Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » औषधि व्यवसायी संघ झापाको अध्यक्षमा खड्का सचिवमा कार्की विजयी
    कनकाई नगरपालिका

    औषधि व्यवसायी संघ झापाको अध्यक्षमा खड्का सचिवमा कार्की विजयी

    कनकाई खबरBy कनकाई खबर२०८० आश्विन १३, शनिबार १२:५५ गते2 Mins Read


    कनकाई खबर \ नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाको अध्यक्षमा जीवनकुमार खड्का विजयी भएका छन् ।


    दमकमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनबाट खड्का विजयी भएका हुन् । विजयी भएका खड्काले १५४ मत पाए भने अध्यक्षका अर्का प्रत्यासी प्रदिप खरेलले ११५ मत प्राप्त गरेका छन् । खड्का बिर्तामोडको त्रिशूल फर्माका सञ्चालक हुन् ।


    त्यस्तै सचिवमा कनकाई—३ सुरुङगाका यज्ञराज कार्की विजयी भए । नवनिर्वाचित सचिव कार्की सुरुङ्गा मेडिसिन एण्ड चन्द्रोदय क्लिनिकका संचालक हुन् । छोटो समयमा स्थानीय स्तरमा स्थापित औषधि व्यवसायीका रुपमा अलग्गै पहिचान बनाउँन सफल युवा व्यवसायी कार्की सामाजिक क्षेत्रमा समेत त्यतिक्कै क्रियाशिल छन् ।


    कार्कीले १५१ मत पाएर विजयी बनेका हुन भने उनका प्रतिस्पर्धी प्रल्हादराम ढुंगानाले १२१ मत पाएको निर्वाचन समितिका संयोजक नरेन्द्र बरालले जानकारी दिए । ३६४ जना मतदाता रहेको संघको दोस्रो अधिवेशनमा २७६ मत खसेको निर्वाचन समितिका सदस्य राजेन्द्र चौँलागाईंले जानकारी दिए ।


    संघको दोस्रो कार्यकालकालागि अन्य पदमा भने सर्वसम्मत भएको थियो । बरालका अनुसार वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद अधिकारी, थोक उपाध्यक्षमा विवेक बजगाईं र खुद्रा उपाध्यक्षमा राकेश शाह सर्वसम्मत भएका हुन् ।


    त्यस्तै, महासचिवमा विष्णुप्रसाद पौडेल, कोषाध्यक्षमा युवराज भट्टराई र उपकोषाध्यक्षमा लक्ष्मी पौडेल सर्वसम्मत भइसकेका छन् ।
    थोक सदस्यमा विप्लव लिम्बू, खुद्रा सदस्यमा रेवती भण्डारी तथा खुला सदस्यमा सुमन कोइराला, धर्मेन्द्र दंगाल र यामबहादुर विष्ट सर्वसम्मत निर्वाचित भएका छन् ।


    निर्वाचनअघि भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि संघका केन्द्रीय अध्यक्ष प्रकाशकुमार खण्डेलवाल, कोशी प्रदेश अध्यक्ष कुमार खतिवडा, औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख टेकेन्द्र मिश्र, एप्पोनका पूर्वअध्यक्ष उमेशलाल श्रेष्ठ लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।


    संघका अध्यक्ष गौतम गुप्ताको अध्यक्षतामा भएको अधिवेशनमा साविक मेची अञ्चल शाखाका पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।
    संघका उपाध्यक्ष प्रदिप खरेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन महासचिव जीवनकुमार खड्काले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.