सप्तरी – सप्तरीको खड्क नगरपालिकामा एक युवकको बोरामा फालिएको अवस्थामा शव भेटिएको छ ।
खडक नगरपालिकाको वडा नम्बर ११ बनोलि स्थित निजी पोखरीमा अन्दाजी २२ वर्षका एक युवक मोहम्मद अजिमको शव बोरामा हालेर फालिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) ढुण्डीराज नेउपानेले जानकारी दिनुभयो । गएको भदौ २१ गते मोहम्मद गाउँ नजिकैको जन्माष्टमी मेला हेर्न गएको बेला अचानक बेपता भएका थिए ।
घटनाको सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।
कमेन्टस्
Author
-
View all posts
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।


