयरमा फर्किए
    कनकाई खबर बिशेष

    कमाउन कतार गएका झापा गौरादहका डिल्ली उप्रेती ह्विलचेयरमा फर्किए

    कनकाई खबरBy कनकाई खबर२०८० आश्विन १४, आईतवार ०७:५३ गते2 Mins Read

    भन्थ्यौं आमा नेपालमा दुःख छ, विदेशमा त पैसाको रूख छ । कालो बादल नीलो आकाशमा, गयौं आमा चढेर जहाजमा, फर्कियौं बाकसमा ।

    ‘परदेशी’ चलचित्रमा समेटिएको यस गीतले वैदेशिक रोजगारीको सिलसिलामा दुःख, कष्ट र यातना पाएर अकालमै मृत्युवरण गर्न पुगेका तथा अंगभंग भएकाको दुःख पीडा र वेदना दर्शाउँछ, जुन दुःख पीडा आमनेपालीको नियतिजस्तै बनेको छ ।

    झापा गौरादह सीतापुरी निवासी डिल्ली उप्रेतीले पनि यहाँ अनेकौं पीडा भोग्नुप¥यो । उनी विदेशमा धन कमाइ परिवारलाई सुखी राखूँला भन्ने सपना बोकेर करिब ६ वर्षअघि कतार आएका थिए । रोजगारीका सिलसिलामा सन् २०१८ मा कतार आएका उप्रेती काम गर्ने सिलसिलामा सन् २०२० मा ठूलो दुर्घटनामा परे । दुर्घटनाका क्रममा प्यारालाइज भएकाले उनको कम्मरमुनिको भाग नचल्ने अवस्थामा पुगेको थियो । उपचारपछि पनि काम गर्नसक्ने अवस्था भएन ।

    सुरुमा कम्पनीले खानेबस्ने व्यवस्थासँगै तलब पनि दिँदैआएको थियो । तर, पछिल्लो समय कम्पनी बन्द भएपछि विगत ६ महिनादेखि उनी तलबबिना बस्न बाध्य छन् । विगत एक महिनादेखि उनलाई खानाको पनि समस्या भएको जानकारी आएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले खानाको व्यवस्था गर्दै आएको थियो ।

    एनआरएनए कतारका द्वितीय उपाध्यक्ष केश कार्कीका अनुसार झापाली समाज कतारले उनको यात्राका लागि चाहिने सबै डकुमेन्ट टिकट तयार गरी बुधबार बेलुका कतारी समय ५ः३० बजे कतार एयरलाइन्सको उडानबाट नेपाल पठाउन सफल छ । उनी ह्विलचेयरको सहारा लिएर नेपाल फर्किएका हुन् ।

    यी प्रतिनिधि उदारण मात्र हुन् माथिको गीतले भनेजस्तै हजारौं नेपाली श्रमिक विदेशमा अंगभंग भएका छन् भने दैनिक एक नेपालीको शव रातो बाकसमा फर्किने गरेको छ । गत वर्ष पनि एनआरएनए कतारको समन्वयमा सल्यानको कपुरकोट गाउँपालिका घर भएका छबिलाल बुढाको कृत्रिम खुट्टा प्रत्यारोपण गरिएको थियो ।

    पछिल्लो समयमा एनआरएनए कतारले समस्यामा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको पीडाको घाउमा मलम लगाउँदै आइरहेको छ । उता, सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकले वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि गर्ने भएको छ ।

    वैदेशिक रोजगारीमा श्रम गर्न जाने श्रमिक विदेशमा नै मृत्यु वा अंगभंग भएमा वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि गर्ने भएको हो । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई २०६७ सालमा दिने सुविधा अहिले समयानुकूल नभएको भन्दै वृद्धि गर्ने निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

    वैदेशिक रोजगारीमा गएका श्रमिकको विदेशमा मुत्यु भएमा दिने ७ लाखलाई वृद्धि गरी १५ लाख पु¥याउने तयारी भइरहेको छ । मृतकका सन्ततिलाई प्रदान गरिने शैक्षिक छात्रवृत्ति ८ लाख र १२ लाख प्रतिवर्ष रहेकामा १२ लाख ५ हजार र १६ लाख ५ हजार प्रतिवर्ष बनाउने निर्णय भएको बताइएको छ । यो समाचार राजधानी दैनिक प्रकाशित भएको छ । 

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाईको एसईई नतिजा : सामुदायिक तर्फ कनकाई मावि र संस्थागत तर्फ प्यारागन एकाडेमी नगरमै सर्वोत्कृष्ट

    २०८३ बैशाख ३०, बुधबार ०९:२२ गते

    सुरुङ्गास्थित प्यारागन एकाडेमी नगरकै अब्बल विद्यालय

    २०८३ बैशाख २९, मंगलवार २२:५२ गते

    कनकाई कप : गौरादहलाई ७ –० गोल अन्तरले पराजित गर्दै अर्जुनधाराको शानदार विजयी सुरुवात

    २०८३ बैशाख २८, सोमबार ०९:५४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाईको एसईई नतिजा : सामुदायिक तर्फ कनकाई मावि र संस्थागत तर्फ प्यारागन एकाडेमी नगरमै सर्वोत्कृष्ट

    २०८३ बैशाख ३०, बुधबार ०९:२२ गते

    सुरुङ्गास्थित प्यारागन एकाडेमी नगरकै अब्बल विद्यालय

    २०८३ बैशाख २९, मंगलवार २२:५२ गते

    कनकाई कप : गौरादहलाई ७ –० गोल अन्तरले पराजित गर्दै अर्जुनधाराको शानदार विजयी सुरुवात

    २०८३ बैशाख २८, सोमबार ०९:५४ गते

    सुरुङ्गामा कनकाई कप सुरु, उदघाटन खेलमा कनकाई बिजयी

    २०८३ बैशाख २७, आईतवार ०५:४८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.