Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापा बुद्धशान्तिका युवकको डुबेर मृत्यु प्रकरणमा :चार पक्राउ
    कनकाई खबर बिशेष

    झापा बुद्धशान्तिका युवकको डुबेर मृत्यु प्रकरणमा :चार पक्राउ

    कनकाई खबरBy कनकाई खबर२०८० आश्विन १२, शुक्रबार ०७:४७ गते2 Mins Read

    करिव तीन साताअघि झापाको बुद्धशान्तिमा पानीमा डुबेर एक युवकको मृत्यु भएको घटना सम्बन्धमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।

    गत भदौ १९ गते बुद्धशान्ति १ स्थित कुलोमा डुबिरहेको अबस्थामा बुद्धशान्ति गाउँपालिका २ निवासी १९ वर्षीय मनोज तामाङ भेटिएका थिए । उनलाई प्रहरीले तत्काल उद्धार गरी बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

    सो घटना सम्बन्धमा मृतक मनोजसंगै पौडी खेल्न गएका चारजनालाई आज प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा १९ वर्षिय सन्देश परियार , सोही उमेरका रोशन मगर , उनका भाइ १८ वर्षिय सुजन मगर र १९ वर्षिय प्रशन सिवा रहेका छन् । मृतकका बुवा तीर्थ तामाङले पाँच दिनअघि उनीहरुविरुद्ध किटानी जाहेरी दिएका थिए । जाहेरीपछि अदालतबाट पक्राउ पूर्जी ल्याएर उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक रोहितकुमार शर्माले बताए । उनले पोस्टमार्टम रिपोर्टमा कारण नखुलेपछि भिसेराका लागि काठमाडौं पठाएको जानकारी दिए ।

    पाँचजना संगै नुहाउन गएकोमा तामाङ नुहाएको ठाउँभन्दा ५ सय मिटर दक्षिण भेटिएका थिए । उनको शरीरमा विभिन्न चोट देखिएको मृतकका बुवा तीर्थ तामाङले बताए । ‘कुलोमा पानी नभएको अबस्थामा कसरी बगेर ५ सय मिटर दक्षिण पुग्यो ’उनले भने ,‘ डुब्दा पानी खानु पथ्र्यो त्यो पनि पाइएन ।’ संगै नुहाउन गएका साथीहरुले आफ्नो छोरा घटनामा पर्दा जानकारी नगराएको तामाङको दुखेसो छ ।

    मृतक परिवारले जाहेरी दिएपछि पक्राउ गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । उनले भिसेरा रिपोर्ट आएपछि घटनाको कारण खुल्न सक्ने जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    कनकाई नगरपालिकामा सरोकारवालासँग सुझाव संकलन गर्दै पूर्व बजेट छलफल सम्पन्न

    २०८३ जेष्ठ १३, बुधबार ०७:४२ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    कनकाई नगरपालिकामा सरोकारवालासँग सुझाव संकलन गर्दै पूर्व बजेट छलफल सम्पन्न

    २०८३ जेष्ठ १३, बुधबार ०७:४२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.