Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बजार अनुगमनलाई तिब्रता दिँदै कनकाई नगरपालिका
    कनकाई नगरपालिका

    बजार अनुगमनलाई तिब्रता दिँदै कनकाई नगरपालिका

    कनकाई खबरBy कनकाई खबर२०८० आश्विन १०, बुधबार १६:०८ गते2 Mins Read

    फोटा ः बजार अनुगमनपछि नियन्त्रणमा लिएका अखाद्य सामाग्री नष्ट गरिँदै…

    कनकाई खबर \ झापाको कनकाई नगरपालिकाले नगर क्षेत्रका बजारमा अनुगमनलाई तिब्रता बनाएको छ । यसै क्रममा सुरुङ्गा बजार क्षेत्रको किराना पसल तर्फ खाद्य सामाग्रीको अनुगमन गरिएको छ ।


    कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीको नेतृत्वमा कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, कनकाई—३ का वडाअध्यक्ष युवराज चम्लागाई, वडासदस्य गोविन्द सुवेदी, खाद्य अनुसन्धान अधिकृत सुवासचन्द्र ओस्ती, सुरुङ्गा बजार व्यवस्थापन समितिका अध्यक्ष मनोहरी बिमली, कनकाई उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जनक कार्की, सुरक्षाकर्मी, संचारकर्मी, कनकाई नगरपालिकाको कार्यालयका विभिन्न शाखाका कर्मचारी सहित स्थानीय उपभोक्ताबाट समेत बजार अनुगमन भएको हो ।


    यस आर्थिक वर्षको पहिलो चरणमा यस अघि घैलाडुवा बजार अनुगमन गरिएको थियो भने यस पटक सुरुङ्गा बजारतर्फ खाद्य सामाग्रीको व्यवसायमा मात्रै अनुगमन भएको बताइएको छ । सुरुङ्गा बजार क्षेत्रका साना–ठूला सबै किसिमका किराना पसलमा भएको अनुगमनका क्रममा केही पसलबाट पाउरोटी, विस्कुट, चाउचाउ, पानी पुरी, चिया मसला, मिट मसला, चाट मसला, सेनेटरी प्याड, डाइफर लगायतका म्याद गुज्रिएका, लेवल नभएका खाद्य सामाग्री नियन्त्रणमा लिएर नष्ट गरिएको टोली संयोजक कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीले बताएकी छन् ।


    अनुगमनका क्रममा केही पसलबाट कनकाई नगरपालिकाले प्रयोग तथा विक्रि वितरणमा रोक लगाएको सुर्तीजन्य पदार्थहरु समेत बरामत गरिएको बताइएको छ । आगामी दिनमा म्याद गुज्रिएका साथै कानुनले बन्देज गरेका कुनै पनि खाद्य सामाग्री विक्रि वितरण गरेको पाइएमा कानुन बमोजीम कार्वाही हुने भन्दै अनुगमन टोलीले त्यस्ता व्यवसायीलाई चेतावनी दिएको उपप्रमुख शिवाकोटीले कनकाई खबरलाई जानकारी दिएकी छन् ।


    अनुगमन टोली बजार प्रवेश गरेसँगै सुरुङ्गा बजार क्षेत्रका केही पसलहरु तत्काल बन्द भएका कारण बजार क्षेत्रमा अनुगमनलाई थप तिब्रता दिनु पर्नेमा जोड दिइएको छ । केही समयपछि कनकाई नगर क्षेत्रका होटल र औषधी पसलमा समेत अनुगमन गरिने कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले जानकारी दिए ।


    व्यवसायीहरुले पालना गर्नु पर्ने विधि र प्रक्रिया पूरा गरी निर्धक्क भएर व्यवसाय संचालन गर्न प्रमुख प्रशासकीय अधिकृत खरेलले आम व्यवसायीहरुलाई अनुरोध गरेका छन् ।अनुगमन टोलीबाट त्रसित बनेका व्यवसायीहरुलाई प्रमुख प्रशासकीय अधिकृत खरेलले सहज वातावरणमा व्यवसाय संचालन गर्न अनुरोध गरे ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.