झापा/झापाको दमकमा एक युवाको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । शुक्रवार बिहान करिब ३ बजेतिर आफ्नै साथीहरूको समूहले बीभत्स हत्या गरेको प्रहरी श्रोतले जानकारी दिएको छ ।
रातभर दमक १ स्थित एक होटेलमा सँगै मादक पदार्थ खाएर युवाहरूबिच भनाभन हुँदा हत्या भएको दमकसँगै जोडिएको इलामको चुलाचुलीस्थित पेल्टिमारीका २५ वर्षीय गोविन्द लिम्बुको बीभत्स हत्या भएको हो ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोज लामाका अनुसार केही ब्याक्तिहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । मुख्य हतियार प्रयोग गर्ने ब्यक्ति फरार रहेको र खोजी कार्य भइरहेको पनि लामाले जनाएका छन् ।
Author
-
View all posts
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

